प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ५/१ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ख११ प्रथम शताब्दीको मन्दिर
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • सुलेमान मन्दिर बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • १४क इजकिएलले देखेको मन्दिरको दर्शनबाट सिक्न सकिने पाठहरू
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ५/१ pp. ३०-३१

पाठकहरूका प्रश्‍नहरू

यूहन्‍नाले यहोवाको मन्दिरमा “ठूलो भीड[ले]” पवित्र सेवा चढाइरहेको देख्दा तिनीहरूले मन्दिरको कुन भागमा सेवा चढाइरहेका थिए?—प्रकाश ७:९-१५.

ठूलो भीडले विशेष गरी सुलेमानको मन्दिरको बाहिरी चोकसँग मेलखाने यहोवाको महान्‌ आध्यात्मिक मन्दिरको पार्थिव चोकमा उपासना गर्छन्‌ भन्‍नु तार्किक छ।

अहिलेको ठूलो भीड, येशूको समयका अन्यजातिहरूको चोककोजस्तै वा प्रतिरूपक आध्यात्मिक अवस्थामा छन्‌ भनी पहिले-पहिले भन्‍ने गरिन्थ्यो। तर त्यसो होइन भन्‍न सकिने कमसेकम पाँचवटा कारणहरू थप अनुसन्धानद्वारा थाह लागेको छ। प्रथमतः हेरोदको मन्दिरका सबै पक्षहरू यहोवाको महान्‌ आध्यात्मिक मन्दिरमा छैनन्‌। उदाहरणको लागि, हेरोदको मन्दिरमा स्त्रीहरूको चोक र इस्राएलको चोक थियो। स्त्रीहरूको चोकमा पुरुष र स्त्रीहरू दुवै पस्न पाउँथे भने इस्राएलको चोकमा पुरुषहरू मात्र पस्न पाउँथे। यहोवाको महान्‌ आध्यात्मिक मन्दिरको पार्थिव चोकमा उपासनाको सन्दर्भमा पुरुष र स्त्री भनेर छुट्याइँदैन। (गलाती ३:२८, २९) त्यसैकारण, आध्यात्मिक मन्दिरमा स्त्रीहरूको चोक र इस्राएलको चोकसित तुलना गर्न मिल्ने स्थान छैन।

दोस्रो: सुलेमानको मन्दिरको लागि परमेश्‍वरले दिनुभएको वास्तुकलासम्बन्धी योजनामा वा इजकिएलले देखेको मन्दिरको दर्शनमा अन्यजातिहरूको चोक थिएन नता यरूबाबेलले पुनर्निर्माण गरेको मन्दिरमा नै त्यो चोक थियो। त्यसैकारण, विशेष गरी अब अर्को बुँदालाई विचार गर्ने हो भने, यहोवाको महान्‌ आध्यात्मिक मन्दिरमा गरिने उपासनाको प्रबन्धमा अन्यजातिहरूको चोकको भूमिका हुनुपर्छ भन्‍नु तार्किक देखिंदैन।

तेस्रो: अन्यजातिहरूको चोक एदोमी राजा हेरोदले आफ्नो महिमा र रोमको निगाह प्राप्त गर्न बनाएका थिए। हेरोदले सम्भवतः सा. यु. पू. १८ वा १७ मा यरूबाबेलको मन्दिर पुनर्निर्माण गर्न थाले। दि एन्कर बाइबल डिक्शनरी बताउँछ: “पुरातन संस्कृतिको पश्‍चिमी साम्राज्य [रोमलाई] . . . पूर्वीय शहरहरूको भन्दा ठूलो मन्दिर चाहिन्थ्यो।” तथापि, मन्दिरको नाप भने पहिल्यै तयार भइसकेको थियो। उक्‍त शब्दकोश यसरी बताउँछ: “पूर्वजहरूले [सुलेमान र यरूबाबेलले] बनाएको मन्दिर जत्रै हुनुपर्थ्यो तर मन्दिरको गढीलाई बढाउन भने कुनै अवरोध थिएन।” त्यसकारण, आधुनिक समयमा अन्यजातिहरूको चोक भनिने भाग थपेर हेरोदले मन्दिरको क्षेत्र विस्तार गरे। यसरी गरिएको निर्माण कार्य यहोवाको आध्यात्मिक मन्दिरको प्रबन्धसँग सम्बन्धित हुन्थ्यो होला र?

चौथो: अन्धा, लगंडा र खतना नगरिएका अन्यजातिहरू लगायत प्रायजसो सबै अन्यजातिहरूको चोकमा पस्न पाउँथे। (मत्ती २१:१४, १५) हो, परमेश्‍वरलाई भेटी चढाउन इच्छुक खतना नगरिएका अन्यजातिहरूले यस चोकमा उहाँलाई भेटी चढाउन सक्थे। येशूले कहिले-काहीं भीडलाई शिक्षा दिनुभएको र आफ्नो पिताको घरलाई अनादर गरेको कारण दुई पटक सराफीहरू र व्यापारीहरूलाई लघार्नुभएको ठाउँ यही नै थियो। (मत्ती २१:१२, १३; यूहन्‍ना २:१४-१६) अझै, द जुविश इन्साइक्लोपीडिया यसो भन्छ: “वास्तवमा भन्‍ने हो भने, यो बाहिरी चोक मन्दिरको भाग थिएन। यो भूमि पवित्र थिएन र यहाँ जोसुकै प्रवेश गर्न सक्थे।”

पाँचौ: “मन्दिर” भनी अनुवाद गरिएको युनानी शब्द (हि ए रोन) अन्यजातिहरूको चोकको सन्दर्भमा प्रयोग गर्दा यसले “विशेष गरी मन्दिरको भवनलाई मात्र नभई सम्पूर्ण मन्दिर हातालाई नै बुझाउँछ,” भनी बार्क्ले एम. न्युम्यान र फिलिप सि. स्टाइनद्वारा लिखित अ ह्‍याण्डबूक अन द गस्पेल अफ माथ्यु भन्‍ने पुस्तक बताउँछ। यसको विपरीत, यूहन्‍नाले ठूलो भीडको दर्शनमा देखेको “मन्दिर” भनी अनुवाद गरिएको युनानी शब्दको (ना·ओस्‌) अझ सुस्पष्ट अर्थ छ। यरूशलेमको मन्दिरको सन्दर्भमा, प्रायजसो यसले सबैभन्दा पवित्रस्थान, मन्दिरको भवन वा मन्दिरको हातालाई बुझाउँछ। कहिलेकाहीं यसलाई “मन्दिर” पनि भनिन्छ।—मत्ती २७:५, ५१; लूका १:९, २१; यूहन्‍ना २:२०.

ठूलो भीडका सदस्यहरूले येशूको छुटकाराको बलिदानमा विश्‍वास गर्छन्‌। तिनीहरूले “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” हुनाले आध्यत्मिक अर्थमा सफा छन्‌। त्यसैकारण, तिनीहरू परमेश्‍वरको मित्र हुने र महासंकष्टबाट बच्ने प्रत्याशासहित धार्मिक गनिए। (याकूब २:२३, २५) धेरै अर्थमा, तिनीहरू व्यवस्थाको नियम पालन गर्ने र धर्म परिवर्तन गरेर इस्राएलीहरूसँगै उपासना गर्नेहरू जस्तै छन्‌।

निस्सन्देह, पूजाहारीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्ने भित्री चोकमा ती धर्म परिवर्तन गरेकाहरूले सेवा गरेनन्‌। ठूलो भीडका सदस्यहरू पनि यहोवाको महान्‌ आध्यात्मिक मन्दिरको भित्री चोकमा छैनन्‌, जुन चोकले यहोवाको “पवित्र पूजाहारीगिरीको” सदस्यहरू पृथ्वीमा हुँदा तिनीहरूको सिद्ध, धार्मिक मानव अवस्थालाई जनाउँछ। (१ पत्रुस २:५) तर, स्वर्गमा बस्ने प्राचीनले यूहन्‍नालाई बताएअनुसार, ठूलो भीड मन्दिरको बाहिर, अन्यजातिहरूको आध्यात्मिक चोकजस्तो ठाउँमा होइन तर मन्दिर भित्रै छन्‌। यो कस्तो ठूलो सुअवसर हो! अनि यसले, सबै जनाले सधैं आध्यात्मिक अनि नैतिक शुद्धता कायम राख्नु पर्ने आवश्‍यकताबारे एकदमै जोड दिन्छ!

[पृष्ठ ३१-मा भएको डायग्राम/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सुलेमानको मन्दिर

१. मन्दिरको भवन

२. भित्री चोक

३. बाहिरी चोक

४. मन्दिरको चोक जाने भऱ्‍याङ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने