प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ९/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरूबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ९/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

के स्वर्गदूतहरूले हामीलाई मदत गर्न सक्छन्‌?

सिंहको खोरमा एक जना स्वर्गदूत दानियलको रक्षा गर्छन्‌

विगतमा स्वर्गदूतहरूले परमेश्‍वरका वफादार सेवक दानियललाई मदत गरेका थिए। त्यसैगरि आज पनि तिनीहरू मानिसहरूलाई बाइबलको सुसमाचारबाट लाभ उठाउन मदत गर्छन्‌

मानिसहरू बनाउनु भन्दा धेरै समय अघि यहोवा परमेश्‍वरले करोडौं स्वर्गदूत सृष्टि गर्नु भएको थियो। (अय्यूब ३८:४, ७) स्वर्गदूतहरू परमेश्‍वरको सेवा गर्ने शक्‍तिशाली अदृश्‍य प्राणीहरू हुन्‌। पृथ्वीमा भएका आफ्ना सेवकहरूलाई डोऱ्‍याउन र रक्षा गर्न यहोवा परमेश्‍वर कहिलेकाहीं स्वर्गदूतहरूलाई चलाउनु हुन्छ। (भजन ९१:१०, ११) आज ख्रीष्टियनहरूले प्रचार गरिरहेको सुसमाचारबाट लाभ उठाउन सकून्‌ भनेर स्वर्गदूतहरू मानिसहरूलाई मदत गर्दैछन्‌।—प्रकाश १४:६, ७ पढ्‌नुहोस्‌।

के हामीले मदतको लागि स्वर्गदूतहरूलाई प्रार्थना गर्न मिल्छ? अहँ, मिल्दैन। प्रार्थना गर्नु भनेको उपासनाको एउटा भाग हो। हामीले परमेश्‍वरको मात्रै उपासना गर्नुपर्छ। (प्रकाश १९:१०) स्वर्गदूतहरू परमेश्‍वरका सेवकहरू भएकाले तिनीहरू मानिसको होइन, परमेश्‍वरको निर्देशनहरू पालन गर्छन्‌। त्यसैले हामीले येशू मार्फत परमेश्‍वरलाई मात्र प्रार्थना गर्नुपर्छ।—भजन १०३:२०, २१; मत्ती २६:५३ पढ्‌नुहोस्‌।

दुष्ट स्वर्गदूतहरू पनि छन्‌?

मानिसहरूलाई जस्तै स्वर्गदूतहरूलाई पनि छनौट गर्ने स्वतन्त्रता दिइएको छ। मतलब, तिनीहरू सही र गलत छुट्ट्याएर आफै निर्णय गर्न सक्छन्‌। तर दुःखको कुरा थुप्रै स्वर्गदूतहरूले परमेश्‍वरविरुद्ध विद्रोह गरे। (२ पत्रुस २:४) यस्तो विद्रोह गर्ने सबैभन्दा पहिलो स्वर्गदूत सैतान थियो। पछि अरू स्वर्गदूतहरूले पनि सैतानलाई साथ दिए र दुष्ट स्वर्गदूतहरू बने। केही समयअघि सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट निकालियो अनि पृथ्वीमा फालियो।—प्रकाश १२:७-९ पढ्‌नुहोस्‌।

सन्‌ १९१४ यता दुष्टता र हिंसा दिन दुई गुणा रात चौगुणा बढ्‌दै छ। यसले के देखाउँछ भने परमेश्‍वरले चाँडै नै सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई नाश गर्नु हुनेछ। त्यसपछि उहाँले पृथ्वी सृजनुहुँदा सुरुमा राख्नुभएको उद्देश्‍य अनुरूपै पृथ्वीलाई एउटा सुन्दर बगैंचा बनाउनुहुनेछ।—प्रकाश १२:१२; २१:३, ४ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १० हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने