विषयसूची
सेप्टेम्बर १५, २०१३
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।
अध्ययन संस्करण
अक्टोबर २८, २०१३–नोभेम्बर ३, २०१३
नोभेम्बर ४-१०, २०१३
यहोवाको साक्षीवचनले तपाईंको हृदयलाई आनन्दित बनाओस्
नोभेम्बर ११-१७, २०१३
नोभेम्बर १८-२४, २०१३
नोभेम्बर २५, २०१३–डिसेम्बर १, २०१३
अध्ययन लेखहरू
▪ यहोवाको साक्षीवचन भरपर्दो छ
▪ यहोवाको साक्षीवचनले तपाईंको हृदयलाई आनन्दित बनाओस्
यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन र निर्देशन दिन सधैं साक्षीवचन प्रयोग गर्नुभएको छ। ती साक्षीवचनमा के-के पर्छ? परमेश्वरको साक्षीवचनमा किन भरोसा गर्न सक्छौं, पहिलो लेखमा छलफल गरिएको छ। उहाँको साक्षीवचनमाथिको भरोसा बलियो बनाउन सक्ने तीनवटा तरिकाबारे दोस्रो लेखमा छलफल गरिएको छ।
▪ के तपाईंको कायापलट भएको छ?
▪ सही निर्णय गर्नुहोस्
आफू हुर्किएको वातावरण र वरपरको समाजले हाम्रो सोचाइ अनि हामीले गर्ने निर्णयमा असर गर्छ। हामीले गरेका निर्णयहरू परमेश्वरको इच्छाबमोजिम नै छन् भनेर कसरी पक्का हुन सक्छौं? अनि निर्णयअनुसार चल्न हामीलाई केले मदत गर्छ? यी क्षेत्रहरूमा आफैलाई जाँच्न यी लेखहरूले मदत गर्नेछ।
▪ अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ
अग्रगामी सेवाले यहोवासितको सम्बन्ध कसरी बलियो बनाउँछ, आठवटा तरिका विचार गर्नेछौं। तपाईं अग्रगामी हुनुहुन्छ भने कठिनाइको बाबजुद यस सेवामा लागिरहन तपाईंलाई केले मदत गर्नेछ? तपाईं अग्रगामी सेवा सुरु गर्न र यस सेवामा लाग्दा पाइने आशिष् अनुभव गर्न चाहनुहुन्छ भने के गर्न सक्नुहुन्छ?
आवरण: पेरूको उत्तरी भागमा पर्ने अमेजन क्षेत्रमा अनौपचारिक साक्षी दिने थुप्रै मौका मिल्छ
पेरू
जनसङ्ख्या
२,९७,३४,०००
प्रकाशक
१,१७,२४५
गत पाँच वर्षमा बप्तिस्मा गर्नेहरूको सङ्ख्या
२८,८२४
पेरूमा हाम्रा प्रकाशनहरू छवटा भाषामा अनुवाद गरिन्छ। एक सय बीस जनाभन्दा धेरै विशेष अग्रगामी तथा मिसनरीहरू स्पेनिश भाषाबाहेक अन्य भाषामा पनि साक्षी दिन्छन्