प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ४ pp. १४-१५
  • पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रमोदवनको चाह
  • प्रमोदवनको खोजी
  • प्रमोदवनप्रतिको चासो हराउँदै गयो
  • पूरै पृथ्वी प्रमोदवन हुनेछ
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • प्रमोदवन
    ब्यूँझनुहोस्‌!—२०१३
  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ४ pp. १४-१५
प्रासलिन, सेशेल्स

सन्‌ १८८१ मा प्रासलिन, सेशेल्समा जेनेरल गोर्डनले अदनको बगैंचा भेट्टाएको दाबी गरेका थिए

पूरै पृथ्वीमा प्रमोदवन​—के यो सम्भव छ?

घरबाट कतै टाढा, समुद्री किनारमा वा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुनै ठाउँमा घुम्न जान चाहनुहन्छ कि? त्यस्तो ठाउँमा गएर हामी केही समयको लागि त आफ्नो चिन्ता फिक्री बिर्सन्छौं होला। तर घर फर्किसकेपछि भने हाम्रो जीवन पहिला जस्तो थियो त्यस्तै हुन सक्छ।

कुरा जे सुकै होस्‌, बगैंचाजस्तै सुन्दर ठाउँमा अर्थात्‌ प्रमोदवन जस्तो ठाउँमा जान भनेपछि हामी हुरुक्कै हुन्छौं। तर यस्तो प्रश्‍न आउन सक्छ: ‘के पूरै पृथ्वी प्रमोदवनमा परिणत हुन सम्भव छ? किन धेरैलाई त्यहाँ जान मन लाग्छ?’

प्रमोदवनको चाह

शताब्दिऔंदेखि प्रमोदवन मानिसहरूमाझ चर्चाको विषय बन्दै आएको छ। थुप्रैले बाइबलमा उल्लेख गरिएको ‘पूर्वतिर भएको अदनको बगैंचा’-बारे पढेका छन्‌ त्यसैले तिनीहरू त्यो ठाउँबारे बुझ्न चाहन्छन्‌। त्यो बगैंचा एकदमै सुन्दर हुनुको कारण के थियो? बाइबल यसो भन्छ: “हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो।” त्यसैले त्यो ठाउँ एकदमै मनमोहक थियो। त्यहाँ भएको सबैभन्दा उल्लेखनीय कुरा ‘बगैंचाको बीचमा भएको जीवनको रूख’ थियो।—उत्पत्ति २:८, ९.

उत्पत्तिको विवरणमा त्यस बगैंचाबाट निस्किएका चार वटा नदीबारे पनि चर्चा गरिएको छ। ती मध्ये दुई वटा नदी अहिलेसम्म पनि छ—टाइग्रिस (वा हिद्देकेल) र युफ्रेटिस। (उत्पत्ति २:१०-१४) यी दुई नदी पुरातन फारसी साम्राज्यको एउटा भाग, जसलाई अहिले इराक भनिन्छ त्यहाँबाट फारसको खाडीमा गएर मिसिन्छ।

हुन पनि फारसी संस्कृतिमा प्रमोदवनको विषय लोकप्रिय छ। अमेरिकाको पेन्सिलभेनियामा भएको फिलाडेल्फिया कला सङ्‌ग्राहलयमा एउटा फारसी गलैंचा छ। सोह्रौं शताब्दीमा बनेको यो गलैंचामा रूख तथा फूलहरूले भरिएको बगैंचाको डिजाइन छ। बगैंचाको चारैतिर पर्खालले घेरिएको छ। फारसी भाषामा “चारैतिर पर्खालले घेरिएको बगैंचा” भन्‍ने वाक्यांशले “प्रमोदवन” भन्‍ने अर्थ दिन्छ। त्यस गलैंचामा बाइबलमा उल्लेख गरिएको सुन्दर र आरामदायी अदनको बगैंचाको चित्र उतारिएको छ।

वास्तवमा, विश्‍वको थुप्रै भाषा र संस्कृतिमा प्रमोदवनबारे विभिन्‍न कथाहरू भनिएको पाइन्छ। मानिसहरू संसारको विभिन्‍न भागमा बसाइँ सर्दै जाँदा ती कथाहरू अरू मानिसहरूलाई पनि सुनाउँदै गए। शताब्दिऔंको दौडान ती कथा वास्तविक घटनाभन्दा फरक हुँदै गए। अनि स्थानीय मानिसहरूको आस्था र दन्त्य कथाहरूमा मिसिन थाले। जेहोस्‌ आज पनि संसारका थुप्रै मानिस प्राकृतिक सुन्दरताले भरिएको ठाउँलाई प्रमोदवन भन्छन्‌।

प्रमोदवनको खोजी

केही अन्वेषकहरूले पहिला गुमेको प्रमोदवनलाई फेरि भेट्टाएको कुरा दाबी गरेका छन्‌। उदाहरणको लागि, बेलायती सेनाका जेनेरल, चार्ल्स गोर्डनले सन्‌ १८८१ मा सेशेल्स भ्रमण गर्दा भ्याली डे माईको सुन्दरताबाट उनी असाध्यै प्रभावित भएका थिए। उनले त्यस ठाउँलाई अदनको बगैंचा भने। यो ठाउँ अहिले विश्‍व सम्पदा क्षेत्रको सूचीमा छ। पन्ध्रौं शताब्दीमा इटालियन अन्वेषक क्रिस्टोफर कोलम्बस हिस्पानियोला टापुमा पुग्दा आफू अदनको बगैंचा नजिकै पुगेको भन्ठाने। यो टापु अहिले डोमिनिकन गणतन्त्र र हाइटीमा विभाजित भएको छ।

आधुनिक इतिहासको एउटा किताबमाa १९० वटा भन्दा धेरै पुरातन नक्साहरू दिइएको छ। ती विस्तृत नक्सामा आदम र हव्वा अदनको बगैंचामा भएको दृश्‍य पनि देखाइएको छ। ती नक्सामा तेह्रौं शताब्दीको लिबानाको बेटुसले कोरेको नक्साको नकल पनि समावेश छ, जुन अलि फरक किसिमको छ। यो नक्साको माथितिर सानो चतुर्भुजमा प्रमोदवनको चित्र छ। त्यो चतुर्भुजको चार कुनाबाट चार वटा नदी बग्छ: “टाइग्रिस”, “युफ्रेटिस”, “सिन्धु” र “यर्दन”। यसले पृथ्वीको चारै कुनामा ख्रीष्टियन धर्म फैलिएको कुरालाई बुझाएको हुन सक्छ। साँच्चैको प्रमोदवन कहाँ थियो भनेर थाह नभए तापनि त्यसको याद भने अझै मेटिएको छैन भनेर त्यस्ता किताबहरूले देखाउँछ।

सत्रौं शताब्दीका अङ्‌ग्रेजी कवि जोन मिल्टनले प्रमोदवन गुम्यो नामक एउटा महाकाव्य लेखे। आदमले गरेको पाप र तिनलाई अदनबाट निकालिएको उत्पत्तिको विवरणमा उक्‍त महाकाव्य आधारित छ। त्यसमा मानिसहरूले फेरि अनन्त जीवन पाउने कुराबारे चर्चा गरिएको छ। उनले यस्तो लेखे: “त्यसपछि पूरै पृथ्वी प्रमोदवन हुनेछ।” समयको अन्तरालमा मिल्टनले अर्को महाकाव्य पनि लेखे जसको शीर्षक हो, प्रमोदवन पुन:प्राप्त भयो।

प्रमोदवनप्रतिको चासो हराउँदै गयो

इतिहास केलाउने हो भने थुप्रै मानिसलाई प्रमोदवनको विषयमा चासो थियो भनेर स्पष्ट देखिन्छ। तर अहिले किन प्रमोदवनप्रति मानिसहरूको चासो सेलाउँदै गइरहेको छ? यस सन्दर्भमा माथि उल्लेख गरिएको किताबले यसो भन्छ: “धर्मविद्‌हरूले . . . प्रमोदवन कहाँ थियो भन्‍ने विषयलाई जानाजानी बेवास्ता गरेका छन्‌।”

चर्च जगत्‌का थुप्रै मानिसलाई उनीहरूको अन्तिम गन्तव्य प्रमोदवनरूपी पृथ्वी नभई स्वर्गीय जीवन हो भनी सिकाइन्छ। तर बाइबलको भजनसंग्रह ३७:२९ मा यस्तो लेखिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” अहिले हामी बाँचिरहेको संसार प्रमोदवन जस्तो छैन, तर यो प्रतिज्ञा पूरा हुन्छ भनेर हामी कसरी पक्का हुन सक्छौं?b

पूरै पृथ्वी प्रमोदवन हुनेछ

प्रमोदवन सृष्टि गर्नुभएको यहोवा परमेश्‍वरले गुमेको प्रमोदवन फेरि स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ। हामी कसरी यसो भन्‍न सक्छौं? येशूले यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ती ६:१०) त्यस राज्यले सबै मानव सरकारलाई हटाउनेछ। अनि येशूले राजाको रूपमा सारा पृथ्वीभरि शासन गर्नुहुनेछ। (दानियल २:४४) त्यसबेला पूरै पृथ्वीमा प्रमोदवन स्थापना गर्ने परमेश्‍वरको प्रतिज्ञा “पूरा” हुनेछ।

सारा पृथ्वी प्रमोदवनमा परिणत हुँदा अवस्था कस्तो हुनेछ भन्‍नेबारे लेख्न भविष्यवक्‍ता यशैयालाई प्रेरणा दिइएको थियो। त्यसबेला मानवजातिले भोगिरहेको सबै दुःखकष्ट नामेट पारिनेछन्‌। (यशैया ११:६-९; ३५:५-७; ६५:२१-२३) हामी तपाईंलाई थोरै भए पनि आफ्नो समय निकालेर बाइबलका ती पदहरू पढ्‌न आग्रह गर्छौं। त्यसो गर्दा परमेश्‍वरले आज्ञाकारी मानिसहरूलाई आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा तपाईं विश्‍वस्त हुन सक्नुहुनेछ। आज्ञाकारी मानिसहरू प्रमोदवनमा सधैंभरि बाँच्नेछन्‌ साथै उनीहरूले परमेश्‍वरको अनुमोदन पनि पाउनेछन्‌। साँच्चै, आदमले गुमाएको सबै कुरा उनीहरूले प्राप्त गर्नेछन्‌।—प्रकाश २१:३.

सारा पृथ्वी प्रमोदवनमा परिणत हुने कुरा सपना नभई वास्तविकता हो भनेर हामी किन भन्‍न सक्छौं? किनभने बाइबल भन्छ: “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ।” सारा पृथ्वीलाई प्रमोदवन बनाउने प्रतिज्ञा “कहिल्यै झूट नबोल्नुहुने” परमेश्‍वर स्वयम्‌ले गर्नुभएको हो। (भजन ११५:१६; तीतस १:२) बाइबलले हामीलाई कति सुन्दर आशा दिएको छ—सधैंभरि प्रमोदवनमा बाँच्ने आशा!

a Mapping Paradise

b कुरानमा लेखिएको कुरा पनि रोचक छ, नेपाली कुरानको अल-अनबिया सुरा २१, पद १०६ मा यस्तो लेखिएको छ: “मेरा धर्मनिष्ठ भृत्यहरू [भक्‍तहरू] नै त्यस पृथ्वीका उत्तराधिकारी बन्‍नेछन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने