प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ७/१ p. ३
  • दुःखकष्टको भुमरी!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःखकष्टको भुमरी!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • असल मानिसहरूले दुःख पाउँछन्‌​—किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरले किन हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • के ईश्‍वरले हामीलाई दुःखकष्ट दिनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ७/१ p. ३

आवरण लेख | असल मानिसहरूले दुःख पाउँछन्‌, किन?

दुःखकष्टको भुमरी!

शोकमा डुबेका परिवारका सदस्यहरू

बंगलादेशको ढाका सहरमा बस्ने ३५ वर्षीया स्मीताa एक मायालु अनि दयालु व्यक्‍ति थिइन्‌। आफूले ईश्‍वरबारे सिकेको कुरा अरूलाई बताउने असल अनि मेहनती गृहिणीको रूपमा तिनी छिमेकीहरूमाझ परिचित थिइन्‌। तर अचानक तिनी बिरामी परिन्‌ र एक हप्ता पनि नबित्दै तिनको मृत्यु भयो। तिनको परिवार अनि साथीहरूलाई कत्ति ठूलो झड्‌का लाग्यो होला!

न्यु योर्कमा बस्ने एक जवान दम्पती जेम्स र तिनकी पत्नी पनि स्मीताजस्तै असल व्यक्‍तिको रूपमा परिचित थिए। एकदिन तिनीहरू अमेरिकाको पश्‍चिमी तटतिर आफ्ना साथीहरूलाई भेट्‌न गए। तर तिनीहरू कहिल्यै आफ्नो घर फर्केनन्‌। एउटा ठूलो दुर्घटनामा तिनीहरूको मृत्यु भयो। यसले गर्दा तिनीहरूका आफन्त र साथीभाइको मुटुमा कहिल्यै नपुरिने चोट लाग्यो।

संसारमा व्याप्त दुष्टता र दुःखकष्ट हेर्न तपाईं कतै टाढा जानुपर्दैन। यस्ता घटनाहरू त तपाईंकै वरिपरि भइरहेका छन्‌। युद्धमा सिपाहीहरूका साथै आम जनता पनि मारिन्छन्‌। निर्दोष मानिसहरू हिंसा र आतङ्‌कको सिकार हुन्छन्‌। मानिसको उमेर वा सामाजिक ओहदा जस्तोसुकै किन नहोस्‌, दुर्घटना र रोगबिमारले कसैलाई छाड्‌दैन। त्यसैगरि प्राकृतिक प्रकोपले पनि सहर, गाउँ-बस्तीको नामोनिसान नै मेटाइदिन्छ। संसारको जुनसुकै कुनामा पनि भेदभाव र अन्यायले जरा गाडेको छ। तपाईं आफै पनि यस्ता समस्याको सिकार हुनुभएको छ होला।

त्यसैले यस्ता प्रश्‍नहरू मनमा उब्जिनु स्वाभाविकै हो:

  • असल मानिसहरूलाई किन दुःखकष्ट आइपर्छ?

  • यस्ता समस्याहरूको लागि ईश्‍वरलाई दोष दिन मिल्छ?

  • आपत्‌विपद्‌ अकस्मात्‌ आइपर्ने कुरा हो या यसलाई मानिसले निम्त्याएको हो?

  • हामीले भोग्ने दुःखकष्ट कर्म अर्थात्‌ पूर्वजुनीको फल हो?

  • यदि ईश्‍वर हुनुहुन्छ भने उहाँले असल मानिसहरूलाई विपत्तिबाट किन जोगाउनुहुन्‍न?

  • दुष्टता अनि दुःखकष्ट नहुने समय कहिल्यै आउला?

माथि दिइएका प्रश्‍नहरूको जवाफ पाउन हामीले सबैभन्दा पहिला यी दुई प्रश्‍नको जवाफ बुझ्नु आवश्‍यक छ: दुःखकष्ट किन आइपर्छ? अनि परमेश्‍वरले दुःखकष्टलाई के गर्नुहुनेछ?

a नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने