प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ४/१५ पृ. ३२
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • एक ठाउँमा भेला हुन नछोड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ४/१५ पृ. ३२

के तपाईंलाई थाह थियो?

के इ. सं. ७० पछि यरूशलेमको मन्दिर पुनर्निर्माण गरियो?

एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि यहोवाको मन्दिर ढल्नेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। टाइटसको नेतृत्वमा आएका रोमी सेनाले इ. सं. ७० मा यरूशलेम विनाश गर्दा यो भविष्यवाणी पूरा भयो। (मत्ती २४:२) पछि सम्राट्‌ जुलियनले मन्दिर पुनर्निर्माण गर्ने योजना बनाए।

जुलियनलाई रोमको अन्तिम गैर-ख्रीष्टियन सम्राट्‌ भनिन्छ। तिनी महान्‌ कन्स्टेन्टाइनका भतिजा थिए। तिनले त्यतिबेलाका ख्रीष्टियन भनाउँदाहरूबाट शिक्षा पाएका थिए। तर इ. सं. ३६१ मा सम्राट्‌ भएपछि तिनले गैर-ख्रीष्टियन धर्मलाई समर्थन गर्दै आफूले पाएको शिक्षा र भ्रष्ट भएको ख्रीष्टियन धर्मलाई खुल्लमखुल्ला तिरस्कार गरे। इतिहासका किताबहरूले तिनलाई “धर्मत्यागी” भन्‍ने संज्ञा दिएको छ।

जुलियन ख्रीष्टियन धर्मलाई घृणा गर्थे। यसको एउटा कारण हुन सक्छ: तिनी छ वर्षको छँदा ख्रीष्टियन धर्मका प्रतिनिधिहरूले तिनका बुबा र नातेदारहरूको हत्या गरेको तिनले देखेका थिए। चर्चसम्बन्धी इतिहासकारहरूअनुसार येशूलाई झूटा भविष्यवक्‍ता साबित गर्ने नियतले जुलियनले यहूदीहरूलाई मन्दिर पुनर्निर्माण गर्न हौसला दिए।a

जुलियनले मन्दिर पुनर्निर्माण गर्ने योजना बनाएका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर तिनले पुनर्निर्माणको काम सुरु गरे कि गरेनन्‌ अनि गरे भने बीचैमा किन छोडे भन्‍नेबारे इतिहासकारहरू पक्का छैनन्‌। तर एउटा कुरा भने पक्का छ, सत्तामा आएको दुई वर्ष पनि नबित्दै तिनको हत्या गरियो र तिनको योजना पनि तिनीसितै माटोमा मिल्यो।

येशूको समयमा मन्दिर कस्तो देखिन्थ्यो भन्‍ने कुराको ढाँचा र हालको मन्दिर परिसर

a येशूले यरूशलेमको मन्दिर कहिल्यै पुनर्निर्माण हुनेछैन भन्‍नुभएको थिएन। उहाँले त्यो विनाश हुनेछ भन्‍नुभएको थियो, जुन इ. सं. ७० मा पूरा भयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने