प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१ पृ. ३
  • हाम्रा पाठकहरूका लागि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा पाठकहरूका लागि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१ पृ. ३

हाम्रा पाठकहरूका लागि

तपाईंले पढिरहेको यस पत्रिकाको पहिलो अङ्‌क सन्‌ १८७९, जुलाईमा प्रकाशित भएको थियो। समयको परिवर्तनसँगसँगै यस पत्रिकाको ढाँचामा पनि परिवर्तन गरिएको छ। (माथिको फोटो हेर्नुहोस्‌।) यस अङ्‌कदेखि प्रहरीधरहरा-को ढाँचामा केही छाँटकाँट गरिएको देख्नुहुनेछ। कस्तो छाँटकाँट?

आजकल थुप्रै मुलुकका मानिसहरूलाई अनलाइन जानकारी लिन सजिलो लाग्छ। इन्टरनेटमा मात्र उपलब्ध हुने जानकारी एकचोटि क्लिक गरेको भरमै हेर्न सकिन्छ। थुप्रै किताब, पत्रपत्रिका तथा अखबार अनलाइन पढ्‌न सकिन्छ।

यस्तो चलनलाई ध्यानमा राख्दै हालसालै हाम्रो वेब साइट www.jw.org को डिजाइन नयाँ बनाएका छौं। यसले गर्दा हाम्रो वेब साइट अझै आकर्षक अनि चलाउन पनि सजिलो भएको छ। यो साइट हेर्ने व्यक्‍तिहरूले ४३० भन्दा धेरै भाषामा प्रकाशनहरू पढ्‌न सक्नेछन्‌। यस महिनादेखि केही नियमित स्तम्भ छापिनेछैनन्‌, वेब साइटमा मात्र राखिनेछन्‌। त्यसैले आफूलाई मन पर्ने लेखहरू अनलाइन पढ्‌न सक्नुहुन्छ।a

वेब साइटमा थुप्रै लेख राखिने भएकोले यस अङ्‌कदेखि प्रहरीधरहरा-को जनसंस्करण ३२ पृष्ठबाट १६ पृष्ठको हुनेछ। अहिले प्रहरीधरहरा २०४ वटा भाषामा प्रकाशित गरिन्छ। यस पत्रिकाको पाना घटाइने भएकोले अझ धेरै भाषामा अनुवाद गर्न सकिनेछ।

आशा छ, यस्तो छाँटकाँटले गर्दा बाइबलमा पाइने जीवनदायी सन्देश अझ धेरै मानिसले सुन्‍न सक्नेछन्‌। बाइबलको आदर गर्ने अनि यसको शिक्षा लिन चाहने हाम्रा पाठकलाई शिक्षामूलक अनि रोचक जानकारी अनलाइनमार्फत र छापिएको प्रकाशनमार्फत प्रचुर मात्रामा उपलब्ध गराइरहन हामी कटिबद्ध छौं। (w13-E 01/01)

प्रकाशक

a अनलाइन मात्र उपलब्ध हुने लेखहरूमा “युवाहरूका लागि” अनि “मेरो बाइबल पाठ” पनि पर्छन्‌। “युवाहरूका लागि” भन्‍ने शृङ्‌खलामा युवाहरूलाई रोचक लाग्ने बाइबलआधारित प्रोजेक्टहरू हुन्छन्‌। अनि “मेरो बाइबल पाठ” भन्‍ने शृङ्‌खला आमाबाबुले ३ वर्ष वा सोभन्दा कम उमेरका छोराछोरीलाई सिकाउनको लागि तयार पारिएको हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने