प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 २/१५ p. ११
  • मेहनत त्यसै खेर जाँदैन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेहनत त्यसै खेर जाँदैन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • अध्ययनको लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • पारिवारिक तालिका—पारिवारिक अध्ययन
    हाम्रो राज्य सेवकाई—२००५
  • हामी कसरी सधैंभरि बाँच्न सक्छौं?
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • किन आफ्ना छोराछोरीलाई ठूलो सोरले पढेर सुनाउने?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 २/१५ p. ११

मेहनत त्यसै खेर जाँदैन!

छोराछोरीलाई “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउने हो भने पारिवारिक उपासना र बाइबल अध्ययन अत्यावश्‍यक छ। (एफि. ६:४) तर यदि तपाईं आमा वा बुबा हुनुहुन्छ भने तपाईंलाई थाहै होला, साना केटाकेटीलाई सजिलै पट्टाइ लाग्न सक्छ। तिनीहरूको ध्यान यताउता अलमलिन नदिन तपाईं के गर्न सक्नुहुन्छ? केही आमाबाबुले के गरेका छन्‌, विचार गर्नुहोस्‌।

अमेरिकाको क्यालिफोर्नियाका जर्ज यसो भन्छन्‌: “छोराछोरी सानो छँदा मेरी पत्नी र मैले पारिवारिक बाइबल अध्ययनलाई रोचक बनाउन प्रयास गऱ्‍यौं। कहिलेकाहीं हामी सबैले बाइबल पात्रहरूको जस्तै लुगा लगाउँथ्यौं र बाइबलका कथाहरू भएको मेरो पुस्तक-का कथाहरू पढ्‌दै त्यसको अभिनय पनि गर्थ्यौं। हामी तरवार, राजदण्ड, टोकरी र यस्तै अन्य साजसज्जासमेत बनाउँथ्यौं। ‘म को हुँ चिन’ भन्‍ने बाइबल खेल खेल्थ्यौं र गाह्रा-सजिला प्रश्‍नहरू भएको बाइबलसम्बन्धी खेल पनि बनाउँथ्यौं। नूहको जहाजको नमुना वा बाइबल घटनाहरूको कालक्रम बनाउने पनि गर्थ्यौं। कहिलेकाहीं हामी बाइबल पात्रहरूको वा कथामा आधारित चित्र बनाउँथ्यौं। अहिले हामी एफिसी ६:११-१७ मा व्याख्या गरिएको परमेश्‍वरले दिनुहुने हातहतियारको चित्र बनाउने र प्रत्येक हतियारले केलाई बुझाउँछ, त्यसबारे पालैपालो बताउने योजना बनाउँदैछौं। यी तरिका अपनाएकोले गर्दा हाम्रो पारिवारिक अध्ययन रमाइलो भएको छ।”

अमेरिकाको मिशिगनमा बस्ने डेबी नाम गरेकी एउटी आमा भन्छिन्‌: “हाम्री छोरी लगभग तीन वर्षकी हुँदा मेरो पति र मलाई उसको मनसम्म पुग्नेगरि सिकाउन गाह्रो भयो। एक दिन बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट इसहाक र रिबेकाको कथा आवाज निकालेर पढ्‌दै गर्दा मैले दुइटा गुडिया लिएँ र ती गुडियालाई इसहाक र रिबेका बनाएँ। त्यसपछि छोरीले एक-एक शब्द ध्यान दिएर सुनिन्‌। त्यसपछिका महिनाहरूमा ती दुइटा गुडियाले थुप्रै बाइबल पात्रको अभिनय गरे। हामीले कुनै विवरण पढेपछि छोरीले त्यस कथाका पात्रहरूको अभिनय गर्न घरमा खेलौना वा अन्य सामान खोज्थिन्‌। यो त उनलाई रमाइलो खेलजस्तै भयो। रातो डोरी भएको राहाबको घर बनाउन जुत्ताको बट्टा र रातो रिबन प्रयोग गऱ्‍यौं। गन्ती २१:४-९ मा उल्लेख गरिएको तामाको सर्पको राम्रो चित्रण गर्न पाँच फिट लामो खेलौना-सर्पलाई कुचोमा बेह्रयौं। साजसज्जाहरूलाई हामी एउटा ठूलो बोरामा राख्थ्‌यौं। हाम्री छोरीले अक्सर बैठक कोठामा बसेर उनको ‘बाइबल कथा बोरा’-भित्र खोजखाज गरेको देख्दा हामी दङ्‌ग पर्थ्यौं। उनले आफ्नै तरिकामा कथाहरूको अभिनय गरेको देख्न पाउनु कत्ति आनन्दको कुरा!”

छोराछोरी हुर्काउनु सजिलो काम होइन। उनीहरूमा यहोवाको सेवा गर्ने इच्छा हालिदिन हरेक हप्ता कुनै खास समय छुट्ट्याउनु मात्र पर्याप्त छैन। तर यहोवाबारे सिकाउन पारिवारिक उपासना र बाइबल अध्ययनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। निस्सन्देह, यस्तो मेहनत त्यसै खेर जाँदैन!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने