प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ pp. ८-९
  • आरमागेडोनको युद्ध कहिले हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आरमागेडोनको युद्ध कहिले हुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अहिले पूरा भइरहेका घटनाहरू
  • तपाईंले चाँडै देख्नुहुने घटनाहरू
  • यी घटनामा तपाईंले किन चासो राख्नुपर्छ?
  • यस संसारको अन्त कसरी हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ pp. ८-९

आरमागेडोनको युद्ध कहिले हुनेछ?

“हेर, कसैले गन्‍न नसक्ने एउटा ठूलो भीड मैले देखें। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए। . . . ‘यिनीहरू महासङ्‌कष्ट पार गरेर आएका मानिसहरू हुन्‌।’”—प्रकाश ७:९, १४.

विश्‍व परिस्थितिले आरमागेडोनको युद्ध नजिकै छ भनेर देखाउँछ। हामी किन यसो भन्‍न सक्छौं?

यहोवाको सेवा गर्ने र बाइबलको उच्च नैतिक स्तरअनुसार जिउने मानिसहरूको एउटा अन्तरराष्ट्रिय सङ्‌गठन अहिले अस्तित्वमा छ। परमेश्‍वरको मदतले गर्दा हरेक राष्ट्र, कुल र भाषाका लाखौं मानिसहरू एकत्रित भइरहेका छन्‌, जसको माझ शान्ति र आत्मीयता छ। यस्तो वातावरण यहोवाका साक्षीहरूको समूहमा पाइन्छ।—यूहन्‍ना १३:३५.

सैतानले चाँडै आफ्नो सेना जम्मा गर्नेछ र यहोवाका शान्तिप्रिय जन, जो निस्सहाय देखिन्छन्‌ तिनीहरूमाथि भीषण आक्रमण गर्नेछ। (इजकिएल ३८:८-१२; प्रकाश १६:१३, १४, १६) यो घटना पक्कै हुनेछ भनेर किन भन्‍न सकिन्छ? आरमागेडोनको युद्ध कहिले सुरु हुन्छ भनेर बुझ्न मदत गर्ने खास घटनाहरू बाइबलमा बताइएको छ। तीमध्ये थुप्रै घटना पूरा हुन थालिसकेका छन्‌।

अहिले पूरा भइरहेका घटनाहरू

“यस युगको आखिरी समय” नजिकै छ भनेर कसरी थाह पाउन सकिन्छ भनी येशूका चेलाहरूले सोधे। (मत्ती २४:३) येशूले एउटा निश्‍चित समयावधिलाई सङ्‌केत गर्दै यस्तो जवाफ दिनुभयो: “जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्‌नेछ र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछ।” त्यसपछि उहाँले भन्‍नुभयो: “यी सब त प्रसववेदनाको सुरुवात मात्र हुन्‌।” (मत्ती २४:७, ८) यही समयावधिलाई प्रेषित पावलले “अन्तको दिन” भने र ती दिनमा “असाध्यै कठिन समय आउनेछ” भनेर बताए। (२ तिमोथी ३:१) यी भविष्यवाणीमा बताइएका घटनाहरू आज पूरा भइरहेका छन्‌ जस्तो तपाईंलाई लाग्दैन र?

येशूले बताउनुभएको यो समयावधि असाध्यै कठिन हुनुको कारण के हो? प्रेषित यूहन्‍नाले यसको कारण बताएका छन्‌। सैतान तथा त्यसका दुष्ट स्वर्गदूतहरू स्वर्गबाट पृथ्वीमा फ्याँकिएको हुँदा यस समयावधिमा तिनीहरूले आफ्नो सम्पूर्ण गतिविधि पृथ्वीमा केन्द्रित गर्नेछन्‌। साथै सैतान “असाध्यै रिसाएको छ” किनभने त्यसको “समय थोरै मात्र बाँकी” छ। (प्रकाश १२:७-१२) कुनै एउटा ठाउँमा मात्र होइन तर संसारभरि नै मानिसहरू झन्‌ झनै रिसाहा र हिंस्रक हुँदै गएको के तपाईंले याद गर्नुभएको छ?

यस्तो कठिन समयको दौडान एउटा विशेष काम गरिनेछ भनेर पनि येशूले बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि [परमेश्‍वरको] राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) आज यहोवाका साक्षीहरूले २३५ भन्दा धेरै मुलुकमा अनि ५०० भन्दा धेरै भाषामा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिरहेका छन्‌। तिनीहरूले प्रकाशित गर्ने प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) पत्रिकाहरू संसारमा सबैभन्दा व्यापक वितरण हुने पत्रिकाहरू हुन्‌। यहोवाका साक्षीहरूले लगभग १०० भाषामा बाइबलको अनुवाद पनि गरेका छन्‌। तिनीहरूको सम्पूर्ण काम स्वयम्‌सेवकहरूले गर्छन्‌ र सबै खर्च स्वेच्छिक अनुदानद्वारा जुटाइन्छ। तिनीहरूको प्रचार अभियान साँच्चै उल्लेखनीय छ। के यो तपाईंलाई येशूको भविष्यवाणीको पूर्ति हो जस्तो लाग्दैन?

यहोवा परमेश्‍वर र उहाँका विरोधीहरूबीच युद्ध हुनुभन्दा ठीकअघि के-कस्ता घटना घट्‌नेछन्‌ भनेर पनि बाइबलले बताएको छ। त्यस्ता तीन वटा भविष्यवाणी विचार गरौं, जुन तपाईंले पूरा भएको देख्नुहुनेछ।

तपाईंले चाँडै देख्नुहुने घटनाहरू

पहिलो भविष्यवाणी। राष्ट्रहरूले “शान्ति र सुरक्षा”-को उल्लेखनीय घोषणा गर्नेछन्‌ भनी बाइबल बताउँछ। संसारमा भएका ठूलठूला समस्याहरू लगभग समाधान भयो भन्ठानेर तिनीहरूले त्यस्तो घोषणा गर्नेछन्‌। तर त्यसपछि हुने घटनाहरूचाहिं त्यसको ठीक विपरीत हुनेछ।—१ थिस्सलोनिकी ५:१-३.

दोस्रो भविष्यवाणी। त्यसपछि विभिन्‍न देशका सरकारहरूले संसारभरि रहेका धार्मिक सङ्‌गठनहरूविरुद्ध जाइलाग्ने निर्णय गर्नेछन्‌। बाइबलमा यी सरकारहरूलाई जङ्‌गली जनावरको रूपमा चित्रण गरिएको छ र संसारका झूटा धर्महरूलाई चाहिं त्यस जङ्‌गली जनावरमाथि चढ्‌ने स्त्रीको रूपमा चित्रण गरिएको छ। (प्रकाश १७:३, १५-१८) परमेश्‍वरको प्रतिनिधित्व गरेको झूटो दाबी गर्ने धर्महरूलाई त्यस लाक्षणिक जनावरले नाश गर्नेछ। यसरी त्यसले चालै नपाई परमेश्‍वरको इच्छा पूरा गरिरहेको हुनेछ।

प्रेषित यूहन्‍नाले देखेको दर्शनमा त्यस घटनालाई नाटकीय ढङ्‌गमा यसरी व्याख्या गरिएको छ: “तिमीले देखेको ती दस वटा सिङ र त्यो जङ्‌गली जनावरले त्यस वेश्‍यालाई घृणा गर्नेछन्‌ र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌ अनि त्यसको मासु खानेछन्‌ र त्यसलाई आगोमा भस्म पार्नेछन्‌। किनकि परमेश्‍वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको मनमा यो कुरा हालिदिनुहुनेछ।”—प्रकाश १७:१६, १७.

तेस्रो भविष्यवाणी। झूटा धर्महरूलाई नाश गर्न सफल भएपछि सैतानले यहोवा परमेश्‍वरका उपासकहरूलाई आक्रमण गर्नको लागि राष्ट्रहरूलाई जम्मा गर्नेछ।—प्रकाश ७:१४; मत्ती २४:२१.

यी घटनामा तपाईंले किन चासो राख्नुपर्छ?

तपाईंले बाइबलको गहिरो अध्ययन गर्ने मौका पाउनुभएको छैन भने माथि बताइएका घटनाहरू साँच्चै पूरा हुनेछन्‌ भनेर विश्‍वास गर्न गाह्रो हुन सक्छ। बाइबलमा दिइएका थुप्रै भविष्यवाणी पूरा भइसकेका छन्‌। त्यसकारण माथि बताइएका भविष्यवाणीहरूको पनि एक-एक कुरा पूरा हुनेछन्‌ भनेर तपाईं पक्का हुन सक्नुहुन्छ।a

यहोवाका साक्षीहरू “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” नजिकै छ भनेर किन विश्‍वास गर्छन्‌ र त्यसदेखि तपाईं किन डराउनु पर्दैन भनेर बुझ्न केही समय छुट्ट्याउनुभए कसो होला? त्यस बेला यहोवाले बचाउनुहुने व्यक्‍तिहरूमाझ हुन तपाईंले के गर्नुपर्छ भनी यहोवाका साक्षीहरूसित बाइबलबाट छलफल गर्नुहोस्‌। (प्रकाश १६:१४) आफूले सिकेको कुराले गर्दा भविष्यप्रति तपाईंको दृष्टिकोण परिवर्तन हुन सक्छ।

(w12-E 02/01)

[फुटनोट]

a बाइबलका भविष्यवाणीहरू साँच्चै पूरा भएका छन्‌ भन्‍ने प्रमाण जाँच्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय २ र ९ हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

के यहोवाका साक्षीहरूले गरिरहेको प्रचारकार्य बाइबल भविष्यवाणीको पूर्ति हुन सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने