मेको लागि सेवा सभाहरु
मे ११ प्रारम्भ हुने सप्ताह
गीत १८६ (१०१)
१२ मि०: स्थानीय घोषणाहरु तथा हाम्रो राज्य सेवकाइबाट घोषणाहरु। “के तपाईंको लागि मे महिना विशेष हुन्छ होला?” सहायक अग्रगामीको लागि आवेदन पत्रलाई तुरुन्तै खसाल्ने विषयमाथि जोर दिनु होला। यस वाहेक, बेलुकीपखको साक्षी–दिने कार्यको निमित्त प्रोत्साहन दिनु होस्, तथा बनिएका कुनै पनि स्थानीय प्रबन्धहरुबारे घोषणा गर्नु होस्।
१५ मि०: “द वॅचटावर् लिएर सुसमाचार घोषणा गर्नुहोस्।” लेखमाथि प्रश्न–अनि–उत्तरद्वारा विचारविमर्श। साहित्यमा सक्कली चासो देखाउँने तथा संभव छ ग्राहकता स्वीकार गर्न खुसी हुने मानिसहरु माथि भाइहरुलाई विचारपूवर्क ध्यान दिनु भनि प्रोत्साहन दिनुहोस।
१८ मि०: “स्मरणार्थ पश्चात पनि पिच्छा नछोड्नु होस्।” प्रदर्शन लगायत भाषण। अनुच्छेद ७–माथि विचार गरि सके पछि, एउटा प्रदर्शन देखाउँनु होस् जसले देखाउँछ कि स्मरणार्थमा पहिलो पटक उपस्थित भएको नौलो व्यक्तिकोमा गएर प्रकाशकले कसरी पुनः भेट गर्न सक्छन्।
गीत २०८ (६) अनि समाप्ति प्रार्थना।
मे १८ प्रारम्भ हुने सप्ताह
गीत २०९ (८४)
१० मि०: स्थानीय घोषणाहरु। प्रश्न पेटी।
१५ मि०: “असरदायक प्रथम भेटहरु।” प्रश्न–अनि–उत्तर ढाकन्त। अनुच्छेद ६–माथि विचार गरि सके पछि, एउटा प्रदर्शन देखाउँनु होस् जसले देखाउँछ कि कुनै प्रकाशकले शान्तिमय नयाँ संसारमा जीवन पर्चालाई चलाएर गृह बाइबल अध्ययनको प्रस्ताव तथा त्यो कसरी सञ्चालन गरिन्छ सो वारे तिनलाई प्रदर्शन गर्नेछन्।
२० मि०: द वॅचटावर्–लाई घर–घर गएर टक्राउँने। “असरदायक प्रथम भेटहरु” शीर्षक भएको लेखको अनुच्छेद २–का सुझावीत प्रस्तुतीलाई चलाएर, एउटा सुयोग्य प्रकाशकले घरपट्टीसँग वार्तालाप गर्दछन्। (जातीय भाषामा त्यहाँ उपलब्ध सबैभन्दा पछिल्लो पत्रिका चलाउँनु होला, त्यहाँ भएका विषय सामग्रीलाई प्रस्तुती अनुकूल पार्दै।) घरपट्टीले भन्छन् कि तिनी अरु पत्रिकाहरुको ग्राहक छँदैछन्, यसर्थ अरु बढ्ताको आवश्यकता उहाँ देख्नु हुन्न। प्रकाशकले भन्दछन् कि तिनी उहाँको स्थिति बुझ्दछन्, एउटा पर्चा छोड्छन् तथा फर्केर यस विषयमा अरु बढ्ता छलफल गर्ने वचन दिएर बिदा लिन्छन्। प्रदर्शन देखाए पश्चात, अध्यक्षले श्रोतागणलाई सोध्नु हुन्छ कि यो स्थितिलाई सम्हाल्ने अझ असल तरिका के हुनेथ्यो भनि तिनीहरुलाई विश्वास लाग्छ। भन्नु होला कि यो समस्यालाई स्वीकार्दै यसो भन्न सकिन्थ्यो कि यी दिनहरुमा डाकद्वारा आउँने प्रकाशनहरुको मात्रालाई परिवारलाई लाभ हुने प्रकाशनहरुको लागि मात्र अभिदान दिएर नियन्त्रण गर्ने खाँचो छ। घरैमा प्राप्त हुने यी पत्रिकाहरु मार्फत उठाइने स्थायी लाभहरुलाई प्रकाश गर्दै ती पत्रिकाहरु बाट केही बुँदाहरु देखाउँनु होस्। अभिदानको प्रस्ताव स्वीकार नभएको खण्डमा एउटा ब्रोश्यर लगायत दुइवटा पत्रिकाहरु टक्राएर त्यो घर छोड्नु बेस हुने छ। यिनीहरु अस्वीकार भएमा तब मात्रै प्रायः हामी पर्चा टक्राउँने गर्दछौ।
गीत ८७ (४७) अनि समाप्ति प्रार्थना।
मे २५ प्रारम्भ हुने सप्ताह
गीत १९५ (१०५)
१० मि०: स्थानीय घोषणाहरु अनि लेखा रिपोर्ट। सोसाइटी तथा मण्डलीलाई चढाइएको अनुदानहरुको लागि सऱ्हानी दिनु होस्।
१५ मि०: रीʹजनइङ् पुस्तकको पृष्ठ ३२-३ मा भएको “अयान्टीʹक्राइस्ट्” विषयमाथि छलफल गर्नु होस्। “ख्रीष्टविरोधी”–को परिभाषा के हो? के ख्रीष्टविरोधी एउटा मात्र छ, कि अरु पनि छन्? ख्रीष्टविरोधी कहिले देखा पऱ्यो, र ककस्तालाई ख्रीष्टविरोधी भन्न सकिन्छ? एउटा प्रकाशकले संक्षिप्त प्रदर्शन देखाउँने छन् जसमा तिनी एक जना गिर्जा जाने व्यक्तिको घरमा जान्छन् जसले यहोवाका साक्षीहरुबारे चेतावनी पाइसकेका छन्।
२० मि०: “यहोवाको सेवाको लागि आध्यात्मिक तवरमा बलियो रहनु होस्, स्वच्छ बस्नु होस्।” दिएको निवेषणमाथि प्रश्न–अनि–उत्तरद्वारा छलफल। यो भागलाई सम्हाल्ने प्राचीनले उक्त निवेषणमा दिएका जानकारीलाई स्थानीय रुपमा प्रयोगनीय बनाउँनको लागि केही प्रश्नहरुलाई सुत्ण गर्नेछन्। अनुच्छेद ७–मा उल्लेख गरे अनुसार आध्यात्मिक बललाई कायम राख्नको लागि अल्पतम लक्ष्यबारे जोर दिनु होस्।
गीत १९७ (२२) अनि समाप्ति प्रार्थना।
जून १ प्रारम्भ हुने सप्ताह
गीत १६९ (३२)
१० मि०: स्थानीय घोषणाहरु। ईश्वरशासित समाचार। स्मरणार्थका विशेषताहरु बारे विवरण दिनु होस्। त्यसताका कति जना उपस्थित थिए? नौलो व्यक्तिहरुसँग बाइबल अध्ययन थाल्ने संभावना कत्तिको छ? स्मरणार्थमा उपस्थित भएका तर हाल अध्ययन नगरेकाहरु कहाँ पुनः भेटको लागि जाने प्रबन्ध सर्भिस ओभरसियरले मिलाउने छन्।
२० मि०: “पुनः भेटमा जानु हुँदा रीʹजनइङ् पुस्तकलाई उपयोग गर्नुहोस्।” प्रश्न–अनि–उत्तरद्वारा छलफल। अनुच्छेद ३ तथा ४–माथि आधारित दुइवटा राम्ररी–पूर्वाभ्यास द्वारा तयार गरिएका प्रर्दशनहरु देखाउँनु होस्।
१५ मि०: अप्रिल तथा मे महिनाहरुमा सहायक अग्रगामी रहेकाहरु बाट अनुभवहरु लिनुहोस्। तिनीहरुले के के बलिदानहरु गरे, तथा तिनीहरुको प्रयासमाथि यहोवाले के कस्तो आशिष दिनुभयो भनि तिनीहरुलाई लाग्छ? त्यो महिनाको लागि तिनीहरुको बढ्दो कार्यकलापको फलस्वरुप के कुनै नौलो बाइबल अध्ययन थाल्न सकियो? अनुभवहरु दिनको लागि अग्रिम प्रबन्ध गरेको हुनु पर्छ। आउँदो महिनाहरुमा पनि सहायक अग्रगामी कार्य गर्नुको लागि सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ९३ (४८) अनि समाप्ति प्रार्थना।