प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ५/१ पृ. ३२
  • प्रत्येक दिन कसरी अर्थपूर्ण बनाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रत्येक दिन कसरी अर्थपूर्ण बनाउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ५/१ पृ. ३२

प्रत्येक दिन कसरी अर्थपूर्ण बनाउने

“हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनहोस्‌, र हामीले बुझ्ने हृदय पाऔं।” (भजन ९०:१२) यो बाइबल लेखक मोशाले गरेको विनम्र प्रार्थना थियो। खास गरी तिनले कुन कुरा मागिरहेका थिए? के हामीले पनि यस्तै खालको भक्‍तिपूर्ण बिन्ति चढाउनुपर्छ?

पद १० मा मोशाले मानिसहरूको आयु कति छोटो हुन्छ भन्‍ने विषयलाई लिएर बिलौना गरे। अर्को पटक भने तिनले अय्यूबको निम्न भनाइ लिपिबद्ध गरे: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) असिद्ध मानव जीवनको क्षणिकताबारे मोशालाई राम्ररी थाह थियो भन्‍ने कुरा स्पष्ट छ। त्यसकारण, तिनले जीवनको प्रत्येक दिनलाई एउटा बहुमूल्य उपहार ठाने। परमेश्‍वरलाई यस्तो बिन्ती गर्दा मोशाले आफ्ना बाँकी दिनहरू आफ्नो सृष्टिकर्तालाई खुसी तुल्याउने ढङ्‌गमा बुद्धिमानीपूर्वक सदुपयोग गर्ने इच्छा जाहेर गरे। के हामीले पनि आफ्नो जीवनको प्रत्येक दिन अर्थपूर्ण तरिकामा बिताउने कोसिस गर्नु पर्दैन र? अहिले हामी परमेश्‍वरको अनुमोदन चाहन्छौं भने हामी पनि यस्तै प्रयास गर्नेछौं।

मोशा र अय्यूब दुवैलाई उत्प्रेरित गर्ने अर्को एउटा थप कुरा पनि थियो र त्यो कुराले हामीलाई पनि उत्प्रेरित गर्नुपर्छ। यी दुवै जना ईश्‍वर-भीरु पुरुषहरूले भावी इनाम अर्थात्‌ अझ उत्तम अवस्थाको पृथ्वीमा जीवन बिताउने दिनको बाटो हेरे। (अय्यूब १४:१४, १५; हिब्रू ११:२६) त्यति बेला मृत्युको कारण कसैको पनि असल काम बीचैमा अधूरो छोडिनेछैन। विश्‍वासी जनहरू पार्थिव प्रमोदवनमा सधैंभरि बाँचून्‌ भन्‍ने उद्देश्‍य हाम्रो सृष्टिकर्ताको छ। (यशैया ६५:२१-२४; प्रकाश २१:३, ४) ‘बुझ्ने हृदय पाउने तरिकामा यसरी आफ्नो दिन गनेर बस्नुभयो’ भने तपाईंले पनि यस्तै प्रत्याशा राख्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने