प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१ पृ. ६
  • सही चिकित्सा विज्ञान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही चिकित्सा विज्ञान
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • विज्ञानले पत्ता लगाउनुअघि नै परमेश्‍वरले सरसफाइसम्बन्धी उत्कृष्ट ज्ञान दिइसक्नुभएको थियो
    थप लेखहरू
  • परमेश्‍वरबाट आएको किताब
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तपाईंको स्वास्थ्यको रक्षा गर्ने ६ वटा तरिका
    ब्यूँझनुहोस्‌!—२००३
  • बिमारी र मृत्युका विरुद्धमा लड़ाइँ के त्यसमाथि विजय प्राप्त हुँदैछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१ पृ. ६

सही चिकित्सा विज्ञान

“सत्य र इन्साफ उहाँका बाहुलीका कामहरू हुन्‌, उहाँका सबै आदेश पक्का हुन्छन्‌। सत्यता र इमान्दारी भावमा पालन गरिन ती सदासर्वदाको निम्ति स्थिर भएका छन्‌।”—भजन १११:७, ८.

बाइबल किन भिन्‍न? पुरातन समयका किताबहरू अक्सर अविश्‍वसनीय अनि खतरनाक विचारधाराले भरिएका हुन्छन्‌, जुन विचारधारालाई आधुनिक विज्ञानले पूर्णतया झूटो साबित गरिदिएको छ। खोज-अनुसन्धान गरेर पत्ता लागेका नयाँ-नयाँ कुरासित मेल खाओस्‌ भनेर आज पनि लेखकहरू आफ्नो किताब संशोधन गरिरहन्छन्‌। तर बाइबल भने भिन्‍न छ। बाइबल के दाबी गर्छ भने यसको ग्रन्थकार स्वयम्‌ सृष्टिकर्ता हुनुहुन्छ र उहाँको वचन “सधैंभरि रहिरहन्छ।”—१ पत्रुस १:२५.

एउटा उदाहरण: मोशाको व्यवस्थाले इस्राएलीहरूलाई दिसा बस्ने ठाउँ “छाउनीको बाहिर” हुनुपर्छ र दिसा बसेपछि त्यसलाई पुरिदिनुपर्छ भनेर आज्ञा दिएको थियो। (व्यवस्था २३:१२, १३) इस्राएलीहरूले जनावरको सिनु वा मानिसको लास छोएपछि आफूलाई चोख्याउनुपर्थ्यो। (लेवी ११:२७, २८; गन्ती १९:१४-१६) त्यतिबेला कुष्ठरोगीलाई जाँच गर्दा तिनी सङ्‌क्रमणमुक्‍त भएका छैनन्‌ भने तिनलाई अलग्गै राखिन्थ्यो।—लेवी १३:१-८.

आधुनिक चिकित्सा विज्ञानले के प्रमाणित गरेको छ? मानव मलमूत्रको उचित व्यवस्थापन गर्नु, हात धुनु अनि बिरामीलाई अलग्गै राख्नु रोगबाट बच्ने प्रभावकारी तरिका साबित भएका छन्‌। यदि शौचालय वा ढलनिकासको राम्रो प्रबन्ध छैन भने के गर्नुपर्छ, त्यसबारे अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले (सीडीसी) यस्तो सुझाव दिएको छ: “मानव मलमूत्र पानीको मुहानबाट कम्तीमा पनि ३० मिटर [१०० फिट] टाढा हुनुपर्छ र उक्‍त फोहोरलाई पुर्नुपर्छ।” विश्‍व स्वास्थ्य सङ्‌गठनअनुसार मानव मलमूत्रको उचित व्यवस्थापन गर्नाले झाडापखाला ३६ प्रतिशतले कम गर्न सकिन्छ। डाक्टरहरूले लास चलाएपछि हात नधोएको कारण बिरामीहरू सङ्‌क्रमित हुने गरेको कुरा तिनीहरूले लगभग २०० वर्षअघि पत्ता लगाए। सीडीसी-अनुसार हात धुनु “रोगको सङ्‌क्रमणबाट जोगिन सक्ने एक मात्र प्रभावकारी तरिका हो।” कुष्ठरोग वा अन्य रोग लागेको मानिसबाट अलग्गै राख्नेबारे के भन्‍न सकिन्छ? हालै, साउदी मेडिकल पत्रिका (अङ्‌ग्रेजी) यसो भन्छ: “सङ्‌क्रामक रोग प्रभावकारी ढङ्‌गमा नियन्त्रण गर्ने अन्तिम अनि एक मात्र उपाय महामारीको सुरुको चरणमा नै बिरामीलाई अरू मानिसदेखि अलग्गै राख्नु हो।”

तपाईंलाई कस्तो लाग्यो? पुरातन समयका अरू कुनचाहिं पवित्र शास्त्र आधुनिक चिकित्सा विज्ञानसित यत्तिको मेल खान्छ? अथवा बाइबल नै उत्कृष्ट छ? (w12-E 06/01)

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मोशाको समयमा सरसफाइसम्बन्धी दिइएका नीति-नियमबारे अध्ययन गर्नु एकदमै रोचक छ।”—उष्ण प्रदेशीय चिकित्सासम्बन्धी निर्देशिका, डा. आल्डो कास्तेलानी र डा. अल्बर्ट जे. चाल्मर्जको अङ्‌ग्रेजी पुस्तक

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने