प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ४/१ पृ. २०
  • “अझै बताऊ न!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अझै बताऊ न!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मिल्दोजुल्दो सामग्री
  • आन्ड्रे नेस्माच्ने: फुटबल नै मेरो लागि सबथोक थियो
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • स्कूलमा यहोवाको प्रशंसा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • युवाहरू हो–यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • युवाहरू जसले आफ्नो विश्‍वासबारे साहसी भई बोले
    ब्यूँझनुहोस्‌!—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ४/१ पृ. २०

“अझै बताऊ न!”

रूसको निज्लोबनाये सहरको हाई-स्कूलको एउटा कक्षा। सोह्र वर्षे विद्यार्थीहरूका लागि आयोजना गरिएको साहित्यसम्बन्धी त्यस कक्षामा रूसी लेखक मिखायल बुल्गाकोफको पुस्तकबारे छलफल भइरहेको थियो। तिनले लेखेको एउटा पुस्तकमा येशू ख्रीष्टलाई होच्याएको तर शैतानलाई चाहिं हिरोजस्तै देखाइएको थियो। छलफलपछि मिस्‌ले विद्यार्थीहरूलाई त्यस पुस्तकबारे रिपोर्ट तयार गर्न भनिन्‌। कक्षामा एन्ड्रे नाउँको १६ वर्षका केटा पनि थिए। उनी यहोवाका साक्षी थिए। नम्र भएर एन्ड्रेले मिस्‌लाई भने: ‘मिस्‌, यस्ता साहित्यहरू पढ्‌न मेरो मन मान्दैन। मैले यो जाँच नदिंदा हुँदैन?’ यसको सट्टा बरु येशू ख्रीष्टलाई मैले कसरी चिनेको छु, त्यस विषयमा निबन्ध लेख्छु नि, हुन्‍न? मिस्‌ले पनि ‘हुन्छ, लेख न त’ भनेर अनुमति दिइन्‌।

निबन्धमा एन्ड्रेले लेखे, “म अरूको विचारलाई आदर गर्छु। तर येशूबारे थाह पाउने सबैभन्दा राम्रो तरिका त येशूको जीवनी भएको बाइबलका चारवटा पुस्तक पढेर नै हो भनेर मैले थाह पाएको छु।” एन्ड्रेले अझै यस्तो लेखे: “येशूलाई आफ्नै आँखाले देख्ने व्यक्‍तिहरूले लेखेका पुस्तक पढेर येशूको जीवन र उहाँले दिनुभएको शिक्षाबारे तपाईं सिक्न सक्नुहुन्छ। अर्को कुरा, शैतान को हो भनेर पनि यी पुस्तकहरूमा राम्ररी बताइएको छ। शैतानलाई हिरो भनेर लेखिएको किताब पढ्‌दा कसै-कसैलाई निकै मज्जा लाग्ला तर मलाई मज्जा लाग्दैन।” वास्तवमा शैतान त परमेश्‍वरबाट तर्किएको एउटा दुष्ट आत्मिक प्राणी हो। ‘त्यसले सबै मानिसमा दुष्टता, शारीरिक र मानसिक पीडा, दुखकष्ट ल्याएको छ’ भनेर एन्ड्रेले निबन्धमा लेखे। उनले आफ्नो निबन्ध यसरी टुङ्‌ग्याए: “यस्तो पुस्तक पढेर मलाई फाइदा हुन्छ जस्तो लाग्दैन। तर यसो भन्दैमा पुस्तकका लेखक बुल्गाकोफबारे नराम्रो कुरा गरेको चाहिं होइन! येशू ख्रीष्टबारे ऐतिहासिक सत्य कुरा बुझ्न म यस किसिमको पुस्तक होइन, बाइबल नै पढ्‌ने गर्छु।”

निबन्ध पढेपछि एन्ड्रेकी मिस्‌ दङ्‌ग परिन्‌ र येशू ख्रीष्टको विषयमा अझै मौखिक रिपोर्ट तयार पार्न लगाइन्‌। एन्ड्रेले भने, ‘हवस्‌, मिस्‌!’ पुस्तकसम्बन्धी अर्को कक्षामा आफूले तयार पारेको रिपोर्ट एन्ड्रेले सबै साथीहरूको अगाडि पढेर सुनाए। आफूलाई अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष येशू ख्रीष्ट नै हुनुहुन्छ जस्तो लाग्नुको कारण एन्ड्रेले बताए। त्यसपछि एन्ड्रेले येशूको मृत्युबारे बाइबलको मत्तीको पुस्तकबाट एउटा अध्याय पढेर सुनाए। समय सकिनै लागेकोले एन्ड्रे आफ्नो रिपोर्ट सिध्याइहाल्न चाहन्थे। तर साथीहरूले एकै स्वरमा भने: “अनि के भयो, एन्ड्रे? अझै बताऊ न!” साथीहरूले आग्रह गरेपछि एन्ड्रेले पनि मत्तीको पुस्तकबाट येशूको पुनरुत्थानसम्बन्धी घटना फर्रर पढेर सुनाए।

एन्ड्रेले आफ्नो रिपोर्ट पढेर सुनाइसकेपछि साथीहरूले येशू र यहोवाको बारेमा भटाभट प्रश्‍न सोध्न थाले। एन्ड्रे भन्छन्‌: “मलाई बुद्धि दिनुहोस्‌ भनेर मैले यहोवालाई प्रार्थना गरें र साँच्चै उहाँले मलाई बुद्धि दिनुभयो। धन्‍न, मैले सबका सब प्रश्‍नको जवाफ दिन सकें!” छुट्टी भएपछि एन्ड्रेले आफ्नी मिस्‌लाई आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुषa किताब दिए। खुसी हुँदै मिस्‌ले किताब लिइन्‌। एन्ड्रे बताउँदै जान्छन्‌: “मैले तयार पारेको रिपोर्टको लागि मिस्‌ले मलाई धेरै नम्बर दिइन्‌। तिमीले आफ्नो बलियो विश्‍वासबारे गर्वसाथ बतायौ भन्दै मिस्‌ले मेरो खुब तारिफ गरिन्‌। तिमीले भनेका कुनै-कुनै कुरा मलाई पनि विश्‍वास लाग्छ भनेर पनि मिस्‌ले बताइन्‌।”

बाइबल प्रशिक्षित आफ्नो अन्तस्करणको आवाज सुनेर यहोवा र उहाँको पुत्र येशूको आदर नगर्ने सामग्रीहरू नपढ्‌ने निर्णय गरेकोमा एन्ड्रे औधी खुसी छन्‌। यस्तो निर्णय गरेको कारण बाइबलको शिक्षासित मेल नखाने कुराले उसलाई नराम्रो असर पारेन र अरूलाई बाइबलको महत्त्वपूर्ण सत्य सुनाउने सुनौलो मौका पनि पाए। (w06 3/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने