प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ११ p. ३२-p. ३३ par. २
  • विश्‍वासको जाँच

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वासको जाँच
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वरले किन अब्राहामलाई तिनको छोरा इसहाकको बलि चढाउन अह्राउनुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • अब्राहाम—प्रेमको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ११ p. ३२-p. ३३ par. २
अब्राहाम र इसहाक मोरियाहतर्फ हिँड्‌दै छन्‌

पाठ ११

विश्‍वासको जाँच

अब्राहामले छोरा इसहाकलाई यहोवालाई प्रेम गर्न र उहाँका सबै प्रतिज्ञाहरूमा विश्‍वास गर्न सिकाए। तर इसहाक करिब २५ वर्षको हुँदा यहोवाले अब्राहामलाई असाध्यै गाह्रो काम अह्राउनुभयो। त्यो काम के थियो?

परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: ‘तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा इसहाकलाई लिएर मोरियाह डाँडामा जाऊ र उनलाई बलिको रूपमा चढाऊ।’ यहोवा परमेश्‍वरले किन त्यस्तो काम अह्राउनुभयो भनेर अब्राहामलाई थाह थिएन। तैपनि तिनी त्यसो गर्न तयार भए।

भोलिपल्ट बिहान सबेरै इसहाक र दुई जना दासलाई लिएर अब्राहाम मोरियाह डाँडातर्फ लागे। तीन दिनको यात्रापछि तिनीहरूले टाढाबाट त्यो डाँडा देखे। त्यसपछि अब्राहामले दासहरूलाई तिनी र इसहाक बलि चढाएर नफर्कुन्जेल पर्खेर बस्न भने। अब्राहामले दाउरा इसहाकलाई बोकाए र आफूले चाहिँ छुरी बोके। इसहाकले बुबालाई यसो भने: ‘बुबा, बलि चढाउनको लागि भेडा खोइ त?’ अब्राहामले यस्तो जवाफ दिए: ‘यहोवा परमेश्‍वरले नै जुटाइदिनुहुनेछ।’

डाँडामा पुगेपछि तिनीहरूले एउटा वेदी बनाए। अब्राहामले इसहाकको हातगोडा बाँधेर उनलाई वेदीको दाउरामाथि राखे।

वेदीमाथि हातगोडा बाँधिएको इसहाक र छुरी बोकेका अब्राहाम

अनि अब्राहामले छोरालाई बलि चढाउन छुरी उठाए। त्यति नै बेला यहोवा परमेश्‍वरको दूतले स्वर्गबाट भने: ‘ए अब्राहाम! त्यो केटोलाई केही हानि नगर। तिमी परमेश्‍वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।’ त्यसपछि अब्राहामले नजिकैको झाडीमा सिङ अल्झेर बसेको एउटा भेडा देखे। तिनले हतारिँदै इसहाकको डोरी फुकाए र छोराको सट्टा त्यस भेडालाई बलि चढाए।

त्यस दिनदेखि अब्राहाम यहोवाको मित्र भनेर चिनिए। किन, तिमीलाई थाह छ? अब्राहामलाई यहोवा परमेश्‍वरले इसहाकलाई बलि चढाउन भन्‍नुको कारण थाह नभए तापनि तिनले उहाँको आज्ञा माने।

अब्राहाम इसहाकको हात फुकाउँदै छन्‌

यहोवा परमेश्‍वरले अब्राहामलाई आफ्नो यो प्रतिज्ञा दोहोऱ्‍याउनुभयो: ‘म तिमीलाई आशिष्‌ दिनेछु र तिम्रा सन्तानलाई बढाउनेछु।’ यसको मतलब, यहोवा परमेश्‍वरले सबै असल मानिसलाई अब्राहामको सन्तानमार्फत आशिष्‌ दिनुहुने थियो।

“परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”—युहन्‍ना ३:१६

प्रश्‍नहरू: अब्राहामले यहोवामा विश्‍वास राखेको कसरी देखाए? उहाँले अब्राहामसित कस्तो प्रतिज्ञा गर्नुभयो?

उत्पत्ति २२:१-१८; हिब्रू ११:१७-१९; याकुब २:२१-२३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने