प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ pp. १८-१९
  • असल साथी कसरी छान्‍न सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल साथी कसरी छान्‍न सक्छौं?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • ३. परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ pp. १८-१९

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

असल साथी कसरी छान्‍न सक्छौं?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. साथी छान्दा हामी किन होसियार हुनुपर्छ?

प्रायजसो मानिस आफूलाई अरूले स्वीकारोस्‌ भन्‍ने चाहन्छन्‌। यस्तो चाहनाले गर्दा वरपरका मानिसहरूको हामी नकल गर्न पुग्छौं। त्यसकारण हाम्रो मनोवृत्तिमा साथीहरूले निकै प्रभाव पार्छन्‌। हामी कस्ता साथीहरू छान्छौं, त्यसले हाम्रो जीवनमा ठूलो असर गर्छ।—हितोपदेश ४:२३; १३:२० पढ्‌नुहोस्‌।

परमेश्‍वरको प्रेरणा पाएर बाइबलको केही भाग लेख्ने दाऊदले बुद्धिमानीसाथ साथीहरू छाने। परमेश्‍वरको सेवकको रूपमा इमानदार रहन अर्थात्‌ आफ्नो निष्ठा कायम राख्न मदत गर्ने व्यक्‍तिहरूसित तिनले सङ्‌गत गरे। (भजन २६:४, ५, ११, १२) उदाहरणको लागि, दाऊदले जोनाथनलाई आफ्नो साथी बनाए किनभने जोनाथनले तिनलाई यहोवामा भरोसा राख्न उत्साहित गरे।—१ शमूएल २३:१६-१८ पढ्‌नुहोस्‌।

२. तपाईं कसरी परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ?

यहोवा सर्वशक्‍तिमान्‌ हुनुहुन्छ, तैपनि हामी उहाँको साथी बन्‍न सक्छौं। जस्तै: परमेश्‍वरको सेवक अब्राहाम उहाँको मित्र बन्‍न सके। तिनी परमेश्‍वरमा भरोसा राख्थे अनि उहाँप्रति आज्ञाकारी थिए। त्यसैले यहोवाले तिनलाई आफ्नो मित्र ठान्‍नुभयो। (उत्पत्ति २२:२, ९-१२; याकूब २:२१-२३) हामीले पनि यहोवामाथि भरोसा राख्यौं अनि उहाँले चाहनुभएअनुसार गऱ्‍यौं भने परमेश्‍वरको साथी बन्‍न सक्नेछौं।—भजन १५:१, २ पढ्‌नुहोस्‌।

३. असल साथीहरूबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

साँचो साथीहरू वफादार हुन्छन्‌ अनि तपाईंलाई सही काम गर्न मदत गर्छन्‌। (हितोपदेश १७:१७; १८:२४) उदाहरणको लागि, जोनाथनलाई लिन सक्छौं। तिनी दाऊदभन्दा ३० वर्ष जेठो थिए अनि इस्राएल राज्यको सिंहासनमा बस्ने अधिकार तिनकै थियो। तर परमेश्‍वरले सिंहासनमा बस्न दाऊदलाई नियुक्‍त गर्नुभएको थियो। यस्तो अवस्थामा पनि जोनाथनले वफादार भई दाऊदलाई साथ दिए। तपाईंले गलत कुरा गरिरहेको देख्दा साँचो साथीहरू तपाईंलाई सच्याउन पछि हट्‌नेछैनन्‌। (भजन १४१:५) परमेश्‍वरलाई प्रेम गर्ने साथीहरूले तपाईंलाई असल बानी बसाल्न मदत गर्नेछन्‌।—१ कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌।

तपाईंले जस्तै सही कुरालाई प्रेम गर्ने मानिसहरू यहोवाका साक्षीहरूको राज्यभवनमा भेट्‌न सक्नुहुन्छ। परमेश्‍वरलाई खुसी तुल्याउने प्रयास गरिरहन तपाईंलाई ती साथीहरूले प्रोत्साहन दिनेछन्‌।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

कहिलेकाहीं परमेश्‍वरलाई प्रेम गर्ने साथीहरूले समेत हामीलाई निराश बनाउन सक्छन्‌। तर तिनीहरूले गल्ती गर्दा हामी रिसाइहाल्नु हुँदैन। (उपदेशक ७:९, २०-२२) नबिर्सनुहोस्‌, त्रुटिरहित साथी कोही पनि छैन अनि परमेश्‍वरलाई प्रेम गर्ने साथीहरू हाम्रा लागि बहुमूल्य छन्‌। आफ्ना सँगी ख्रीष्टियनहरूले गल्ती गर्दा हामीले उनीहरूलाई क्षमा दिनुपर्छ भनेर परमेश्‍वरको वचन बाइबलले आग्रह गर्छ।—कलस्सी ३:१३ पढ्‌नुहोस्‌।

४. तपाईंका साथी भनौदाहरूले विरोध गर्दा के गर्ने?

परमेश्‍वरको वचन बाइबलबाट सिक्न थाल्दा कोही-कोही पुराना साथीहरूले विरोध गरेको थुप्रैले अनुभव गरेका छन्‌। तपाईंको विरोध गर्ने त्यस्ता साथीहरूलाई बाइबलले दिने व्यावहारिक सल्लाह अनि भविष्यको पक्का आशाबारे थाह छैन होला। बरु तपाईं तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ कि?—कलस्सी ४:६ पढ्‌नुहोस्‌।

कोही-कोही साथीहरूले बाइबलमा दिइएको सुसमाचारको गिल्ला गर्लान्‌। (२ पत्रुस ३:३, ४) अरू कतिले भने तपाईंले सही काम गर्न प्रयास गर्नुभएको देखेर खिसी गर्लान्‌। (१ पत्रुस ४:४) यसो हो भने परमेश्‍वरको साथी हुने कि तिनीहरूकै साथी भइरहने भनेर तपाईंले निर्णय गर्नुपर्ने हुन सक्छ। तपाईंले परमेश्‍वरको साथी हुन रोज्नुभयो भने सबैभन्दा असल मित्र पाउनुहुनेछ।—याकूब ४:४, ८ पढ्‌नुहोस्‌। (w11-E 12/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १२ र १९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने