प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ३/१ पृ. ३२
  • इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मिति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मिति
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • www.watchtower.org
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ३/१ पृ. ३२

इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मिति

त्यस दिन येशूको मृत्यु भएको थियो। येशूको मृत्यु किन यतिबिघ्न महत्त्वपूर्ण? यसका थुप्रै कारणहरू छन्‌।

मानिस परमेश्‍वरप्रति वफादार रहन सक्छ भन्‍ने तथ्य येशू मृत्युसम्मै वफादार हुनुभएकोबाट प्रमाणित भयो।

ख्रीष्टको मृत्युले गर्दा नै मानिसहरूमध्ये केहीले स्वर्ग गएर उहाँसँगै शासन गर्ने मौका पाए। यसबाहेक, थुप्रैले यसै पृथ्वीमा प्रमोदवनमा अनन्त जीवन पाउन सक्ने भए।

आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ येशूले दाखमद्य र खमिर नहालेको रोटीलाई आफूले दिनलागेको बलिदानको प्रतीकको रूपमा प्रयोग गर्नुभयो। यो बलिदान मानिसजातिप्रति उहाँको प्रेमको प्रमाण हो। अनि उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्ने गर।” (लूका २२:१९) के तपाईं पनि यो महत्त्वपूर्ण घटना सम्झन चाहनुहुन्छ?

यहोवाका साक्षीहरू येशूको मृत्युको सम्झना गर्छन्‌ र यस अवसरमा उपस्थित हुन तपाईंलाई पनि निम्तो दिन्छन्‌। यस वर्ष बिहीबार, अप्रिल ९ तारिख सूर्यास्तपछि येशूको मृत्युको सम्झना गरिनेछ। यसको लागि तपाईंलाई पायक पर्ने राज्यभवनमा उपस्थित हुन सक्नुहुन्छ। निश्‍चित समय र स्थानको लागि कृपया यहोवाका साक्षीहरूलाई सोध्नुहोस्‌।

www.watchtower.org

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने