प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १२/१ पृ. ७
  • बुद्धिमानीसाथ साथीहरू छान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमानीसाथ साथीहरू छान्‍नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • असल साथी कसरी छान्‍न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • ३. परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “गहिरो मित्रता गाँसियो”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १२/१ पृ. ७

चौथो रहस्य

बुद्धिमानीसाथ साथीहरू छान्‍नुहोस्‌

बाइबलले के सिकाउँछ? “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ।”—हितोपदेश १३:२०.

चुनौती के हो? साथीहरूले या त हाम्रो सन्तुष्टि बढाउँछन्‌ या त घटाउँछन्‌। तिनीहरूको मनोवृत्ति अनि कुराकानीले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई पक्कै असर गर्छ।—१ कोरिन्थी १५:३३.

उदाहरणको लागि, कनानको यात्राबाट फर्केका बाह्र जना जासुसबारे बाइबल विवरण विचार गर्नुहोस्‌। तिनीहरूमध्ये धेरैजसोले ‘भेद लिन गएको मुलुकबाट नराम्रो खबर ल्याएर इस्राएलीहरूलाई सुनाए।’ तर तिनीहरूमध्ये दुई जनाले भने कनान “अत्यन्तै असल देश” हो भनी सकारात्मक कुरा सुनाए। तैपनि ती दस जना जासुसको खबरले गर्दा पूरै समुदायले त्यस देशप्रति नकारात्मक दृष्टिकोण राखे। उक्‍त विवरण यसो भन्छ, ‘सारा समुदाय कराई कराई रोए र सबै इस्राएलीहरू गनगनाए।’—गन्ती १३:३०–१४:९.

त्यस्तै गरी आज पनि थुप्रै मानिस ‘फतफताउँछन्‌, असन्तोष’ व्यक्‍त गर्छन्‌। (यहूदा १६, NRV) कहिल्यै सन्तुष्ट नहुने साथीहरूको माझमा सन्तुष्ट हुन गाह्रो हुन्छ।

तपाईं के गर्न सक्नुहुन्छ? साथीहरूसित तपाईं कस्ता विषयमा कुराकानी गर्नुहुन्छ, सो केलाउनुहोस्‌। के तपाईंका साथीहरू अक्सर आफूसित भएका कुराहरूको फुर्ती लगाउँछन्‌ वा आफूसित नभएको कुराबारे गुनासो गरेको गऱ्‍यै गर्छन्‌? अनि तपाईं नि? के तपाईं साथीहरूलाई डाह गर्न लगाउने कोसिस गर्नुहुन्छ वा आफूसित जे छ, त्यसैमा सन्तुष्ट रहन तिनीहरूलाई प्रोत्साहन दिनुहुन्छ?

दाऊद र जोनाथनले बसालेको उदाहरण विचार गर्नुहोस्‌। दाऊद भविष्यमा राजा बन्‍ने थिए अनि जोनाथनचाहिं राजा शाऊलका छोरा थिए। दाऊद उजाडस्थानमा भगुवा जीवन बिताउँदैथिए। दाऊदले आफ्नो सिंहासन हडप्ने हुन्‌ कि भन्‍ने डर राजा शाऊललाई थियो। त्यसैले तिनी दाऊदलाई मार्न चाहन्थे। हुनत शाऊलपछि राजा हुने पालो जोनाथनको थियो, तर उनी दाऊदका घनिष्ठ मित्र भइसकेका थिए। परमेश्‍वरले दाऊदलाई राजा नियुक्‍त गर्नुभएको छ भनेर जोनाथनले बुझेका थिए र उनी आफ्नो साथीलाई सहयोग गर्न पाउनुमा नै सन्तुष्ट थिए।—१ शमूएल १९:१, २; २०:३०-३३; २३:१४-१८.

तपाईंलाई पनि यस्तै साथीहरू चाहिन्छ, जो आफू सन्तुष्ट रहने कोसिस गर्छन्‌ अनि तपाईंको पनि सर्वोत्तम हित चाहन्छन्‌। (हितोपदेश १७:१७) यस्ता गुणहरू भएका साथीहरू चाहनुहुन्छ भने तपाईंले पनि त्यस्तै गुणहरू देखाउनुपर्छ।—फिलिप्पी २:३, ४. ( w10 -E 11/01)

[पृष्ठ ७-मा भएको चित्र]

तपाईंका साथीहरूले तपाईंको सन्तुष्टि बढाउँछन्‌ या घटाउँछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने