प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • आफूले वा अरूले अन्याय भोग्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?
    थप लेखहरू
  • अत्याचार बारे के परमेश्‍वरले कहिले केही गर्नु हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “के परमेश्‍वरले अन्याय गर्नुहुन्छ?”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१ p. १६
चरम गरिबीमा आमा र बालबच्चा

बाइबल प्रश्‍नहरूको जवाफ

परमेश्‍वर कस्तो हुनुहुन्छ?

परमेश्‍वर अदृश्‍य हुनुहुन्छ। उहाँले स्वर्ग, पृथ्वी र सबै जीवित प्राणीहरू सृष्टि गर्नुभयो। परमेश्‍वरलाई कसैले सृष्टि गरेको होइन। उहाँको सुरुवात छैन। (भजन ९०:२) मानिसहरूले उहाँलाई खोजून्‌ र उहाँको विषयमा सत्य कुरा थाह पाऊन्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्छ।—प्रेषित १७:२४-२७ पढ्‌नुहोस्‌।

हामी परमेश्‍वरको नाम थाह पाउन सक्छौं। उहाँले बनाउनुभएका कुराहरूमा हामी उहाँका केही गुण देख्न सक्छौं। (रोमी १:२०) तर परमेश्‍वरलाई राम्रोसँग चिन्‍ने हो भने हामीले उहाँको वचन बाइबल अध्ययन गर्नुपर्छ। यसले हामीलाई मायालु परमेश्‍वरलाई अझ राम्ररी चिन्‍न मदत गर्छ।—भजन १०३:७-१० पढ्‌नुहोस्‌।

परमेश्‍वरलाई अन्याय कस्तो लाग्छ?

सृष्टिकर्ता यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ। (व्यवस्था २५:१६) उहाँले मानिसहरूलाई आफ्नै स्वरूपमा बनाउनुभयो। त्यसैले त हामी अन्यायलाई घृणा गर्छौं। हाम्रो वरपर भइरहेको अन्यायमा परमेश्‍वरको कुनै हात छैन। परमेश्‍वरले मानिसलाई आफ्नो इच्छाअनुसार रोज्ने अथवा निर्णय गर्ने क्षमता दिनुभएको छ। दुःखको कुरा, धेरै मानिसले आफ्नो यस क्षमताको दुरुपयोग गर्छन्‌ र अन्यायी व्यवहार गर्छन्‌। यो देखेर यहोवा “मनमा साह्रै दु:खित” हुनुहुन्छ।—उत्पत्ति ६:५, ६; व्यवस्था ३२:४, ५ पढ्‌नुहोस्‌।

यहोवा इन्साफ प्रेम गर्नुहुन्छ। उहाँले अन्याय सधैंभरि रहन दिनुहुने छैन। (भजन ३७:२८, २९) परमेश्‍वरले चाँडै सबै अन्याय हटाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।—२ पत्रुस ३:७-९, १३ पढ्‌नुहोस्‌।

परमेश्‍वरले चाँडै अन्याय हटाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १ हेर्नुहोस्‌

www.jw.org /ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने