प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ५ पृ. ६
  • के दुष्ट स्वर्गदूतहरू पनि छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के दुष्ट स्वर्गदूतहरू पनि छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • स्वर्गमा भएको विद्रोह
    मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ५ पृ. ६
दुष्ट स्वर्गदूतहरू

आवरण लेख | स्वर्गदूतहरू—तिनीहरू साँच्चै छन्‌? हामीलाई कस्तो प्रभाव पार्छन्‌?

के दुष्ट स्वर्गदूतहरू पनि छन्‌?

हो, छन्‌। तिनीहरू कसरी दुष्ट भए? परमेश्‍वरले स्वर्गदूतहरूलाई छनौट गर्ने स्वतन्त्रतासहित सृष्टि गर्नुभएको थियो। पहिलो मानिस आदम र हव्वा सृष्टि भएको केही समय नबित्दै एक जना त्रुटिरहित स्वर्गदूतले आफ्नो छनौट गर्ने स्वतन्त्रताको दुरुपयोग गऱ्‍यो र पृथ्वीमा विद्रोह सुरु भयो। त्यसले आदम र हव्वालाई परमेश्‍वरको विरुद्धमा खडा हुन लगायो। (उत्पत्ति ३:१-७; प्रकाश १२:९) विद्रोह गर्नुअघि त्यस स्वर्गदूतको नाम र ओहदा के थियो भनेर बाइबलमा तोकेरै बताइएको छैन। तर विद्रोह गरेपछि बाइबलमा त्यस स्वर्गदूतलाई सैतान र दियाबल भनिएको छ। यो नाम त्यसलाई एकदमै सुहाउँछ किनभने सैतानको अर्थ “विरोधी” हो र दियाबलको अर्थ चाहिं “निन्दक” हो।—मत्ती ४:८-११.

दुःखको कुरा, अरू स्वर्गदूतहरूले पनि परमेश्‍वरको विद्रोह गरे। नूहको समयमा केही स्वर्गदूतहरूले स्वर्गको ‘आफ्नो उचित बासस्थान त्यागे।’ ती स्वर्गदूतहरू आफ्नो भ्रष्ट र अप्राकृतिक यौन इच्छा पूरा गर्न मानिसको रूप धारण गरेर पृथ्वीमा आए। यसरी आफूलाई जुन उद्देश्‍यले सृष्टि गरिएको थियो त्यसबाट तिनीहरू तर्किए।—यहूदा ६; उत्पत्ति ६:१-४; १ पत्रुस ३:१९, २०.

ती दुष्ट स्वर्गदूतहरूलाई पछि के भयो? जब परमेश्‍वरले दुष्ट मानिसहरूलाई नामेट पार्न विश्‍वव्यापी जलप्रलय ल्याउनुभयो तब मानिसको रूप त्यागेर ती स्वर्गदूतहरू स्वर्गमा फर्किए। तर परमेश्‍वरले तिनीहरूलाई पहिलेकै अवस्थामा फर्कन भने दिनुभएन। बरु, तिनीहरूलाई “घोर [आध्यात्मिक] अन्धकारको खाडलमा” अर्थात्‌ टार्टरसमा हाल्नुभयो। (यहूदा ६; २ पत्रुस २:४) ती स्वर्गदूतहरूले “दुष्ट स्वर्गदूतहरूको शासक” सैतान जसले “आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ”, उसको पक्ष लिने छनौट गरे।—मत्ती १२:२४; २ कोरिन्थी ११:१४.

स्वर्गमा परमेश्‍वरको मसीह राज्य सन्‌ १९१४ मा स्थापित भयो भनेर बाइबलले सिकाउँछ।a त्यो महत्त्वपूर्ण घटनाको लगत्तै सैतान र दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट तल पृथ्वीमा फालियो। तिनीहरू पृथ्वीमा मात्रै सीमित भएका छन्‌। यसकारण तिनीहरू असाध्यै क्रोधित छन्‌। अहिले संसारमा व्याप्त दुष्टता र घोर यौन-अनैतिकता तिनीहरूको भ्रष्ट प्रभावको चिन्ह हो।—प्रकाश १२:९-१२.

तर संसारमा व्याप्त भ्रष्टता र हिंसाले सैतान र दुष्ट स्वर्गदूतहरूको अन्त नजिकै छ भनेर देखाउँछ। ती दुष्ट आत्मिक प्राणीहरूले मानिसहरूलाई कुनै प्रभाव पार्न नसक्ने समय छिट्टै आउनेछ। परमेश्‍वरको राज्यले यस पृथ्वीमा हजार वर्ष शासन गरेपछि भने ती दुष्ट स्वर्गदूतहरूलाई मानिसजातिको अन्तिम जाँच गर्न केही समय मुक्‍त गरिनेछ। त्यसपछि तिनीहरूलाई सदाको लागि नाश गरिनेछ।—मत्ती २५:४१; प्रकाश २०:१-३, ७-१०.

a परमेश्‍वरको राज्यबारे थप जानकारी पाउन चाहनुहुन्छ भने यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने