प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ६/१५ पृ. २२-२३
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • स्वर्गदूतहरूबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ६/१५ पृ. २२-२३

पाठकहरूको प्रश्‍न

उत्पत्ति ६:२, ४ मा उल्लेख गरिएको “परमेश्‍वरका छोराहरू” को थिए?

तिनीहरू परमेश्‍वरका अदृश्‍य छोराहरू थिए। यसो भन्‍न सक्ने आधार के छ?

उत्पत्ति ६:२ यसो भन्छ: “परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो-आफ्नो रुचिका पत्नीहरू ल्याए।”

मौलिक भाषाको हिब्रू धर्मशास्त्रमा “साँचो परमेश्‍वरका छोराहरू” अनि “परमेश्‍वरका छोराहरू” भन्‍ने अभिव्यक्‍ति उत्पत्ति ६:२, ४; अय्यूब १:६; २:१; ३८:७ र भजन ८९:६ मा पाइन्छ। नेपाली बाइबलमा भने यो अभिव्यक्‍ति उत्पत्ति ६:२, ४ र भजन ८९:६ मा पाइन्छ। यी पदहरूले “परमेश्‍वरका छोराहरू”-बारे के सङ्‌केत गर्छ?

अय्यूब १:६ मा उल्लेख गरिएको “साँचो परमेश्‍वरका छोराहरू” उहाँको सामने उपस्थित भएका अदृश्‍य स्वर्गदूतहरू थिए। “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको” सैतान पनि तिनीहरूमाझ थियो। (अय्यू. १:७; २:१, २) त्यसैगरि अय्यूब ३८:४-७ मा परमेश्‍वरले पृथ्वीको ‘जग बसाल्दा रमाहटले कराएका’ “परमेश्‍वरका छोराहरू”-बारे उल्लेख गरिएको छ। तिनीहरू पक्कै पनि परमेश्‍वरका अदृश्‍य छोराहरू हुन्‌ किनकि त्यतिबेला मानिस सृष्टि गरिएको थिएन। भजन ८९:६ मा उल्लेख गरिएको “परमेश्‍वरका छोराहरू” अवश्‍य पनि उहाँसित बस्ने स्वर्गदूतहरू हुन्‌, मानिसहरू होइनन्‌।

त्यसोभए उत्पत्ति ६:२, ४ मा उल्लेख गरिएको “परमेश्‍वरका छोराहरू” को हुन्‌? भर्खरै छलफल गरिएका बाइबल तथ्यहरूको आधारमा यस्तो निष्कर्षमा पुग्नु तर्कसङ्‌गत छ: तिनीहरू पृथ्वीमा आएका परमेश्‍वरका अदृश्‍य छोराहरू हुन्‌।

स्वर्गदूतहरूमा पनि यौन चाहना जाग्न सक्छ भनेर स्वीकार्न कसै-कसैलाई गाह्रो लाग्छ। मत्ती २२:३० मा येशूले भन्‍नुभएको कुराले स्वर्गमा विवाह अनि यौनसम्बन्ध हुँदैन भनेर देखाउँछ। तर कहिलेकाहीं स्वर्गदूतहरू मानव शरीर धारण गरेर पृथ्वीमा आएका छन्‌। मानिसहरूसँगै बसेर खानपिन पनि गरेका छन्‌। (उत्प १८:१-८; १९:१-३) त्यसकारण मानव शरीर धारण गरेको अवस्थामा तिनीहरूले स्त्रीहरूसित यौनसम्बन्ध राख्न सक्थे भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ।

केही स्वर्गदूतले त्यसै गरे भन्‍ने प्रमाण बाइबलमा पाइन्छ। सदोमका पुरुषहरूले अप्राकृतिक इच्छाको पछि लागेर पाप गरे। तिनीहरूले गरेको पापलाई यहूदा ६, ७ ले “आफ्नो ठाउँमा नबसेर आफ्नो उचित बासस्थान त्याग्ने स्वर्गदूतहरू”-ले गरेको पापसित तुलना गरेको छ। ती स्वर्गदूतहरू अनि सदोमका मानिसहरूबीचको एउटा समानता हो: तिनीहरूले “अचाक्ली अवैध यौनसम्बन्ध राखे अनि कामातुर भएर अप्राकृतिक इच्छाको पछि लागे।” पहिलो पत्रुस ३:१९, २० मा ती स्वर्गदूतहरूलाई “नूहको दिनमा” परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्ने स्वर्गदूतहरू भनिएको छ। (२ पत्रु. २:४, ५) त्यसकारण नूहको दिनमा अनाज्ञाकारी स्वर्गदूतहरूले गरेको कामलाई सदोम र गमोराका मानिसहरूले गरेको पापसित तुलना गर्न सकिन्छ।

तसर्थ उत्पत्ति ६:२, ४ मा उल्लेख गरिएको “परमेश्‍वरका छोराहरू” मानव शरीर धारण गरेर स्त्रीहरूसित अवैध यौनसम्बन्ध राखेका स्वर्गदूतहरू थिए भन्‍ने निष्कर्षमा पुग्नु तर्कसङ्‌गत छ।

येशूले “कैदमा परेका दुष्ट स्वर्गदूतहरूलाई प्रचार गर्नुभयो” भनी बाइबलमा बताइएको छ। (१ पत्रु. ३:१९) यसको अर्थ के हो?

प्रेषित पत्रुसले ती दुष्ट स्वर्गदूतहरूलाई “नूहको दिनमा परमेश्‍वरले धैर्य गरिरहनुभएको बेला उहाँको आज्ञा उल्लङ्‌घन गरेका” स्वर्गदूतहरू भने। (१ पत्रु. ३:२०) स्पष्ट छ, पत्रुसले सैतानको विद्रोहमा साथ दिएका स्वर्गदूतहरूलाई सङ्‌केत गर्दै थिए। यहूदाले पनि “आफ्नो ठाउँमा नबसेर आफ्नो उचित बासस्थान त्याग्ने स्वर्गदूतहरू”-बारे उल्लेख गरे। परमेश्‍वरले तिनीहरूलाई ‘महादिनमा न्याय गर्न घोर अन्धकारमा अनन्त बन्धनमा राख्नुभएको छ।’—यहू. ६.

नूहको दिनमा स्वर्गदूतहरू कसरी अनाज्ञाकारी भए? जलप्रलयअघि ती दुष्ट स्वर्गदूतहरूले मानव शरीर धारण गरे तर परमेश्‍वरको उद्देश्‍य यस्तो थिएन। (उत्प. ६:२, ४) साथै ती स्वर्गदूतहरूले स्त्रीहरूसित यौनसम्बन्ध राख्नु अप्राकृतिक थियो। परमेश्‍वरले स्वर्गदूतहरूलाई स्त्रीहरूसित यौनसम्बन्ध राख्न बनाउनुभएको थिएन। (उत्प. ५:२) ती दुष्ट अनि अनाज्ञाकारी स्वर्गदूतहरूलाई परमेश्‍वरले आफ्नो समयमा नाश गर्नुहुनेछ। अहिले तिनीहरू यहूदाले उल्लेख गरेझैं “घोर अन्धकारमा” अर्थात्‌ आध्यात्मिक कैदमा छन्‌।

येशूले “कैदमा परेका दुष्ट स्वर्गदूतहरूलाई” कहिले र कसरी प्रचार गर्नुभयो? उहाँ ‘अदृश्‍य व्यक्‍तिको रूपमा ब्यूँतिएपछि।’ (१ पत्रु. ३:१८, १९) यो कुरा पनि याद गर्नुहोस्‌, येशूले “प्रचार गर्नुभयो” भनी पत्रुसले बताए। पत्रुसले यहाँ भूतकाल प्रयोग गर्नुले तिनले पहिलो पत्र लेख्नुअगावै येशूले प्रचार गर्नुभएको कुरा देखाउँछ। त्यसैले दुष्ट स्वर्गदूतहरूले पाउने सजायबारे येशूले आफू पुनर्जीवित भएको केही समयपछि घोषणा गर्नुभयो जस्तो देखिन्छ। यो तिनीहरूको लागि आशाको होइन, न्यायको घोषणा थियो। (योना १:१, २) मृत्युसम्मै विश्‍वासी र वफादार भएर अनि पुनर्जीवित भएर आफूमाथि सैतानले कुनै नियन्त्रण जमाउन सक्दैन भनेर येशूले प्रमाणित गरिसक्नुभएको थियो। यसको आधारमा उहाँले सैतानविरुद्ध न्यायको घोषणा गर्न सक्नुहुन्थ्यो।—यूह. १४:३०; १६:८-११.

भविष्यमा येशूले सैतान र यी दुष्ट स्वर्गदूतहरूलाई बाँध्नुहुनेछ अनि अगाध खाडलमा हुऱ्‍याउनुहुनेछ। (लूका ८:३०, ३१; प्रका. २०:१-३) अहिले ती अनाज्ञाकारी स्वर्गदूतहरू आध्यात्मिक अन्धकारमा छन्‌ र तिनीहरूको अन्तिम विनाश निश्‍चित छ।—प्रका. २०:७-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने