प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ४/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको बल पाएर शिमशोन विजयी हुन्छन्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • सिमसोनजस्तै यहोवामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • सबैभन्दा बलियो मान्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ४/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• येशूको जन्म दिन मनाउने तिथिको रूपमा डिसेम्बर २५ लाई नै रोज्नुको कारण के थियो?

परमेश्‍वरको वचनमा येशूको जन्म दिनको मिति बताइएको छैन। इन्साइक्लोपीडिया हिस्पानिका यसो भन्छ: “क्रिसमस उत्सवको मिति डिसेम्बर २५, येशू जन्मेको दिनको तिथिमितिकै आधारमा जुरेको होइन तर रोममा मनाइने मकर सङ्‌क्रान्ति पर्वहरूलाई मसीहीकरण गरिएको हो।” पुरातन रोमीहरूले भोजभतेर, होहल्ला र उपहारहरू साटासाट गरेर हिउँदको समयमा सूर्योदय उत्सव मनाउँथे।—१२/१५, पृष्ठ ४-५.

• के प्रेरित ७:५९ मा स्तिफनसले येशूलाई प्रार्थना गरे भन्‍न खोजिएको हो?

होइन। प्रार्थना त यहोवा परमेश्‍वरलाई मात्र गर्नुपर्छ भनी बाइबल बताउँछ। येशूलाई दर्शनमा देख्दा सीधै उहाँलाई यसरी अपिल गर्नु स्तिफनसलाई सजिलो लागेको हुनुपर्छ: “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्‌।” मृतकहरूलाई ब्यूँताउने अख्तियार येशूलाई दिइएको छ भन्‍ने कुरा स्तिफनसलाई थाह थियो। (यूहन्‍ना ५:२७-२९) त्यसैले तिनलाई ब्यूँताउने दिन नआउन्जेल आफ्नो आत्मा वा जीवन शक्‍तिलाई सुरक्षित राखिदिन स्तिफनसले येशूलाई भने वा बिन्ती गरे।—१/१, पृष्ठ ३१.

• मानिसको भाग्य पूर्वनिर्धारित हुँदैन भनेर हामी कसरी बुझ्न सक्छौं?

परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ र यस्तो इच्छाले पूर्वनिर्धारित भविष्यलाई समेट्‌दैन। हामीले पछ्याउने बाटोलाई पूर्वनिर्धारण गर्ने र पछि गएर हाम्रो कामको लागि हामीलाई जिम्मेवार ठहराउने हो भने यहोवा परमेश्‍वर कति निर्दयी र अन्यायी साबित हुनुहुने थियो! (व्यवस्था ३२:४; १ यूहन्‍ना ४:८)—१/१५, पृष्ठ ४-५.

• चमत्कार गर्नु असम्भव छ भनी भन्‍नु किन अहङ्‌कार हुनेछ?

आफूसित परमेश्‍वरको सृष्टिमा पाइने वैज्ञानिक आश्‍चर्यहरूबारे सीमित ज्ञान भएको कुरालाई मानिलिंदै केही वैज्ञानिकहरूले कुनै पनि कुरा असम्भव छ भनेर किटेर भन्‍नै नसक्ने कुरा मानिलिन्छन्‌। तिनीहरूले हदसे-हद भन्लान्‌—यो होला जस्तो देखिंदैन।—२/१५, पृष्ठ ५-६.

• मलाई पलिश्‍ती स्त्रीसँग विवाह गरिदिनुहोस्‌ भनेर न्यायकर्ता शिमशोनले आफ्ना आमाबुबालाई भन्‍नुको कारण के थियो? (न्यायकर्त्ता १४:२)

मूर्तिपूजकसँग विवाह गर्नु परमेश्‍वरको व्यवस्था विरुद्ध थियो। (प्रस्थान ३४:११-१६) यद्यपि, ती पलिश्‍ती स्त्री नै शिमशोनको नजरमा “ठीक” थिइन्‌। शिमशोनले ‘पलिश्‍तीहरूका विरुद्धमा मौका हेर्दै थिए’ र त्यसको लागि ती स्त्री ठीक थिइन्‌। आफ्नो पवित्र आत्माद्वारा परमेश्‍वरले शिमशोनलाई उत्प्रेरणा दिनुभएको थियो। (न्यायकर्त्ता १३:२५; १४:३, ४, ६)—३/१५, पृष्ठ २६.

• के कुनै मसीहीले सरकारी कर्मचारीलाई तिनको सेवाको लागि टिप्स अथवा कुनै किसिमको उपहार दिनु मिल्छ?

गैर-कानुनी काम गराउन, कानुन छल्न अथवा विशेष सुविधा पाउनको लागि कुनै अधिकारीलाई घूस दिनु गलत हो। तर कुनै कर्मचारीले आफ्नो कर्तव्य पूरा गर्दा अथवा कानुनसम्मत सेवा प्राप्त गर्न अथवा अन्यायमा पर्नदेखि जोगिन उपहार वा टिप्स दिनु घूस होइन।—४/१, पृष्ठ २९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने