प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १०/८ pp. २२-२३
  • युवाहरू जसले आफ्नो विश्‍वासबारे साहसी भई बोले

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरू जसले आफ्नो विश्‍वासबारे साहसी भई बोले
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • म किन सिक्न सक्दिनँ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • युवाहरू हो–यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • शिक्षकहरूहामीलाई किन तिनीहरूको आवश्‍यकता छ?
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १०/८ pp. २२-२३

युवाहरू जसले आफ्नो विश्‍वासबारे साहसी भई बोले

यहोवाका साक्षीहरूमाझ धेरै जवानहरू छन्‌। तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन्‌ अनि बाइबलमा निर्धारण गरिएका उहाँका स्तरहरू अनुसार जीउने प्रयास गर्छन्‌। तिनीहरू आफ्नो विश्‍वासमा गर्व गर्छन्‌ अनि स्कूलमा अरूसित यसबारे खुलेर कुरा गर्छन्‌। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

◼ होली कक्षा ६ मा पढ्‌दा उनी र उनका सहपाठीहरूलाई “हिंसा नगरी तपाईं कसरी आतङ्‌कवादको समस्या समाधान गर्न सक्नुहुन्छ?” शीर्षकमा निबन्ध लेख्न भनियो। होलीले यस अवसरलाई बाइबल आधारित आफ्नो भावी आशाबारे लेख्न उपयोग गरिन्‌। इतिहासभरि नै “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिएकोबारे तिनले लेखिन्‌। (उपदेशक ८:९) त्यसपछि तिनले मानिसजातिको लागि एउटै मात्र साँचो आशा अर्थात्‌ परमेश्‍वरको राज्यतर्फ ध्यान खिचिन्‌। तिनले लेखिन्‌: “त्यस राज्यको नियुक्‍त राजा येशू हुनुभएकोले आतङ्‌कवादलगायत सारा समस्याहरू यसले निर्मूल पार्नेछ।” मानव शासकले हासिल गर्न नसकेका कुरा येशूले कसरी हासिल गर्नुहुनेछ भनेर होलीले व्याख्या गरिन्‌। तिनले यस्तो लेखिन्‌, “पृथ्वीमा हुँदा आफू कस्तो शासक हुनेछु भनी येशूले देखाउनुभयो। उहाँ मायालु हुनुभयो र उहाँले मानिसजातिको ख्याल राख्नुभयो। बिरामीहरूलाई निको पार्नुभएर अनि मरेकाहरूको पुनरुत्थान गर्नुभएर उहाँले आफ्नो शक्‍ति देखाउनुभयो। कुनै पनि मानव सरकारले मरेकाहरूलाई पुनः जीवित तुल्याउन सक्दैन। तर परमेश्‍वरको राज्यले भने यो गर्नेछ।” होलीले यसरी आफ्नो निबन्ध टुङ्‌ग्याइन्‌, “समाधान परमेश्‍वरसित छ, मानिससित होइन।”

रिपोर्टको अन्ततिर शिक्षिकाले यस्तो लेखिन्‌: “वाह! कस्तो राम्रो लेखेकी, होली! धेरै सोचेर लेखेकी रहिछ्‌यौ।” होलीले उल्लेख गरेका धर्मशास्त्रीय सन्दर्भहरू देखेर पनि शिक्षिका प्रभावित भइन्‌। यसले होलीलाई आफ्नो शिक्षिकासित यहोवाका साक्षीहरूद्वारा साप्ताहिक रूपमा आयोजना गरिने बोल्ने तथा सिकाउने कार्यक्रम ईश्‍वरतान्त्रिक सेवकाई स्कूलबारे कुरा गर्ने मौका दियो। शिक्षिकाले सेवकाई स्कूलमा प्रयोग गरिने पाठ्यक्रमको एक प्रति खुसीसाथ स्वीकारिन्‌।

◼ जेसिकाले स्कूलमा निबन्ध लेख्दा आफ्नो विश्‍वासबारे पनि बताउन सकिन्‌। तिनी यसो भन्छिन्‌, “आफ्नो विश्‍वासबारे मैले तीनवटा निबन्ध लेख्न सकेकी छु। त्यसमध्ये एउटा यहोवाका साक्षीहरू र धार्मिक अधिकारबारे थियो। पढ्‌न चाहनेले पढ्‌न सकोस्‌ भनेर शिक्षिकाले यसलाई पुस्तकालयमा सबैले देख्ने गरी राख्नुभयो। हालै मैले आफ्नो बप्तिस्मा अनि त्यो दिन मेरो लागि कत्तिको महत्त्वपूर्ण छ भनेर एउटा निबन्ध लेखें। विद्यार्थीहरूले आ-आफ्ना निबन्धको खेस्राहरू एक-अर्कासित साटासाट गर्छन्‌ त्यसैले मेरा सहपाठीहरूले मेरो निबन्ध पढ्‌ने मौका पाए। एउटी साथीले यसो भनिन्‌: ‘राम्रो लेख्यौ। एक जना यहोवाको साक्षी भइसकेपछि निभाउनुपर्ने दायित्वहरूबारे थाह पाउँदा खुसी लाग्यो। बप्तिस्मा लिएकोमा धेरै बधाई!’ अर्कीले यसो लेखिन्‌: ‘तिम्रो कथा हृदयस्पर्शी थियो! तिम्रो यस्तो बलियो विश्‍वास देखेर म खुसी छु!’ एक जना केटाले यस्तो लेखे: ‘तिमी ठीक बाटोमा छौ। बधाई छ।’ ”

◼ मेलिसा ११ वर्षकी छँदा तिनले आफ्नो विश्‍वासबारे बताउने बेजोड मौका पाइन्‌। “स्कूलकी नर्स मेरो विज्ञानको कक्षामा रोगप्रतिरोधात्मक प्रणालीबारे बताउन आइन्‌। रक्‍तक्षेपणको कुरा पनि आयो। कक्षापछि मैले मेरो विज्ञान शिक्षकलाई रगतको सम्बन्धमा हाम्रो एउटा भिडिओबारे बताएँ। अर्को दिन मैले उक्‍त भिडिओ मेरो शिक्षकलाई दिएँ र उहाँले घरमा लैजानुभएर आफ्नो परिवारसित त्यो भिडिओ हेर्नुभयो। भोलिपल्ट उहाँले त्यो भिडिओ स्कूलमा ल्याउनुभयो र मेरो कक्षा अनि अर्को एउटा कक्षालाई देखाउनुभयो। त्यसपछि यहोवाका साक्षीहरूले प्रयास नगरेको भए रक्‍तक्षेपणका विकल्पहरू सहजै उपलब्ध हुने थिएनन्‌ भन्दै उहाँले कक्षामा यहोवाका साक्षीहरूबारे राम्रो टिप्पणी गर्नुभयो। मलाई भिडिओ फर्काउँदा उहाँले यसो भन्‍नुभयो, ‘म कसरी स्कूलको पुस्तकालयको लागि अर्को एउटा प्रति पाउन सक्छु?’ मैले उहाँलाई एक प्रति दिएँ। उहाँ धेरै उत्साहित हुनुहुन्थ्यो सँगसँगै म पनि उत्साहित थिएँ!”

होली, जेसिका र मेलिसा यहोवाका त्यस्ता धेरै जवान साक्षीहरूमध्ये पर्छन्‌ जसले बाइबलको सल्लाह पालन गर्दै आफ्नो सृष्टिकर्तालाई सम्झन्छन्‌। (उपदेशक १२:१) के तपाईं पनि यस्तै गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईंले यहोवाको हृदयलाई आनन्दित तुल्याएको कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ।—हितोपदेश २७:११; हिब्रू ६:१०.

तपाईं युवाहरूले सहपाठी र शिक्षकहरूलाई आफ्नो विश्‍वासबारे बताउनुहुँदा यसले यहोवा परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सशक्‍त साक्षी दिन्छ। यसले तपाईंको विश्‍वासलाई पनि बलियो बनाउँछ अनि यहोवा सेवकहरूमाझ रहन पाएकोमा तपाईंभित्र एउटा आत्मसम्मानको भाव विकास गराउँछ। (यर्मिया ९:२४) स्कूलमा साक्षी दिनु एउटा सुरक्षा पनि हो। जेसिका यसरी वर्णन गर्छिन्‌, “आफ्नो विश्‍वासबारे बताउनुको एउटा फाइदा भनेको बाइबल विपरीत कामकुराहरू गर्न विद्यार्थीहरूले मलाई कुनै दबाब दिने कोसिस गर्दैनन्‌।” (g04 9/8)

[पृष्ठ -२२मा भएको चित्र]

होली

[पृष्ठ २२-मा भएको चित्र]

जेसिका

[पृष्ठ २३-मा भएको चित्र]

मेलिसा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने