घोषणाहरु
◼ साहित्य भेटहरु: मार्च: दुइवटा पुरानो १९२-पृष्ठहरु भएका पुस्तकहरुको रू० १२ मा विशेष भेट। जातीय: रू० ६ मा एउटा पुरानो १९२-पृष्ठ भएको पुस्तक। अप्रेल: यङ् पीपल् आस्क् पुस्तक रू० २० मा। (उपलब्ध नभएका भाषा भएको खण्डमा, पुरानो विशेष भेटका पुस्तकहरु टक्राउनुहोस्, रू० १२ मा दुईवटा वा रू० ६ मा एउटा।) मई अनि जून: द वॅचटावर को लागि एक-वर्षको ग्राहकभुक्तानी रू० ५० हो। ६-महिने ग्राहकताको लागि र मासिक पत्रिकाहरुको लागि एक-वर्षको ग्राहकभुक्तानी रू० २५ हुन्। (मासिक संस्करणहरुका लागि ६-महिने ग्राहकता छैनन्।) ग्राहकता प्राप्त नभएको खण्डमा, रू० ८ मा दुइवटा पत्रिकाहरु र एउटा ब्रोशर टक्राउनु सकिन्छ। जुलाई: द बाइबल्—गड्स् वर्ड् अर् म्यान्स्? रू० १२ मा। (जातीय भाषामा भेट: एउटा पुरानो १९२-पृष्ठ भएको पुस्तक रू० ६ मा।)
◼ सेक्रिटेरी अनि सर्भिस ओभरसियरले सबै नियमित अग्रगामीहरुको गतिविधिलाई पुनःरावलोकन गर्नुपर्छ। यदि कसैकसैलाई आवश्यक घंटाहरु पुऱ्याउँन समस्या हुँदैछ भने, सहायता दिनका लागि प्राचीनहरुले प्रबन्ध गर्नुपर्छ। सुझावहरुका लागि, अक्टोबर १, १९९१ अनि अक्टोबर १, १९९० को सोसाइटीका पत्रहरु (S-201) को पुनःरावलोकन गर्नुहोस्। साथै, अक्टोबर १९८६ को हाम्रो राज्य सेवकाइ को निवेशनको अनुच्छेदहरु १२-२० हेर्नुहोस्।
◼ स्मरणार्थको उत्सव शुक्रवार, अप्रेल १७, १९९२ मनाइने छ। भाषण अलिकता छिट्टै सुरु भएता पनि, स्मरण रहोस् स्मरणार्थको रोटी अनि दाखरस सूर्यास्त पश्चात मात्र सार्न थालिनेछन्। तपाईंको इलाकामा सूर्यास्त कहिले हुनेछ सो पत्ता लगाउन स्थानीय स्रोतवाट जानकारी लिनुहोस्। त्यो मितिमा क्षेत्र सेवाको सभावाहेक अरु कुनै पनि सभा सञ्चालन गरिने छैनन्। नियमित रुपले शुक्रबारको दिनमा सभा हुने मण्डलीहरुले सभ्भव भएमा त्यो सभालाई अर्को दिनमा सार्ने प्रबन्ध मिलाउनु पर्छ। रविवारको लागि सभाको तालिकाहरुमा कुनै परिवर्तन हुनेछैनन्।
◼ यो १९९२ को विशेष जन भाषणलाई स्मराणार्थभन्दा अघि राखिने छ अर्थात रविवार, अप्रेल ५, १९९२ मा यो हुनेछ। यसको शीर्षक हुनेछ “विश्व मामिलामा धर्मको भूमिका।” यदि मण्डलीमा सर्किट ओभरसियर आउँन लाग्नु भएको छ, वा तिनीहरुको सर्किट असेम्ब्लि त्यहिताका हुनेछ भने मण्डलीहरुले त्यो विशेष जन भाषणलाई त्यस पछिको रविवार, अर्थात अप्रेल १२, १९९२ मा राख्ने प्रबन्ध गर्नेछन्। रविवारवाहेक अरु दिनमा जन सभा हुने मण्डलीहरुले यो विशेष जन भाषणलाई अप्रेल ६-११ को समयावधिभित्र राख्ने प्रबन्ध मिलाउन सक्छन्।
◼ अप्रेल अनि मईमा सहायक अग्रगामी हुन इच्छुकहुने प्रकाशकहरुले आफ्नो योजना अहिलेनै बनाएर तिनीहरुको आवेदन पत्रलाई झट्टै दिइहाल्नु पऱ्यो। यसो गर्नाले प्राचीनहरुलाई क्षेत्र सेवाका लागि आवश्यक प्रबन्ध मिलाउनु सहायता मिल्नेछ र हातमा पर्याप्त साहित्य हुनेछन्।
◼ स्मरणार्थको लागि बाइबल पढाइको कार्यक्रम: यो १९९२ सालको भित्तेपात्रोमा तोकिएका सारिणी यसप्रकार छ:
रविवार, अप्रेल १२: नीसान ९ मर्कुस १४:३-९; ११:१-११
सोमवार, अप्रेल १३: नीसान १० मर्कुस ११:१२-१९
गलवार, अप्रेल १४: नीसान ११ मर्कुस ११:२०-१२:२७
बुधवार, अप्रेल १५: नीसान १२ मर्कुस १४:१, २, १०, ११
वृहस्पतिवार, अप्रेल १६: नीसान १३ मर्कुस १४:१२-१६
शुक्रवार, अप्रेल १७: नीसान १४ मर्कुस १४:१७-७२
◼ कृपया साहित्यको माग महिनामा एकभन्दा बढी पटक नपठाउँनु होला।
◼ सिद्धिएका प्रकाशनहरु: अङ्ग्रेजी: “ॲल् स्क्रीप्ʹट्यूर इज् इन्स्पार्य्ड् ॲफ् गॅड् एण्ड् बेनेʹफिश्यल्” (संशोधित)
◼ नयाँ प्रकाशनहरु उपलब्ध:
अङ्ग्रेजी: द ग्रेटस्ट् म्यान् हू एʹभर् लिभ्ड्; स्पिʹरिट्ज् अफ द डेड्—क्यान् दे हेल्प् यू ॲर् हाअर्म् यू? डु दे रिʹअली एग्जिस्ट्ʹ? हिन्दी: अवेक्! ब्रोशर ५–१ नेपाली: अवेक्! ब्रोशरहरु ०–९; १०–१; ११–१; १२–१ तामिल: रीʹजन्इङ् फ्रॅम् द स्क्रिप्ʹट्यूर्स तेलगू: अवेक्! ब्रोशर ९–१; हाउ क्यान् ब्लड् सेभ् योर् लाइफ्?