प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या ३ पृ. ३
  • “ईश्‍वर कहाँ हुनुहुन्थ्यो?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ईश्‍वर कहाँ हुनुहुन्थ्यो?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • मिल्दोजुल्दो सामग्री
  • मैले यहोवाको सेवामा थुप्रै इनाम पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • तपाईंको सत्यनिष्ठाले यहोवाको हृदय आनन्दित बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • अय्यूब—धीरज र निष्ठाको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या ३ पृ. ३
हातमा मैनबत्ती लिएका शोकाकुल मानिसहरू

“ईश्‍वर कहाँ हुनुहुन्थ्यो?”

“म अक्सर यो प्रश्‍न सोधिरहन्छु: ईश्‍वर कहाँ हुनुहुन्थ्यो?”—पोप बेनेडिक्ट सोह्रौँ, पोल्याण्डको अस्वीचस्थित पहिलेको यातना शिविरमा भ्रमण गर्दा।

दुःखद घटना घट्‌दा के तपाईँको मनमा यस्तो प्रश्‍न आउँछ, ‘ईश्‍वर कहाँ हुनुहुन्थ्यो?’ अथवा तपाईँको जीवनमा एकपछि अर्को पीडादायी घटना घट्‌दा ईश्‍वरले मेरो ख्यालै राख्नुहुन्‍न जस्तो लागेको थियो कि?

तपाईँले पनि अमेरिकामा बस्ने शीलाले जस्तै महसुस गर्नुभएको छ होला। धर्ममा आस्था राख्ने परिवारमा हुर्किएकी शीला यसो भन्छिन्‌: “सानैदेखि ईश्‍वरमा विश्‍वास गर्थेँ किनभने उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। तर उहाँसित घनिष्ठ भएको कहिल्यै महसुस गरिनँ। उहाँले मलाई टाढाबाट मात्र हेरिरहनुभएको छ जस्तो लाग्थ्यो। ईश्‍वरले मलाई घृणा गर्नुहुन्छ जस्तो त लाग्दैनथ्यो तर उहाँले मलाई माया गर्नुहुन्छ जस्तो पनि लाग्दैनथ्यो।” शीलालाई किन त्यस्तो लाग्यो? तिनी भन्छिन्‌: “मेरो परिवारले दुःखमाथि दुःख भोग्नुपऱ्‍यो तैपनि ईश्‍वरले रतीभर मदत गर्नुभएन।”

सर्वशक्‍तिमान्‌ ईश्‍वर हुनुहुन्छ भनेर तपाईँ पनि शीलाजस्तै पक्का हुनुहुन्छ होला। तर उहाँले तपाईँको साँच्चै ख्याल राख्नुहुन्छ कि राख्नुहुन्‍न भन्‍ने कुरामा चाहिँ शङ्‌का गर्नुहुन्छ होला। सृष्टिकर्तासित शक्‍ति र बुद्धि छ भनेर विश्‍वास गर्ने अय्युबलाई पनि त्यस्तै शङ्‌का लागेको थियो। (अय्युब २:३; ९:४) अय्यूबको जीवनमा एकपछि अर्को पीडादायी घटना घट्यो। त्यसबाट उम्कने कुनै बाटो नदेखेर तिनले ईश्‍वरलाई यस्तो प्रश्‍न सोधे: “तपाईँ किन आफ्नो अनुहार अन्तै फर्काउनुहुन्छ र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?”—अय्युब १३:२४.

बाइबल के भन्छ? के ईश्‍वरले गर्दा हामीले दुःखकष्ट भोग्नुपरेको हो? ईश्‍वर मानिसको ख्याल राख्नुहुन्छ र हरेकलाई चासो देखाउनुहुन्छ भनेर के प्रमाण छ? परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ, हामीलाई राम्ररी चिन्‍नुहुन्छ, समानुभूति देखाउनुहुन्छ र समस्या आउँदा मदत गर्नुहुन्छ भनेर के हामी आफैले महसुस गर्न सक्छौँ?

परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ भनेर सृष्टिले कसरी देखाउँछ, त्यसबारे यसपछिका लेखहरूमा छलफल गर्नेछौँ। (रोमी १:२०) अनि बाइबलले यसबारे के भन्छ, विचार गर्नेछौँ। ईश्‍वरको सृष्टि र उहाँको वचनबाट हामी ‘उहाँलाई चिन्दै’ गएपछि उहाँ हाम्रो “ख्याल राख्नुहुन्छ” भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।—१ युहन्‍ना २:३; १ पत्रुस ५:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने