प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ५/१ पृ. ३१
  • एउटा विशेष तरिकामा विजयी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा विशेष तरिकामा विजयी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • एउटी काम गर्ने केटी जो अरूभन्दा बेग्लै थिइन्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ५/१ पृ. ३१

एउटा विशेष तरिकामा विजयी

हुनसक्छ, काम गर्ने ठाउँमा, स्कूलमा, परिवारमा वा राष्ट्रले लगाएको प्रतिबन्धको कारण के तपाईंले आफ्नो विश्‍वासको खातिर विरोधको सामना गर्नुपरेको छ? त्यसो हो भने हरेस नखानुहोस्‌। यहोवाका थुप्रै साक्षीहरूले यस्तै परीक्षाहरूको सामना गरेका छन्‌, तैपनि तिनीहरू विजयी भएका छन्‌। एर्ना लुडोल्फको उदाहरण विचार गर्नुहोस्‌।

एर्नाको जन्म सन्‌ १९०८ मा जर्मनीको ल्युबेकमा भएको थियो। तिनको परिवारमा यहोवाको सेवा गर्ने तिनी एक्ली थिइन्‌। सन्‌ १९३३ मा हिटलर सत्तामा आएपछि यहोवाका साक्षीहरूको जीवन कठिन भयो। हिटलरलाई सलाम गर्न इन्कार गरेको कारण काम गर्ने ठाउँमा एर्नाका सहकर्मीहरूले सबैको अगाडि तिनको खिसी गरे अनि यसले गर्दा तिनी नाजीहरूद्वारा पक्राउ परिन्‌। अनि तिनले ह्‍याम्बर्ग-फुल्सबुटल, मोरिङगन, लिक्टेन्बर्ग र राभेन्सब्रुकका विभिन्‍न झ्यालखाना तथा यातना शिविरहरूमा आठ वर्ष बिताइन्‌। एर्ना राभेन्सब्रुकमा हुँदा एउटा यस्तो घटना घट्यो जसको कारण तिनी विजयी भइन्‌।

एउटी काम गर्ने केटी जो अरूभन्दा बेग्लै थिइन्‌

प्राध्यापक फ्रेडरिक होल्ज र तिनकी पत्नी एलिस बर्लिनमा बस्थे। तिनीहरू नाजी पार्टीका सदस्यहरू थिएनन्‌ र यसको सिद्धान्तका समर्थकहरू पनि थिएनन्‌। तथापि, कुनै खास यातना शिविरका बन्दीहरूको रेखदेख गर्ने जिम्मेवारी पाएका एक जना वरिष्ठ एस एस अधिकृतसित तिनीहरूको सम्बन्ध थियो। त्यसैले प्राध्यापक र तिनकी पत्नीले आफ्नो घरमा काम गर्ने केटी खोज्दा, ती एस एस अधिकृतले महिला बन्दीहरूमध्ये कोही एक जना रोज्ने अनुमति दिए। त्यसैले, आफ्नो घरमा काम गर्ने केटी रोज्न मार्च १९४३ मा एलिस राभेन्सब्रुक गइन्‌। तिनले कसलाई रोजिन्‌? एर्ना लुडोल्फलाई। एर्ना होल्ज परिवारसित बस्न थालिन्‌ र उनीहरूले तिनीसित राम्रो व्यवहार गरे। युद्ध अन्त भएपछि तिनी त्यस परिवारसँगै जाले नदीको किनारमा अवस्थित हाले सहरमा बसाइँ सरिन्‌। त्यहाँ पुगेपछि तिनले फेरि पनि विरोधको सामना गर्नुपऱ्‍यो र यस पटक भने पूर्वी जर्मनीका समाजवादी अधिकारीहरूको हातबाट। सन्‌ १९५७ मा यस परिवारलाई देश निकाला गरेर पश्‍चिम जर्मनी पठाइयो र एर्ना पनि तिनीहरूसितै गइन्‌। बल्ल एर्ना आफ्नो विश्‍वास अनुरूप जीवन बिताउन स्वतन्त्र भइन्‌।

एर्ना कसरी एउटा विशेष तरिकामा विजयी भइन्‌? एर्नाको असल आचरण र तिनले सिपालु ढङ्‌गमा बाइबलको सन्देश प्रचार गरेको कारण एलिस होल्ज र उनका पाँचै जना छोराछोरी यहोवाको बप्तिस्माप्राप्त साक्षीहरू बने। साथै, एलिसका ११ जना नातिनातिनी पनि साक्षीहरू हुन्‌। तीमध्ये दुई जना अहिले जर्मनीको सेल्टर्समा अवस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्दैछन्‌। “हाम्रो परिवार सच्चाइमा हुनुमा एर्नाको उदाहरणको ठूलो हात छ” भनी एलिसकी छोरी जुजान बताउँछिन्‌। एर्नाको धैर्यताले प्रचुर इनाम पायो। तपाईंको परिस्थितिबारे के भन्‍न सकिन्छ नि? कठिन अवस्थाहरू आइपर्दा तपाईंले विश्‍वासीपूर्वक धैर्य धारण गर्नुभयो भने यस्तै इनामदायी परिणामहरू प्राप्त हुन सक्छन्‌। हो, असल आचरण र सिपालु ढङ्‌गमा गरिएको प्रचारकार्यले तपाईंलाई एउटा विशेष तरिकामा विजयी हुन मदत दिन सक्छ।a

[फुटनोट]

a यो लेख प्रकाशनको लागि तयार पार्दा-पार्दै एर्ना लुडोल्फ ९६ वर्षको उमेरमा बितिन्‌। तिनी अन्तसम्मै विश्‍वासी रहिन्‌।

[पृष्ठ ३१-मा भएको चित्र]

होल्ज परिवारका सदस्यहरूसित एर्ना लुडोल्फ ( कुर्सीमा बसिरहेकी)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने