प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ४/१ p. ३
  • उद्धार नभई हुँदैन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उद्धार नभई हुँदैन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • येशूको मृत्युले तपाईंलाई कसरी बचाउन सक्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • हामीलाई मृत्युबाट छुटकारा किन आवश्‍यक छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मृत्युबारे केही भ्रमहरूलाई नियाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • दीर्घ जीवनको लागि हाम्रो खोज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ४/१ p. ३

उद्धार नभई हुँदैन!

अमेरिकाको पेन्सिलभेनियास्थित पिट्‌सबर्ग नजिकैको कोइला खानी अकस्मात्‌ करोडौं लिटर पानीले जलमग्न भयो। नौ जना कामदार पानीले नभेटेको सानो सुख्खा ठाउँमा, २४० फिट तल जमिनमुनि नै थुनिए। तीन दिनपछि तिनीहरूलाई सकुशल बाहिर निकालियो। तिनीहरूलाई कसरी उद्धार गरियो?

भू-उपग्रहको सहायताले कुनै वस्तुको स्थान पत्ता लगाउने प्रणाली (ग्लोबल पोजिसनिङ सिस्टम) र उक्‍त खानीको नक्सा चलाएर उद्धारकर्मीहरूले ३० इन्च चौडा प्वाल खोपे अनि ती मानिसहरू जम्मा भएर बसेको ठाउँमा एउटा लाम्चो पिंजडा पठाए। ती कामदारहरूलाई पालैपालो पिंजडामा राखेर एक-एक जना गरी जमिनमाथि निकालियो। यसरी तिनीहरू मृत्युको मुखबाट बचे। तिनीहरू सबै खुसी, ढुक्क र आफ्नो उद्धार गरिएकोमा कृतज्ञ देखिन्थे।

हामीमध्ये अधिकांश ती नौ जना कामदारजस्तो जमिनमुनि थुनिनु त नपर्ला वा कुनै भयानक दुर्घटनामा परेर ज्यान पनि गुमाउनु नपर्ला। तैपनि, हामी सबैलाई उद्धारको खाँचो छ किनकि बिरामी, वृद्धावस्था अनि अन्तमा मृत्युको पन्जाबाट हामी कोही पनि उम्कन सक्दैनौं। विश्‍वासी कुलपिता अय्यूबले यसो भने: “स्त्रीबाट जन्मेको मानिस अल्प-आयुका र अशान्तिले भरिएको हुन्छ, त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ। त्यो छायाँजस्तै हराइहाल्छ, रहँदैन।” (अय्यूब १४:१, २) लगभग ३,५०० वर्षपछि अहिले पनि यी शब्दहरू त्यति नै सत्य छन्‌ किनकि हामीमध्ये को पो जीवनको घातक गन्तव्य मृत्युबाट उम्कन सक्छौं र? हामी जहाँसुकै बस्ने वा स्वास्थ्यको जतिसुकै ख्याल गर्ने किन नहोऔं, सबैलाई दुःखकष्ट, वृद्धावस्था र मृत्युको पकडबाट छुटकारा चाहिएको छ।

मानिसहरूको अहिलेको सरदर आयु लम्ब्याउन वैज्ञानिक र अरू व्यक्‍तिहरू रातोदिन लागिपरेका छन्‌। एउटा संस्थाले “बोटबिरुवामा लाग्ने डढुवा रोग जस्तो कुनै पनि हालतमा उम्कनै नसकिने मृत्युलाई जित्ने” र “मानिसहरू कहिल्यै मर्नु नपर्ने बनाउने लक्ष्य हासिल गर्न आफ्ना सदस्यहरूलाई मदत दिने” उद्देश्‍य लिएको छ। तथापि, विज्ञानजगत्‌मा भएको प्रगति र अनुसन्धानकर्ताहरूको बलियो इच्छाशक्‍ति दुवैको तालमेलको बावजुद पनि ३,५०० वर्षअघि मोशाले बताएको उमेर अर्थात्‌ ७०/८० वर्षभन्दा मानिसहरूको आयु लम्ब्याउन सकिएको छैन।—भजन ९०:१०.

जीवन र मृत्युबारे तपाईंको दृष्टिकोण अय्यूबको जस्तो होस्‌ या नहोस्‌, वर्षहरू बित्दै जाँदा तपाईं पनि आफ्नो घर-परिवार र साथीभाइहरू बीचबाट ‘छायाँजस्तै हराइहाल्नुहुन्छ’ अनि तपाईंका सबै उपलब्धिहरू मृत्युमा गएर टुङ्‌गिन्छन्‌। पुरातन इस्राएलका बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्‌।”—उपदेशक ९:५.

दुःखद वास्तविकता के हो भने, बाइबलले बताएझैं मृत्युले मानिसहरूमाथि निरङ्‌कुश शासकले झैं “राज्य” गरेको छ। हो, मृत्यु नै सबैभन्दा ठूलो शत्रु हो जसबाट मानिसहरूलाई उद्धार नभई भएको छैन। (रोमी ५:१४; १ कोरिन्थी १५:२६) जतिसुकै तालिमप्राप्त र आधुनिक सामग्रीहरूद्वारा सुसज्जित किन नहोऊन्‌, संसारको कुनै पनि उद्धारकर्मीले तपाईंलाई सदाको लागि उद्धार गर्न सक्दैन। तर मानिसहरूको सृष्टिकर्ता यहोवा परमेश्‍वरले भने उद्धारको प्रबन्ध मिलाउनुभएको छ। (w08 3/1)

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Photo by Gene J. Puskar-Pool/Getty Images

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने