प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या १ पृ. ३
  • के बाइबलको सल्लाह आज पनि उत्तिकै उपयोगी छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के बाइबलको सल्लाह आज पनि उत्तिकै उपयोगी छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • मिल्दोजुल्दो सामग्री
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • वर्तमान समयका लागि व्यवहारिक किताब
    सबैका लागि उपयोगी किताब
  • एउटा उपयोगी अनुवाद सहायक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • कम्प्युटर प्रविधिप्रति सन्तुलित दृष्टिकोण कायम राख्नु
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या १ पृ. ३
अन्तरिक्ष यात्री, जेट हवाईजहाज, वैज्ञानिक, परिवार र बाइबल पढ्‌दै गरेका मानिस

के बाइबलको सल्लाह आज पनि उत्तिकै उपयोगी छ?

कोही-कोहीले छैन भन्छन्‌। एक जना डाक्टरले बाइबलको सल्लाह प्रयोग गर्नुलाई रसायनशास्त्रको कक्षामा सिकाउन सन्‌ १९२० को दशकतिरको पाठ्यपुस्तक प्रयोग गर्नुसित तुलना गरे। बाइबलको आलोचकले यस्तो प्रश्‍न उठाउन सक्छन्‌: ‘के पुरानो र कामै नलाग्ने कम्प्युटरको निर्देशिका प्रयोग गरेर आधुनिक र नयाँ कम्प्युटर चलाउन सकिन्छ र?’ अर्को शब्दमा भन्‍नुपर्दा कसै-कसैले बाइबललाई असाध्यै पुरानो र कामै नलाग्ने किताबको रूपमा हेर्छन्‌।

आधुनिक र प्राविधिक क्षेत्रमा सबल आजको संसारमा कसैले किन बाइबल जस्तो पुरानो निर्देशिका प्रयोग गर्छ र? हुन पनि अनगिन्ती वेबसाइट र ब्लगहरूमा नियमित रूपमा नयाँ-नयाँ सल्लाह-सुझावहरूको ओइरो नै लागेको हुन्छ। मनोवैज्ञानिक, जीवनशैलीबारे सल्लाह दिने विज्ञ र लेखकजस्ता बुद्धिजीवीहरूलाई निम्त्याएर सल्लाह-सुझाव दिने विभिन्‍न टिभी कार्यक्रमको पनि कुनै कमी छैन। साथै व्यक्‍तित्व विकाससम्बन्धी थुप्रै किताब बेचेर पुस्तक भण्डारहरूले अरबौं डलर लगानी भएका ठूलठूला उद्योगहरूलाई टेवा पुऱ्‍याइरहेका छन्‌।

यस्ता स-साना कुराहरूको पनि जानकारी उपलब्ध हुँदाहुँदै किन बाइबल खोल्नु पऱ्‍यो, जुन लेखिसिद्धिएको लगभग २,००० वर्ष भइसक्यो? के आवश्‍यक सल्लाहको लागि त्यस्तो पुरानो किताब प्रयोग गर्नु भनेको पुरानो रसायनशास्त्रको किताब वा पुरानो कम्प्युटर निर्देशिका प्रयोग गर्नुजस्तै हो भनेर आलोचकहरूले गरेको दाबी सही हुनेछैन र? वास्तवमा यो तर्क नै गलत छ। विज्ञान र प्रविधि द्रुत गतिमा परिवर्तन भएको छ तर के मानिसको आधारभूत आवश्‍यकता परिवर्तन भएको छ त? मानिसहरू अझै पनि आफ्नो जीवनको अर्थ बुझ्न चाहन्छन्‌। तिनीहरू सुख र सुरक्षा चाहनुका साथै घनिष्ठ पारिवारिक सम्बन्ध र असल मित्रताको आनन्द पनि उठाउन चाहन्छन्‌।

बाइबल पुरानो किताब भए तापनि यसमा यस्ता र अन्य आवश्‍यकताहरूबारे बताइएको छ। यो सृष्टिकर्ताको प्रेरणाद्वारा लेखिएको हो। यसले हामीलाई जीवनको हरेक क्षेत्रमा डोऱ्‍याउँछ अनि हामीलाई गाह्रो बनाउने हरेक चुनौतीसित जुझ्न मदत गर्छ। (२ तिमोथी ३:१६, १७) यसबाहेक यसमा भएका सल्लाहहरू जहिले पनि उपयोगी हुन्छन्‌। ती कहिल्यै पुराना र काम नलाग्ने हुँदैनन्‌। बाइबल आफैले यस्तो भन्छ: ‘परमेश्‍वरको वचन जीवित छ।’—हिब्रू ४:१२.

के बाइबलबारे यी कुरा सत्य हुन्‌? के बाइबल पुरानो र कामै नलाग्ने किताब भइसक्यो? अथवा के यो सबैभन्दा उपयोगी र व्यावहारिक किताब हो, जसलाई जीवित भन्‍न मिल्छ? विशेष अङ्‌कको पहिलो प्रहरीधरहरा पत्रिकाको यस संस्करणले तपाईंलाई यी प्रश्‍नहरूको जवाफ पाउन मदत गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने