प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 २/१५ पृ. ३०-३२
  • विश्‍वास बढाउने १०० वर्ष पुरानो चलचित्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वास बढाउने १०० वर्ष पुरानो चलचित्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • चलचित्रमार्फत सन्देश फैलाउँदै
  • बाइबल शिक्षामा कोसेढुङ्‌गा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 २/१५ पृ. ३०-३२
सृष्टिसम्बन्धी फोटो-नाटकको विज्ञापन गर्न प्रयोग गरिएको पोस्टर

हाम्रो अभिलेखालयबाट

विश्‍वास बढाउने १०० वर्ष पुरानो चलचित्र

“कस्तो अचम्म, भाइ रसल नै आएर बोलेको जस्तो लाग्यो!”—⁠सन्‌ १९१४ मा “फोटो-नाटक” ( अङ्‌ग्रेजी) हेरेका एक दर्शक।

भाइ चार्ल्स टेज रसल

यो वर्ष “सृष्टिसम्बन्धी फोटो-नाटक” (अङ्‌ग्रेजी) चलचित्र पहिलो पटक देखाइएको १०० वर्ष पुग्यो। बाइबल परमेश्‍वर­को वचन हो भन्‍ने कुरामा मानिसहरूको विश्‍वास बलियो बनाउन यो चलचित्र तयार पारिएको थियो। क्रमविकास, समा­लोचना र शङ्‌का-उपशङ्‌काले गर्दा थुप्रै मानिसको विश्‍वास तहसनहस भइरहेको समयमा “फोटो-नाटक”-ले यहोवालाई सृष्टिकर्ताको रूपमा चिनायो।

बाइबल विद्यार्थीहरूमाझ नेतृत्व लिइरहेका चार्ल्स टेज रसल सबैभन्दा प्रभावकारी तरिकामा र द्रुत गतिमा बाइबल सत्य फैलाउन सक्ने माध्यमको खोज-अनुसन्धानमा लागे। तीस वर्षभन्दा अघिदेखि बाइबल विद्यार्थीहरूले छापिएका प्रकाशनहरू सशक्‍त तरिकामा प्रयोग गर्दै आएका थिए। अब तिनीहरूले चलचित्र निकाल्ने विचार गरे।

चलचित्रमार्फत सन्देश फैलाउँदै

सन्‌ १८९० को दशकमा पहिलो पटक ध्वनिरहित चलचित्र बनाइयो। सन्‌ १९०३ को सुरुतिर न्यु योर्कको एउटा चर्चमा धार्मिक चलचित्र देखाइयो। रसलले १९१२ मा “फोटो-नाटक”-को तयारी सुरु गर्दा चलचित्र उद्योग भर्खरै बामे सर्दै थियो। छापिएका प्रकाशनहरूभन्दा चलचित्रमार्फत प्रभावकारी तरिकामा बाइबल सत्य फैलाउन सकिन्छ भन्‍ने रसललाई लाग्यो।

आठ घण्टे “फोटो-नाटक”-लाई अक्सर चार भागमा देखाइन्थ्यो। त्यस चलचित्रमा ९६ वटा छोटा बाइबल भाषणहरू थिए। ती भाषणहरूमा त्यसबेला सबैले चिनेका र राम्रो आवाज भएका एक जना व्यक्‍तिले स्वर दिएका थिए। थुप्रै दृश्‍यमा राम्रा सङ्‌गीतहरू पनि थिए। रेकर्ड गरिएका आवाज र सङ्‌गीत सिपालु भाइहरूले फोनोग्राफमा बजाउँथे। तिनीहरूले रङ्‌गीन स्लाइड र प्रसिद्ध बाइबल कथाहरूको पुनः अभिनयलाई आवाजसँगै मिलाएर देखाउँथे।

यसमा ताराहरूको सृष्टिदेखि ख्रीष्टको हजार वर्षीय शासनको अन्तसम्मको चित्रहरू समावेश थियो।”—⁠एफ. स्टुआर्ट बार्न्स, १९१४ मा १४ वर्षका

प्रायजसो रिल र सिसाको स्लाइड व्यावसायिक स्टुडियोहरूबाट ल्याइन्थ्यो। फिलाडेल्फिया, न्यु योर्क, पेरिस र लन्डनका व्यावसायिक कलाकारहरूले सिसाको स्लाइड र रिलमा एक-एक गरेर चित्र कोर्थे। बेथेलको आर्ट रुममा काम गर्ने समूहले पनि चित्रहरू कोर्ने र फुटेका स्लाइडहरूको सट्टामा नयाँ स्लाइड राख्ने काममा मदत गऱ्‍यो। कतिपय रिल किनेर ल्याइयो अनि बेथेल सेवकहरूले पनि चलचित्रको लागि अभिनय गरे। तिनीहरूले न्यु योर्कको योङ्‌कर्स सहर वरिपरि अब्राहामको, इसहाकको र अब्राहामलाई आफ्नो छोरा बलिदान चढाउनबाट रोक्ने स्वर्गदूतको भूमिका खेले।​—⁠उत्प. २२:​९-१२.

सृष्टिसम्बन्धी फोटो-नाटकको विज्ञापन गर्न प्रयोग गरिएको पोस्टर र स्लाइड

सृष्टिसम्बन्धी फोटो-नाटक देखाउन धेरै काम गर्नुपऱ्‍यो र थुप्रै भाइहरूले मदत गरे

भाइ रसलका एक साथीले “फोटो-नाटक”-बारे पत्रकारहरूलाई यसो भने: “धार्मिक सन्देश सुनाउन विगतमा जे-जति गरियो, ती सबैले भन्दा यसले हजारौं मानिसलाई बाइबलतर्फ आकर्षित गर्नेछ।” आध्यात्मिक रूपमा भोकाएका मानिसहरूलाई मदत गर्ने यो नयाँ प्रबन्धको के पादरीहरूले प्रशंसा गरे? गरेनन्‌। त्यसको विपरीत, चर्चजगत्‌का प्रायः सबै पादरी­ले “फोटो-नाटक”-को निन्दा गरे। कतिले त मानिसहरूले यो चलचित्र नहेरून्‌ भनेर धूर्त वा लाजमर्दो उपायसमेत निकाले। एक ठाउँमा त पादरीहरूले बिजुलीको लाइन नै काटिदिए।

स्थानीय मण्डलीका बहिनीहरू। सृष्टिसम्बन्धी फोटो-नाटक किताबको प्रति। ठिटो येशूको चित्र भएको ब्याज

स्थानीय मण्डलीका बहिनीहरूले “फोटो-नाटक”-का दृश्‍यहरू भएको पुस्तिकाको लाखौं प्रति निश्‍शुल्क वितरण गरे

उपस्थित सबैले ठिटो येशूको चित्र भएको ब्याज पनि पाए। त्यस ब्याजले तिनीहरूलाई “शान्तिको छोरा” हुनुपर्ने आवश्‍यकताबारे सम्झाउँथ्यो

तैपनि निश्‍शुल्क देखाइएको “फोटो-नाटक” हेर्न दर्शकहरूको ओइरो लाग्यो। अमेरिकामा हरेक दिन ८० वटासम्म सहर­मा “फोटो-नाटक” देखाइन्थ्यो। ‘आवाजसहितको चलचित्र’ पहिलो पटक हेर्न पाउँदा थुप्रै दर्शक छक्क परे। एकपछि अर्को गर्दै छिटोछिटो देखाइएको फोटोहरूमा तिनीहरूले अण्डाबाट चल्ला बिस्तारै निस्केको र फूल बिस्तारै फक्रेको दृश्‍य हेरे। चलचित्रमा देखाइएको वैज्ञानिक जानकारीले यहोवाको उदेकलाग्दो बुद्धिलाई जोड दियो। यस लेखको सुरुमा बताइएझैं भाइ रसलले “फोटो-नाटक”-को परिचय दिइरहेको दृश्‍य पर्दामा देख्दा एक जना दर्शकले यसो भने: “भाइ रसल नै आएर बोलेको जस्तो लाग्यो!”

बाइबल शिक्षामा कोसेढुङ्‌गा

अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्‌घको स्वामित्वमा रहेको न्यु योर्कस्थित भवन

अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्‌घको स्वामित्वमा रहेको न्यु योर्कस्थित यस भवनमा जनवरी ११, १९१४ मा पहिलो पटक “फोटो-नाटक” देखाइयो

लेखक तथा चलचित्र इतिहासकार टिम डर्क्सले “फोटो-नाटक”-लाई “ध्वनि (रेकर्ड गरिएको आवाज), चलदृश्‍य र रङ्‌गीन स्लाइडसहितको पहिलो र प्रमुख चलचित्र” भने। “फोटो-नाटक”-अघिका केही चलचित्रमा यीमध्येका केही पक्ष अपनाइए तापनि सबै भने अपनाइएको थिएन, अझ विशेषगरि बाइबल विषयमा आधारित चलचित्रमा। अनि यो चलचित्र देखाइएको पहिलो वर्षमै उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजील्याण्डमा गरेर लगभग ९० लाख दर्शक उपस्थित भए! अरू कुनै पनि चलचित्र हेर्न यत्ति धेरै दर्शक आएका थिएनन्‌।

“फोटो-नाटक”-को पहिलो प्रदर्शन जनवरी ११, १९१४ मा न्यु योर्कमा गरियो। त्यसको सात महिनापछि भयानक विपत्ति सुरु भयो, जसलाई पछि पहिलो विश्‍वयुद्ध भनेर चिनियो। तैपनि संसारभर नै मानिसहरू “फोटो-नाटक” हेर्न ओइरिरहे। परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌बारे त्यस चलचित्रमा देखाइएको दृश्‍यबाट तिनीहरूले सान्त्वना पाए। सन्‌ १९१४ को सबैभन्दा उत्कृष्ट प्रस्तुति “फोटो-नाटक” नै थियो।

बाइबल विद्यार्थीहरू र सृष्टिसम्बन्धी फोटो-नाटक देखाउन प्रयोग गरिएका सामानका बाकसहरू

उत्तर अमेरिकामा “फोटो-नाटक” देखाउन विभिन्‍न समूहले यसको २० वटा सेट प्रयोग गऱ्‍यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने