मार्चको लागि सेवा सभाहरु
मार्च ९ प्रारम्भ हुने सप्ताह
गीत ६३ (३२)
१० मि०: स्थानीय घोषणाहरु लगायत हाम्रो राज्य सेवकाइ वाट चुनिएका घोषणाहरु। वर्तमान अंकहरु माथि आधारित पत्रिकाहरुको प्रस्तुतीकरण देखाउनुहोस्। सप्ताहान्तहुँदो हुने सामूहिक साक्षीदिने कामलाई प्रोत्साहित गर्नुहोस्।
२० मि०: “मार्चको निमित्त आफ्नो प्रस्तुतीकरणलाई तयार पार्नुहोस्।” (१० मि०) प्रश्नहरु र उत्तरहरु। (८ मि०) स्थानीय क्षेत्रको लागि सबैभन्दा उपयुक्त हुने उक्त सुझावित प्रस्तुतीकरणहरु वाट एक वा दुइवारे राम्ररी तयार–गरिएका प्रदर्शनहरु। (२ मि०) सबैलाई यी सुझावित प्रस्तुतीकरणहरु सिक्न र एउटा वा बढीलाई प्रयोगगर्न प्रोत्साहन दिनुहोस्।
१५ मि०: “अयाडम् एण्ड् ईभ्,” रीʹजन्ङि पुस्तक, पृष्ठहरु २७-९। (५ मि०) “वेय्र अयडम् एण्ड् ईभ् मिअर्लि अयाʹलेगॅरिकल् (फिकʹशनल्) पअर्सन्ज्?” (६ मि०) एउटा व्यक्तिको मा पुनः भेटको निमित्त गएको प्रदर्शन जसमा प्रकाशकले त्यो व्यक्तिसँग “वज् अयाडम्स् सिन् गॅड्स् विल्, गड्स प्ल्यान्?” प्रश्न छोडेका थिए। (४ मि०) पुनः भेटमा जाँदा छलफलमा प्रयोग गर्नसकिने विषयहरुका लागि रीʹजन्इङ पुस्तकको “इफ् सॅमवन् सेज्—” भागलाई चलाउँन प्रोत्साहन दिनुहोस्। थप उदाहरणहरुलाई उद्धृत गर्नुहोस्।
गीत ३० (११७) अनि समाप्ति प्रार्थना।
मार्च १६ प्रारम्भ हुने सप्ताह
गीत २१५ (३४)
१० मि०: स्थानीय घोषणाहरु, र यसमा सप्ताहमा हुने सेवाको लागि प्रबन्धहरुलाई समावेश गर्नुहोस्। यो महिना र सप्ताहमा पुनः भेटको लागि जान अतिरिक्त प्रयत्नगर्न प्रोत्साहन दिनुहोस्। यो सेवा सभाले चासो राखेका मानिसहरुकहाँ पुनः भेटमा जाँदा चलाउँनका लागि चारवटा व्यवहारिक प्रस्तुतीकरणहरुलाई व्याख्या गर्नेछ र तिनीहरुको प्रदर्शन दिनेछ। यो सप्ताहमा चलाउनको लागि त्यहाँवाट एउटा वा बढी रोज्नुहोस्।
२० मि०: “फर्केर जानुहुँदा तपाईंले वार्तालापलाई कसरी थाल्न सक्नु हुन्छ।” (३ मि०) अनुच्छेदहरु १ अनि २ मा दिएका बुँदाहरुलाई ढाकेर गरिएको परिचयात्मक भाषण। (१५ मि०) अनुच्छेदहरु ३-५ मा दिएका तीन प्रस्तुतीकरणहरु को राम्ररी–तयार गरिएका प्रदर्शनहरु। समयले दिए अनुसार, प्रत्येक प्रदर्शनपश्चात, यी प्रस्तुतीकरणहरु का व्यवहारिकता वारे टिप्पणीगर्न सकिन्छ। (२ मि०) अनुच्छेद ६ मा दिएका विचारहरु माथि ध्यान तानेपछि, चाख देखाएकाहरु सँग वार्तालाप थाल्नको निमित्त सुझावित प्रस्तुतीकरणहरु लाई तयारगर्न र ती मध्ये एउटै भएपनि चलाउँन भनि सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि०: “के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?” बिगत समयमा सहायक अग्रगामी काम गरि सकेका र अप्रेल अनि मईमा पुनः दर्ता हुन चाहने केहि प्रकाशकहरु अनि प्राचीनद्वारा छलफल। लेखका बुँदाहरुलाई ढाक्ता, प्रकाशकहरुले बताउनेछन् तिनीहरु किन सहायक अग्रगामी कामगर्न चाहन्छन्। तिनीहरुले अनुभव गरेका आशिष्हरुलाई वर्णन गर्नेछन् र घंटाको आपूर्तिलाई पूरोगर्न तिनीहरुले ककस्ता छाँटकाँट गर्नुपऱ्यो सो वारे व्याख्या दिनेछन्। छलफलले सहायक अग्रगामी कामको आनन्दमाथि जोर दिन्छ र आफ्नो व्यक्तिगत परिस्थितिले सो गर्न दिन्छ भने सबैलाई यो सेवा विशेषाधिकार वारे विचारगर्न प्रोत्साहन दिन्छ।
गीत ११४ (६१) अनि समाप्ति प्रार्थना।
मार्च २३ प्रारम्भ हुने सप्ताह
गीत २११ (१०५)
१० मि०: स्थानीय घोषणाहरु, लेखा रिपोर्ट, अनि सोसाइटीवाट अनुदानको स्वीकारोक्ति। अधिराज्यको काममा भाइहरुले दिनु भएका आर्थिक सहयोगको निमित्त धन्यवाद दिनुहोस्। प्रकाशकहरुलाई यो सप्ताहन्तको क्षेत्र सेवामा सहभागी हुन प्रोत्साहन दिनुहोस्।
२० मि०: “निश्चय नै फर्केर जानुहोस्।” प्रश्न अनि उत्तर र प्रदर्शनहरु। अनुच्छेद ५ माथि विचारविमर्श गरेपछि, एउटा व्यक्तिकहाँ पुनः भेटमा गएको प्रदर्शन देखाउँनु होस् जसकहाँ पर्चा छोडिएको थियो। त्यो छलफलले डोऱ्याएर लिभ् फोर्एʹभर् पुस्तकमा अध्ययन स्थापित गर्छ। अनुच्छेद ६ माथि विचारविमर्श गरेपछि, बितेका समयमा साहित्य अस्वीकारगर्ने एक जनाकहाँ पुनः भेटमा गएको प्रदर्शन देखाउँनुहोस्। प्रदर्शनपश्चात, त्यो प्रकाशकलाई सोध्नुहोस् कि प्रारम्भिक भेटमा साहित्य अस्वीकारगर्ने व्यक्तिकहाँ पुनः भेटमा जाने निर्णय तिनले केकत्ति कारणले गरे।
१५ मि०: “पुट् गॅड् फअर्स्ट् इन् य्योर् फ्याʹमिलि लाइफ्।” मई १५, १९९१ को वॅचटावर्, पृष्ठहरु ४-७ माथि आधारित भाषण। (जातीय: “येशूवाट पाएको ईश्वरीय भक्तिको नमूनालाई पच्छ्याउँनुहोस्।” जुलाई १, १९९० को वॅचटावर।)
गीत १३३ (६८) अनि समाप्ति प्रार्थना
मार्च ३० प्रारम्भ हुने सप्ताह
गीत ११५ (३६)
१० मि०: स्थानीय घोषणाहरु लगायत सप्ताहको लागि क्षेत्र सेवाको प्रबन्धहरु, र ईश्वरशासित समाचार।
१५ मि०: “अग्रगामीहरुलाई समर्थन कसरी देखाउँन सकिन्छ।” प्रश्नहरु अनि उत्तरहरु र अन्तर्वाता। अग्रगामीहरुलाई चाहिंदो समर्थन दिएवापत सम्पूर्ण मण्डलीले प्राप्तगर्ने आशिष्हरु वारे जोर दिनुहोस्। मण्डलीमा भएका प्राचीनहरु लगायत अरुहरुवाट अग्रगामीहरुले अग्रगामी सेवकाइमा कसरी सघाउ पाएका छन् भन्ने कुरोलाई प्रकाश पार्दै, तिनीहरु को अन्तर्वाता लिनुहोस्।
२० मि०: “क्रिसʹटियन् यूथ्स्—बी फअर्म् इन् द फेथ्।” जुलाई १५, १९९१ को वॅचटावर, पृष्ठहरु २३-२६ माथि आधारित लेखलाई परिवारले छलफल गर्नेछन्। श्रीमती अनि छोरा–छोरीलाई समावेश गर्दै यो छलफलको नेतृत्व पिताले गर्नेछन्। स्कूलछँदा आफ्नो विश्वासमाथि आइपर्ने विभिन्न प्रकारका जाँचहरुको सामना यूवाले सफलतापूवर्क कसरी गर्न सक्नेछन् सो तरिकाहरु माथि विशेष ध्यान दिनुहोस्। (जातिय: “तिनीहरु सुसमाचारवारे लज्जित छैनन्।” जून १, १९९० को वॅचटावर।)
गीत ४३ (१०३) अनि समाप्ति प्रार्थना।