प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १२/१५ p. १६
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • ‘जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूलाई सम्झ’
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १२/१५ p. १६

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

येशूले कहिले “कैदमा परेका दुष्ट स्वर्गदूतहरूलाई प्रचार गर्नुभयो”? (१ पत्रु. ३:१९)

दुष्ट स्वर्गदूतहरूले पाउने सजायबारे येशूले आफू पुनर्जीवित भएको केही समयपछि तिनीहरूलाई घोषणा गर्नुभयो जस्तो देखिन्छ।—६/१५, पृष्ठ २३.

येशूले मानिसहरूलाई भेडा वा बाख्राको रूपमा कहिले इन्साफ गर्नुहुनेछ? (मत्ती २५:३२)

झूटो धर्मको विनाशपछि महासङ्‌कष्टको दौडान येशूले सबै जातिका मानिसहरूलाई भेडा वा बाख्राको रूपमा इन्साफ गर्नुहुनेछ।—७/१५, पृष्ठ ६.

गहुँ र सामाको दृष्टान्तमा उल्लिखित कुकर्मीहरू कहिले रुनेछन्‌ र रिसाउँदै चीत्कार गर्नेछन्‌? (मत्ती १३:३६, ४१, ४२)

विनाशबाट कुनै हालतमा उम्कन सकिंदैन भनेर बुझेपछि तिनीहरू महासङ्‌कष्टको बेला हताश भएर रुनेछन्‌र रिसाउँदै चीत्कार गर्नेछन्‌।—७/१५, पृष्ठ १३.

विश्‍वासी र बुद्धिमान्‌ दासबारे येशूले भन्‍नुभएको कुराको पूर्ति कहिले भयो? (मत्ती २४:४५-४७)

यसको पूर्ति इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि होइन तर सन्‌ १९१४ देखि हुन थाल्यो। सन्‌ १९१९ मा येशूले दासलाई घरका अरू दासहरूमाथि नियुक्‍त गर्नुभयो। यसमा आध्यात्मिक भोजन खानेजति सबै पर्छन्‌।—७/१५, पृष्ठ २१-२३.

येशूले विश्‍वासी दासलाई आफ्ना सबै सम्पत्तिमाथि कहिले नियुक्‍त गर्नुहुन्छ?

महासङ्‌कष्टको दौडान विश्‍वासी दास स्वर्गमा येशूको सह-शासक भएपछि तिनीहरूलाई मालिकका सबै सम्पत्तिमाथि उहाँले नियुक्‍त गर्नुहुनेछ।—७/१५, पृष्ठ २५.

साक्सेनहाउसेन यातना शिविरबाट मृत्यु-यात्रामा हिंड्‌न बाध्य पारिएका २३० साक्षीहरूको ज्यान गएन। यतिबेला परमेश्‍वरको पवित्र शक्‍तिका साथै अरू कुन कुराले तिनीहरूलाई मदत गऱ्‍यो?

रोग लागेकोले र भोको भएकोले सबै कमजोर भए तापनि हार नमान्‍न तिनीहरूले एकअर्कालाई प्रोत्साहन दिइरहे।—८/१५, पृष्ठ १८.

इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा जान यर्दन नदी तरेको विवरण हाम्रो लागि किन प्रोत्साहनदायी छ?

नदी तीव्र गतिमा बगिरहेको थियो तर यहोवाले इस्राएलीहरूले नदी पार गर्न सकून्‌ भनेर पानीको बहाब रोकिदिनुभयो। यसले गर्दा यहोवाप्रतिको तिनीहरूको विश्‍वास बलियो भएको हुनुपर्छ। यो विवरण हाम्रो लागि पनि प्रोत्साहनदायी छ।—९/१५, पृष्ठ १६.

मीका ५:५ मा बताइएको मुखिया र गोठालाहरूको भविष्यवाणी आज कसरी पूरा भइरहेको छ?

मीका ५:५ मा बताइएको “सात गोठाला र आठ मुखिया”-ले मण्डलीका एल्डरहरूलाई चित्रण गर्छ भनेर हामीले बुझेका छौं। एल्डरहरूले परमेश्‍वरका जनहरूलाई भविष्यमा हुने आक्रमणको प्रतिरोध गर्न तयार पार्दै छन्‌।—११/१५, पृष्ठ २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने