प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ११/१५ pp. १४-१५
  • यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उदारताको उत्कृष्ट उदाहरण
  • “यो काम महान्‌ छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ११/१५ pp. १४-१५
बैङ्‌कको कार्ड इलेक्ट्रोनिक कार्ड रिडरमा हाल्दै एक महिला

यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌

यहोवा उदार परमेश्‍वर हुनुहुन्छ। (याकू. १:१७) निलो आकाशमा चमचम चम्किरहेका ताराहरू, अनेक थरीका हरिया वनस्पतिले सजिएको सुन्दर पृथ्वी, यी सबै कुराले यहोवाको उदारताको प्रशंसा गर्छ।—भज. ६५:१२, १३; १४७:७, ८; १४८:३, ४.

सृष्टिकर्ता यहोवाले गर्नुभएको कामको भजनरचयिता असाध्यै कदर गर्थे। त्यसैले तिनले यहोवाको प्रशंसा गर्न सुमधुर गीत रचे। भजन अध्याय १०४ पढ्‌दा तिनको भावना कस्तो थियो भन्‍ने कुरा सजिलै बुझ्न सकिन्छ। तिनले यस्तो उद्‌गार व्यक्‍त गरे: “जहिलेसम्म म बाँच्नेछु, म परमप्रभुको भजन गाउँदै रहनेछु। मेरो जीवन रहुञ्जेल मेरा परमेश्‍वरको स्तुति म गाउँदै रहनेछु।” (भज. १०४:३३) के तपाईंको इच्छा पनि भजनरचयिताको जस्तै छ?

उदारताको उत्कृष्ट उदाहरण

उदार हुने सन्दर्भमा हामीले उहाँको अनुकरण गरेको यहोवा चाहनुहुन्छ। साथै, उदार हुनु किन राम्रो हो भनेर कारण पनि बुझाउनुभएको छ। उहाँले प्रेषित पावललाई यस्तो कुरा लेख्न प्रेरणा दिनुभयो: “जो यस वर्तमान युगमा धनी छन्‌, तिनीहरूलाई के आदेश देऊ भने तिनीहरू अभिमानी नहोऊन्‌ अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन तर हाम्रो आनन्दको लागि हामीलाई सबै कुरा प्रशस्तसित दिनुहुने परमेश्‍वरमा राखून्‌, भलाइको काम गरून्‌, असल काममा धनी होऊन्‌, उदारचित्तका होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌ अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्‌, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ। यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌।”—१ तिमो. ६:१७-१९.

प्रेषित पावलले कोरिन्थ मण्डलीलाई लेखेको दोस्रो पत्रमा अनुदान दिंदा असल मनसाय राखेर खुसीसाथ दिनुपर्छ भन्‍ने कुरामा जोड दिए। तिनले यसो भने: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन, किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।” (२ कोरि. ९:७) उदार भई खुसीसाथ अनुदान दिंदा दिने र पाउने दुवैलाई लाभ हुन्छ भन्‍ने कुरा पनि पावलले बताए। अनुदान पाउनेको आवश्‍यकता पूरा हुन्छ भने अनुदान दिनेले पनि प्रशस्त आशिष्‌ पाउँछन्‌।—२ कोरि. ९:११-१४.

पावलले आफ्नो पत्रको यो अंशको बिट मार्नुअघि यहोवाको उदारताको सबैभन्दा बलियो प्रमाण उल्लेख गरे। तिनले यस्तो लेखे: “परमेश्‍वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदानको लागि उहाँलाई धन्यवाद होस्‌।” (२ कोरि. ९:१५) यो पदमा उल्लेख गरिएको वरदानमा यहोवाले येशू ख्रीष्टमार्फत हामीलाई दिनुहुने सबै कुरा समावेश छ। यहोवाले हामीलाई यत्ति धेरै आशिष्‌ दिनुभएको छ, ती आशिष्‌हरूलाई औंलामा गन्‍न र त्यसको मूल्य तोक्न सकिंदैन।

यहोवा र येशू ख्रीष्टले हामीलाई देखाउनुभएको उदारताको कसरी कदर गर्न सक्छौं? एउटा तरिका, साँचो उपासनाको लागि आफ्नो समय, शक्‍ति र स्रोत-साधन दिएर हो। चाहे धेरै होस्‌ वा थोरै, यस्ता कुराहरू खुसीसाथ दिएर यहोवाको प्रशंसा गरौं।—१ इति. २२:१४; २९:३-५; लूका २१:१-४.

विश्‍वव्यापी कार्यका लागि अनुदान दिने तरिकाहरू

प्रेषित पावलको समयमा जस्तै आज थुप्रैले “केही” पैसा ‘छुट्टयाएर राख्छन्‌’ अनि “विश्‍वव्यापी कार्य” लेखिएको मण्डलीको अनुदान बाकसमा खसाल्छन्‌। (१ कोरि. १६:२) हरेक महिना मण्डलीहरूले यो पैसा आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। यो अनुदान तपाईंले आफ्नो देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थामा सीधै पठाउन पनि सक्नुहुन्छ।a तपाईंले सीधै पठाउन सक्ने अनुदान यसप्रकार छन्‌:

सर्त नराखी दिइने अनुदान

  • इलेक्ट्रोनिक बैंक ट्रान्सफर, डेबिट कार्ड वा क्रेडिट कार्डद्वारा अनुदान पठाउन सकिन्छ। कुनै-कुनै शाखामा jw.org वा अरू वेबसाइटमार्फत पनि अनुदान पठाइन्छ।

  • नगद गरगहना तथा अन्य बहुमूल्य निजी सम्पत्ति। यस्तो नगद वा सामग्री पठाउँदा त्यो सर्त नराखी दिइएको अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

सर्त राखी दिइने अनुदानb

  • अनुदान दिने व्यक्‍तिलाई आवश्‍यक परेमा फिर्ता गर्ने गरी दिइने नगद अनुदान।

  • उक्‍त अनुदान सर्त राखी दिइएको अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

परोपकारी योजनाc

नगद, बहुमूल्य निजी सम्पत्ति र अन्य कुरा दिएर पनि परमेश्‍वरको राज्यसम्बन्धी कामलाई टेवा पुऱ्‍याउन सकिन्छ। ती तल सूचीमा दिइएका छन्‌। तीमध्ये जुनसुकै तरिका प्रयोग गरे तापनि पहिला आफ्नो देशको शाखा कार्यालयसित सम्पर्क गरेर उपलब्ध तरिका पत्ता लगाउनुहोस्‌। हरेक देशको कानुनी आवश्‍यकता र करसम्बन्धी नियम फरक हुन्छ। त्यसैले अनुदान दिने सबैभन्दा उपयुक्‍त तरिका छान्‍नुअघि कर तथा कानुनसम्बन्धी जानकार परामर्शदाताहरूको सल्लाह लिनु महत्त्वपूर्ण छ।

बिमा: यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खाता स्थानीय बैंकको नियमअनुसार यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई सर्त नराखी दान दिन सकिन्छ वा मृत्युपछिको हकवालाको रूपमा राख्न सकिन्छ।

घर जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई सर्त नराखी दानको रूपमा दिन सकिन्छ वा दाताले उपभोग गरिरहेको घर-जग्गाचाहिं तिनी बाँचुन्जेल तिनले नै प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ।

वार्षिक भत्ता पाउने गरी दिइने दान:d कुनै व्यक्‍तिले रकम अथवा जायजेथा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई अनुदान दिन सक्छ। त्यसको बदलामा दाताले बाँचुन्जेल हरेक वर्ष निश्‍चित भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने अनुदानको प्रबन्ध गरेको वर्षमा दाताले आयकरमा केही छुट पाउन सक्छ।

इच्छा पत्र तथा कोष: जायजेथा वा पैसालाई कानुनी इच्छा पत्रद्वारा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्न सकिन्छ अथवा उक्‍त संस्थालाई कोषको हकदार बनाउन सकिन्छ। यस प्रबन्धले गर्दा करसम्बन्धी केही छुट पाउन सकिन्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी अनुदानका केही तरिकाद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउन चाहने व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिश भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड पुस्तिका तयार पारिएको छ।e कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्‍न तरिकामा कसरी दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। आफ्नो देशको करसम्बन्धी नियम वा अन्य कानुनी नियमहरूले गर्दा यस पुस्तिकामा भएको जानकारी तपाईंको अवस्थासित हुबहु नमिल्न सक्छ। त्यसैले यो पुस्तिका पढेपछि कानुनी वा कर परामर्शदातासित सल्लाह गर्नुपर्छ। परोपकारी अनुदान दिने यस्ता तरिकाहरू प्रयोग गरेर धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गरेका छन्‌ साथै यसो गर्दा तिनीहरूले करमा धेरै छुट पाएका छन्‌। तपाईंको देशमा यो पुस्तिका उपलब्ध छ भने आफ्नो मण्डलीको सचिवबाट एक प्रति प्राप्त गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि तपाईंले पत्र लेखेर वा टेलिफोनद्वारा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ।

a नेपालको सन्दर्भमा “यहोवाका साक्षीहरू समाज”-को नाममा अनि भारतको सन्दर्भमा चाहिं “Jehovah’s Witnesses of India” को नाममा भुक्‍तान हुने गरी पठाउनुपर्छ।

b नेपालमा लागू हुँदैन

c अन्तिम निर्णय गर्नुअघि कृपया स्थानीय शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌।

d नेपालमा लागू हुँदैन

e नेपालमा उपलब्ध छैन। भारतमा भने अङ्‌ग्रेजी कन्‍नडा तामिल तेलगु मल्यालम र हिन्दी भाषामा ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुहोस्‌’ उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने