प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 २/१५ p. १२
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 २/१५ p. १२

पाठकहरूको प्रश्‍न

हारूनका छोराहरू नादाब र अबीहूको मृत्युपछि मोशा किन तिनीहरूका भाइ एलाजार र ईतामारसित रिसाए अनि मोशाको रिसलाई कसरी शान्त पारियो?—लेवी १०:१६-२०.

बासस्थानमा पुजारीको सेवा स्थापना गरेको अलिक समयपछि यहोवाले हारूनका छोराहरू नादाब र अबीहूलाई मार्नुभयो किनभने तिनीहरूले उहाँसामु अनौठो आगो चढाएका थिए। (लेवी १०:१, २) मोशाले हारूनका बाँकी छोराहरूलाई तिनीहरूका दाइहरूको मृत्युको निम्ति शोक नमनाउन आदेश दिए। त्यसको धेरै समय नबित्दै एलाजार र ईतामारसित मोशा रिसाए किनभने तिनीहरूले पापबलिको लागि चढाइएको बोकाको मासु खाएका थिएनन्‌। (लेवी ९:३) मोशाले किन यस्तो प्रतिक्रिया देखाए?

यहोवाले मोशालाई दिनुभएको व्यवस्थामा तोकेरै भनिएको थियो कि पापबलि चढाउने पुजारीले त्यसको केही भाग भेट हुने पालको चोकमा खानुपर्थ्यो। यसो गर्नु बलि चढाउनेहरूको पापको प्रायश्‍चितको लागि थियो। तर बलिको केही रगत बासस्थानको पहिलो कोठा अर्थात्‌ पवित्रस्थानमा लगिएमा त्यो बलि खानु हुँदैनथ्यो। बरु त्यसलाई जलाइनुपर्थ्यो।—लेवी ६:२४-२६, ३०.

त्यस दिन भएको दुःखद घटनापछि मोशाले यहोवाका सबै आज्ञाहरू एक-एक पूरा भए कि भएनन्‌ भनी पक्का गर्नुपर्ने आवश्‍यकता महसुस गरेजस्तो देखिन्छ। पापबलिको बोका जलाइएको रहेछ भनी थाह पाएपछि मोशाले एलाजार र ईतामारलाई ‘तिमीहरूले किन आज्ञा गरेबमोजिम खाएनौ?’ भनेर रिसाउँदै सोधे किनभने त्यस बलिको रगत पवित्रस्थानमा यहोवासामु चढाइएको थिएन।—लेवी १०:१७, १८.

मोशाको यस प्रश्‍नको जवाफ हारूनले दिए किनभने बाँकी पुजारीहरूले तिनकै अनुमति पाएर यसो गरेको हुनुपर्छ। आफ्ना दुई छोरा मारिएको घटनालाई विचार गर्दा हारूनले त्यस दिन चढाइएको पापबलिको केही भाग खान कोही पनि पुजारीको अन्तस्करणले दिंदैन भन्‍ने सोचेको हुनुपर्छ। नादाब र अबीहूले गरेको गल्तीको लागि आफू र आफ्ना बाँकी छोराहरू प्रत्यक्षतः जिम्मेवार नभए तापनि यसरी खाँदा सायद यहोवा प्रसन्‍न हुनुहुन्‍न होला भन्‍ने तिनलाई लाग्यो।—लेवी १०:१९.

हारूनले के सोचेको हुनुपर्छ भने आफ्नै परिवारका सदस्यहरूले पहिला पुजारीको सेवा चढाउने दिनमा एकदमै स-साना कुरामा समेत परमेश्‍वरलाई प्रसन्‍न पार्न तिनीहरू बडो होसियार हुनुपर्ने थियो। तर नादाब र अबीहूले यहोवाको नामलाई अपवित्र बनाएका थिए अनि तिनीहरूमाथि परमेश्‍वरको क्रोध दन्किएको थियो। त्यसैले यस्तो पाप भेटिएको पुजारी-परिवारको सदस्यले त्यस पवित्र बलि खानु हुँदैन भन्‍ने हारूनले सोचेको हुनुपर्छ।

मोशाले आफ्ना दाइको जवाफ स्वीकारेको जस्तो देखिन्छ किनभने त्यस विवरणको अन्तमा यसो भनिएको छ: “जब मोशाले यो कुरा सुने, तब तिनको चित्त बुझ्यो।” (लेवी १०:२०) स्पष्टतः यहोवालाई पनि हारूनको जवाफ चित्त बुझ्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने