प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जनवरी पृ. ३२
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • आगोको दुई रूप
    ब्यूँझनुहोस्‌!—२००२
  • विश्‍वासको जाँच
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जनवरी पृ. ३२
इसहाक दाउरा बोक्दै र अब्राहाम आगोको भुङ्‌ग्रो भएको भाँडो बोक्दै

के तपाईंलाई थाह थियो?

प्राचीन समयमा आगो कसरी एक ठाउँबाट अर्को ठाउँमा लगिन्थ्यो?

उत्पत्ति २२:६ को विवरणअनुसार टाढा गएर बलि चढाउन अब्राहामले “होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए।”

प्राचीन समयमा आगो कसरी बालिन्थ्यो भनेर धर्मशास्त्रमा कतै पनि बताइएको पाइँदैन। अब्राहामको यस विवरणबारे एक जना टिप्पणीकारको भनाइअनुसार अब्राहाम र इसहाकले लामो यात्रा गरेको हुँदा बलेको आगोलाई निभ्नै नदिई “एक ठाउँबाट अर्को ठाउँमा पुऱ्‍याउन असम्भव देखिन्छ।” त्यसैले त्यस विवरणमा उल्लेख गरिएको “आगो” शब्दले आगो बाल्नको लागि चाहिने सामाग्रीलाई बुझाएको हुन सक्छ।

तर अरूको भनाइअनुसार प्राचीन समयमा आगो सल्काउने काम सजिलो थिएन। त्यसैले आफैले आगो सल्काउनुभन्दा सम्भव भएसम्म मानिसहरूले छिमेकीहरूबाट आगोको भुङ्‌ग्रो ल्याएर बाल्ने गर्थे। थुप्रै शास्त्रविद्‌को विचारमा अब्राहामले अघिल्लो रात बाँकी रहेको कोइला वा गोलको भुङ्‌ग्रोलाई एउटा भाँडोमा (सायद सिक्री गाँसिएको भाँडो) राखेको हुनुपर्छ। (यशै. ३०:१४) यसरी लगिएको आगोको भुङ्‌ग्रोलाई सजिलै बल्ने एक किसिमको काठको टुक्रा प्रयोग गरेर आगो सल्काउन सकिन्थ्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने