विषयसूची
नोभेम्बर १५, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
डिसेम्बर २९, २०१४–जनवरी ४, २०१५
येशूको पुनर्जीवन—यसले हामीलाई कस्तो असर पार्छ?
जनवरी ५-११, २०१५
जनवरी १२-१८, २०१५
हामी आफ्नो सारा चालचलनमा पवित्र रहनै पर्छ
जनवरी १९-२५, २०१५
‘ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ’
जनवरी २६, २०१५–फेब्रुअरी १, २०१५
अध्ययन लेखहरू
▪ येशूको पुनर्जीवन—यसले हामीलाई कस्तो असर पार्छ?
येशू पुनर्जीवित हुनुभयो र उहाँ अहिले जीवितै हुनुहुन्छ भनेर हामी किन पक्का हुन सक्छौं, बुझ्नुहोस्। येशूको पुनर्जीवनले हामीलाई र हाम्रो प्रचारकार्यलाई कसरी असर पारेको छ, त्यसबारे पनि यस लेखमा छलफल गरिएको छ।
▪ हामी किन पवित्र हुनै पर्छ?
▪ हामी आफ्नो सारा चालचलनमा पवित्र रहनै पर्छ
यी लेखहरूमा छलफल गरिएका धेरैजसो कुराहरू लेवीको किताबमा आधारित छन्। हामी पवित्र रहेको यहोवा किन चाहनुहुन्छ र हामी यो गुण कसरी विकास गर्न सक्छौं, यी लेखहरूले बताउँछ। हामी आफ्नो सारा चालचलनमा कसरी पवित्र रहन सक्छौं, केही तरिकाहरू यी लेखहरूमा छलफल गरिएको छ।
▪ ‘ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ’
▪ ‘तिमीहरू अहिले परमेश्वरका जन हौ’
हामीसित बाइबल अध्ययन गरिरहेका कसै-कसैले पृथ्वीमा यहोवाको एउटा मात्र सङ्गठन छ भनी बुझ्न सकेका छैनन्। तिनीहरूको सोचाइमा हामी इमानदार छौं भने जुनसुकै धर्म माने पनि परमेश्वरलाई खुसी बनाउन सकिन्छ। परमेश्वरका जनहरूलाई चिन्नु र उनीहरूसित मिलेर यहोवाको सेवा गर्नुको महत्त्वबारे यी लेखहरूले बताउँछ।
आवरण: राज्य प्रचारकहरू क्युबा टापुको दोस्रो सबैभन्दा ठूलो सहर सान्तियागो दे क्युबामा प्रचार गर्दै। यो सहर सङ्गीत र परम्परागत नाचको लागि प्रख्यात छ।
क्युबा
जनसङ्ख्या
१,११,६३,९३४
प्रकाशक
९६,२०६
नियमित अग्रगामी
९,०४०