प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ६/१ पृ. ३
  • दुष्टता अनियन्त्रित भएको हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुष्टता अनियन्त्रित भएको हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मिल्दोजुल्दो सामग्री
  • दुष्ट्याइँको हार भलाइको जित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • के त्यो शैतानको शताब्दी थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • दुष्टताको कारण उदाङ्‌ग!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “कसैलाई खराबको बदला खराब नगर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ६/१ पृ. ३

दुष्टता अनियन्त्रित भएको हो?

एक जिज्ञासु बालकले जमिनमा राखिएको विस्फोटक पदार्थ टिप्छ र जीवनभरको लागि अन्धो र अंगभंग हुन पुग्छ। एउटी आमा भर्खरै मात्र जन्मिएको आफ्नो नवजात शिशुलाई सडक छेउको फोहोरको थुप्रोमा फालेर आफ्नो बाटो लाग्छिन्‌। कामबाट निकालिएको एक व्यक्‍ति पहिला काम गर्ने ठाउँमा फर्की आउँछन्‌ र अन्धाधुन्ध गोली चलाउँछन्‌ र पछि आफैलाई पनि सिद्ध्याउँछन्‌। एक गन्यमान्य व्यक्‍तिले असहाय बच्चाहरूमाथि यौन दुर्व्यवहार गर्छन्‌।

यसलाई विडम्बना नै मान्‍नुपर्छ, दुष्टतासम्बन्धी यस्ता रिपोर्टहरू आजको संसारमा कुनै नौला कुरा नै रहेनन्‌। अझ ठूलो विडम्बनाको कुरा त के छ भने जातीय संहार र आतंकवादको घटनाले यस्ता रिपोर्टहरूलाई ओझेलमा पारेको छ। “दुष्टताको पराकाष्ठालाई विचार गर्दा बीसौं शताब्दीलाई शैतानको शताब्दी भन्‍नु एकदमै उपयुक्‍त छ। जाति, धर्म वा वर्गको कारण एकअर्कालाई मार्ने यति धेरै झुकाव र प्रवृत्ति मानिसहरूमा पहिला कहिल्यै देखिएको थिएन” भनी सन्‌ १९९५ मा प्रकाशित एउटा सम्पादकीयले भनेको थियो।

अर्कोतर्फ, मानिसहरूले हावा प्रदूषित गरिरहेका छन्‌, पृथ्वी बिगारिरहेका छन्‌, यसको सम्पदामा खलल पुऱ्‍याइरहेका छन्‌ र असंख्य प्रजातिका जनावरहरूलाई लोप हुने अवस्थातर्फ धकेलिरहेका छन्‌। के मानिसजातिले यी सबै दुष्टता हटाएर संसारलाई अझ राम्रो र सुरक्षित ठाउँ बनाउन सक्छ? वा यसो गर्न खोज्नु भनेको कतै हत्केलाले घाम छेक्न खोज्नुजस्तो मात्र हुने हो कि? दुष्टतासम्बन्धी थुप्रै लेखहरू लेखेका एक प्राध्यापक यसो भन्छन्‌: “ममा यो संसारलाई अझ राम्रो ठाउँ बनाउन ठूल्ठूला परिवर्तनहरू गर्ने प्रबल चाहना त छ। तर यो संसारमा उन्‍नति भइरहेको जस्तो त देखिदैंन।” हुनसक्छ, तपाईंलाई पनि यस्तै लाग्ला।

यो संसार जुन दिशातर्फ लम्कँदै छ, त्यसलाई दिनैपिच्छे अशान्त र जोखिमपूर्ण हुँदै गइरहेको समुद्रमा अघि बढिरहेको जहाजसित तुलना गर्न सकिन्छ। हुन त कोही पनि त्यो दिशातर्फ जान चाँहदैनन्‌, तर संसारलाई बदल्नको लागि गरिएका हर प्रयास बालुवामा पानी खन्याएझैं मात्र भएको छ। जहाज अनवरत रूपमा खतरनाक आँधीतर्फ अघि बढिरहेको छ, रोक्न सकिएको छैन।

अघि कहिल्यै नभएको यस्तो खस्कँदो अवस्था आउनुमा केही हदसम्म त मानव असिद्धता नै जिम्मेवार छ। (रोमी ३:२३) तथापि दुष्टता एकदमै व्यापक रूपमा डरलाग्दो गरी फैलिरहेको छ र यो रोकिने कुनै संकेत नै देखिंदैन, यी सबैलाई विचार गर्दा मानिसलाई मात्र दोष दिन मिल्दैन। त्यसोभए अदृश्‍य तर शक्‍तिशाली र दुष्ट शक्‍तिले मानिसहरूलाई आफ्नो इसारामा नचाइरहेको हो कि? हो भने त्यो शक्‍ति के हो र हामी कसरी त्यसबाट जोगिन सक्छौं? अर्को लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ। (w07 6/1)

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

© Heldur Netocny/Panos Pictures

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने