प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 २/१ पृ. ९-१०
  • परमेश्‍वरको उद्देश्‍यमा मरियमको भूमिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको उद्देश्‍यमा मरियमको भूमिका
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “कृपाले भरिपूर्ण,” “स्त्रीहरूमा धन्य”
  • शासकहरूमाझ
  • अद्‌भुत आशिष्‌ दिंदै
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तिनले तरवारको चोट सहिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के मसीहीहरूले कुमारी मरियमलाई प्रार्थना गर्नु हुन्छ?
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 २/१ पृ. ९-१०

परमेश्‍वरको उद्देश्‍यमा मरियमको भूमिका

येशूको सेवकाईको दौडान भेला भएको भीडको खैलाबैलाबीच एउटी आइमाईले चिच्याएर यसो भनिन्‌: “धन्य त्यो गर्भ जसले तपाईंलाई धारण गऱ्‍यो, औ ती स्तन जो तपाईंले चुस्नुभयो।” यदि येशूले आफ्नी आमालाई पुजून्‌ भन्‍ने चाहनुभएको भए त्यो एउटा सुनौलो अवसर थियो। तर उहाँले यस्तो जवाफ दिनुभयो: “बरु तिनीहरू पो धन्य हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌।”—लूका ११:२७, २८.

येशूले आफ्नी आमालाई कुनै विशेष सम्मान दिनुभएन न त आफ्ना चेलाहरूलाई त्यसो गर्न कहिल्यै भन्‍नुभयो। तर थुप्रै मानिसहरूले इमानदार भई मरियमलाई पुज्छन्‌। के यो सही हो? येशूको आमाबारे केही लोकप्रिय शिक्षाहरूको सम्बन्धमा बाइबलले के भन्छ, आउनुहोस्‌ हेरौं।

“कृपाले भरिपूर्ण,” “स्त्रीहरूमा धन्य”

परमेश्‍वरको उद्देश्‍यमा मरियमको भूमिका के हुने थियो त्यो कुरा गब्रिएल स्वर्गदूतले मरियमलाई बताए। त्यतिबेला, उनले तिनलाई यसो भन्दै अभिवादन गरे: “हे कृपाको पात्र, तिमीलाई सलाम! परमप्रभु तिमीसँग हुनुहुन्छ।” (लूका १:२८) यसको अर्को अनुवाद यस्तो छ: “कृपाले भरिपूर्ण, तिम्रो जय होस्‌, परमेश्‍वर तिमीसँग हुनुहुन्छ।” त्यसको लगत्तैपछि इलीशिबाले मरियमलाई यसो भन्दै अभिवादन गरिन्‌: “तिमी स्त्रीहरूमा धन्य, र तिम्रो गर्भको फल धन्य हुनुहुन्छ।” (लूका १:४२) के यी शब्दहरूले मरियमलाई पुज्नुपर्छ भन्‍ने कुरालाई संकेत गर्छ र?

वास्तवमा गर्दैन। क्याथोलिक धर्मकाहरूले मरियमलाई गर्ने प्रार्थनामा यी शब्दहरू समावेश गर्ने भए तापनि बाइबलले तिनलाई प्रार्थना गर्नुपर्छ भन्‍नेबारे कुनै कारण दिंदैन। मसीहलाई जन्म दिन मरियमले पाएको उल्लेखनीय सुअवसरलाई गब्रिएल र इलीशिबाले मानिलिए। तर मरियमलाई प्रार्थना गर्नुपर्छ भन्‍ने कुरा बाइबलमा कतै पाइँदैन। बरु, येशूका चेलाहरूले प्रार्थना गर्न सिकाउनुहोस्‌ भनी आग्रह गर्दा उहाँले पितालाई प्रार्थना गर्नुपर्छ भनेर संकेत गर्नुभयो। भन्‍ने हो भने, येशूको प्रख्यात नमुना प्रार्थना यी शब्दहरूद्वारा सुरु हुन्छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता।”—मत्ती ६:९.

शासकहरूमाझ

मरियमबारे अर्को एउटा प्रचलित शिक्षा हो: तिनी अहिले “स्वर्गकी रानी भएकी छिन्‌।” बाइबलले मरियमलाई कहिल्यै त्यस्तो उपाधि दिएको छैन। तर एउटा कुरा भने बताउँछ, त्यो हो: तिनले परमेश्‍वरको स्वर्गीय राज्यमा विशेष स्थान पाएकी छिन्‌। त्यो के हो?

येशूले संकेत गर्नुभयो कि उहाँका केही वफादार चेलाहरूले परमेश्‍वरको राज्यमा उहाँसितै शासन गर्न पाउनेछन्‌। (लूका २२:२८-३०) येशूले ती छानिएकाहरूलाई “परमेश्‍वरको निम्ति . . . पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्‌।” (प्रकाश ५:१०) यो उत्कृष्ट सुअवसर पाउनेहरूमध्ये मरियम पनि एक हुन्‌ भनेर बाइबलले हामीलाई स्पष्ट बताउँछ। यो हामी कसरी भन्‍न सक्छौं?

तपाईंलाई याद होला, येशूको मृत्युपछि मरियम उहाँका अरू चेला र भाइहरूसित ‘प्रार्थनामा एकोहोरो लागिरहेकी’ थिइन्‌। यस उद्देश्‍यको लागि करिब १२० जना भेला भएका थिए जसमा केही “स्त्रीहरू” पनि थिए। (प्रेरित १:१२-१५) बाइबल बताउँछ कि “जब पेन्तिकोसको दिन आइपुगेको थियो, तब तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।” अनि परमेश्‍वरको पवित्र आत्मा खन्याइएपछि तिनीहरूले अन्य भाषा बोल्न सके।—प्रेरित २:१-४.

यसरी आशिष्‌ पाउनेहरूमध्ये मरियम पनि हुनुले पवित्र आत्मा पाउने तिनी र अन्य स्त्रीहरू येशूको स्वर्गीय राज्यको भाग हुन छानिए भन्‍ने कुरालाई देखाउँछ। त्यसकारण अहिले मरियम स्वर्गीय महिमामा येशूसितै हुनुहुन्छ भनेर विश्‍वास गर्ने हामीसित हर कारण छ। (रोमी ८:१४-१७) तिनले अनि येशूका अरू सहशासकहरूले परमेश्‍वरको उद्देश्‍य पूर्तिमा पाउने केही सुअवसरहरूलाई विचार गर्नुहोस्‌।

अद्‌भुत आशिष्‌ दिंदै

बाइबलको प्रकाश पुस्तकले १,४४,००० व्यक्‍ति येशूसितै पूजाहारी, न्यायकर्ता र राजाको रूपमा सेवा गर्न स्वर्गीय महिमामा पुनरुत्थान हुनेछ भनी बताउँछ। (प्रकाश १४:१, ४; २०:४, ६) पूजाहारीहरूको हैसियतमा तिनीहरूले येशूको सिद्ध मानव बलिदानको लाभ सबै आज्ञाकारी मानिसहरूलाई उपलब्ध गराउनेछन्‌। उनीहरूलाई आध्यात्मिक, नैतिक र शारीरिक सिद्धतातर्फ बढ्‌न तिनीहरूले मदत दिनेछन्‌। (प्रकाश २१:१-४) त्यो गजबको समय हेर्न पाउनु यहोवाका सबै वफादार सेवकहरूका लागि एउटा विशेष सुअवसर साबित हुनेछ!a

परमेश्‍वरको उद्देश्‍य पूर्तिको सन्दर्भमा मरियमले पनि भूमिका खेलिन्‌ र अहिले पनि खेल्दैछिन्‌। तिनको नम्रता, विश्‍वास, आज्ञाकारिता र आमाको रूपमा गरेको समर्पण अनुकरण गर्न लायकको छ, कष्टको बेला धरेको धैर्यताको त कुरै नगरौं। मसीहलाई जन्माउन र मानिसजातिलाई अनन्त आशिष्‌ दिन निभाएको भूमिकाले गर्दा तिनी एकदमै आदरको योग्य छिन्‌।

तर मरियमबाट सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको तिनले परमेश्‍वरका अरू विश्‍वासी सेवकहरूसित मिलेर यहोवाको उपासना गरिन्‌, अरू कुनै ईश्‍वरको होइन। स्वर्गमा ख्रीष्टका अरू सहशासकहरूसित मिलेर मरियमले यस्तो घोषणा गर्छिन्‌: “सिंहासनमा विराजमान हुनुहुने [यहोवा परमेश्‍वर] र थुमालाई [येशूलाई] धन्यवाद, आदर, महिमा र राज्य सदा सर्वदा होस्‌।”—प्रकाश ५:१३; १९:१०. (w 09 1/1)

[फुटनोट]

a यी आशिष्‌हरूबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्‌।

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

मरियमको नम्रता, विश्‍वास, आज्ञाकारिता अनुकरण गर्न लायकको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने