प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ११/१५ p. १३
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • ख्रिष्ट हाम्रो सक्रिय नेतामाथि भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यरीहोको पर्खाल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • इस्राएलीहरू कनान प्रवेश गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • राहाब जासुसहरूलाई लुकाउँछे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ११/१५ p. १३
पुजारीहरूले भेडाको सिङबाट बनाइएको तुरही फुक्छन्‌, यहोशू ठूलो सोरमा कराउँछन्‌ अनि यरीहोको पर्खाल गर्ल्यामगुर्लुम ढल्छ

पाठकहरूको प्रश्‍न

इस्राएलीहरूले पुरातन यरीहो सहरलाई तुरुन्तै कब्जा गरे भन्‍ने कस्तो प्रमाण छ?

यहोशू ६:१०-१५, २० को विवरण अनुसार इस्राएलीहरूले यरीहो सहरलाई दिनको एकपटक गरेर छ दिनसम्म फन्को मारे। तर सातौं दिन भने तिनीहरूले सहरलाई सात पटक फन्को मारे। त्यसपछि सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो। इस्राएलीहरू तुरुन्तै सहरभित्र छिरे अनि सहरलाई कब्जा गरिहाले। यसरी यरीहो सहरलाई तुरुन्तै कब्जा गरियो भनेर देखाउने के कुनै ऐतिहासिक प्रमाण छ?

पुरातन समयमा आक्रमणकारीहरूले सहरलाई चारैतिरबाट घेरा हाल्थे र मौका छोपेर सहरमा आक्रमण गर्थे। तर तिनीहरूले सहरलाई तुरुन्तै आक्रमण गरेनन्‌ भने सहरका बासिन्दाहरूले आफूले भण्डार गरेर राखेको धेरैजसो खानेकुरा खान्थे। अन्तमा सहरमाथि विजय हासिल गरेपछि त्यहाँ भएका बाँकी कुरा आक्रमणकारीहरूले लुटेर लैजान्थे। तर यरीहो सहरको कुरा भने बेग्लै छ। पुरातत्त्वविद्‌हरूले त्यस सहरमा खाद्यान्‍नको ठूलो भण्डार भेट्टाएका छन्‌। यस सन्दर्भमा, बाइबलकालीन ठाउँहरूबारे जानकारी दिने एउटा पत्रिकाa यसो भन्छ: “त्यस सहरको भग्नावशेषमा माटाका भाँडाकुँडा र अन्‍नपात धेरै मात्रामा भेटिएको थियो। . . . यो प्यालेस्टाइनको इतिहासको एउटा रोचक पक्ष हो। कुनै सहरमाथि विजय हासिल गरेपछि आक्रमणकारीहरूले अन्‍नको नाममा मुस्किलले एक-दुई भाँडो मात्र भेट्टाउँथे। तर यरीहो सहरमा त्यत्ति धेरै मात्रामा अन्‍न भेटिनु अचम्मलाग्दो कुरा हो।”

इस्राएलीहरूले यरीहो सहरलाई लुटपाट नगर्नुको कारण बाइबलमा पाइन्छ। यहोवा परमेश्‍वरले नै तिनीहरूलाई नलुट्‌न आज्ञा दिनुभएको थियो। (यहो. ६:१७, १८) वर्षा सुरु हुनुभन्दा ठीक अघि अर्थात्‌ बाली भित्र्याउने समय सिद्धिने बित्तिकै इस्राएलीहरूले यरीहो सहरमा आक्रमण गरेका थिए। त्यसकारण यरीहो सहरमा त्यतिबेला प्रशस्त मात्रामा अन्‍न थियो। (यहो. ३:१५-१७; ५:१०) यरीहो सहरको भग्नावशेषमा यत्ति धेरै अन्‍न भेटिएको तथ्य विचार गर्दा बाइबलले बताए जस्तै इस्राएलीहरूले सहरलाई तुरुन्तै कब्जा गरेका थिए भन्‍ने निष्कर्षमा पुग्न सक्छौं।

a Biblical Archaeology Review

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने