जूनको लागि सेवा सभाहरु
जून ८ प्रारम्भ हुने सप्ताह
गीत ७२ (५८)
१० मि.: स्थानीय घोषणाहरु तथा हाम्रो राज्य सेवकाइ-मा राखिएका धोषणाहरु-बाट छानिएका अंशहरु। प्रकाशकहरुलाई यो सप्ताहान्तमा सेवामा निस्कने प्रोत्साहन दिनुहोस्।
२० मि.: “जून महिनामा द वॅचटावर् टक्रयाउँदा।” लेखलाई प्रश्न-अनि-उत्तरद्वारा ढाक्ने। प्रत्येक अङ्कको पृष्ट २-को माथिल्लो भागमा व्यक्त द वॅचटावर-को उद्देश्यबारे छलफल पनि समावेश गर्नु होला। यो सप्ताहका क्षेत्र सेवामा चलाइने पत्रिकाहरु माथि आधारित, थप प्रस्तुतीहरुबारे सुझाव दिन सकिन्छ। जहाँ संभव छ त्यो ठाउँमा ग्राहकताको प्रस्ताव राख्ने महत्त्वमाथि जोर दिनु होला।
१५ मि.: “शुरुको टिप्पणीले फरक पार्न सक्छ।” श्रोतागणसँग लेखमाथि छलफल गर्नु होस्। के तिनीहरुले हालसालैका हाम्रो राज्य सेवकाइ-का अङ्कहरुमा सुझावित परिचयहरु मध्ये केहीलाई प्रयोग गरेका छन्, जुनमध्ये कतिपय त रीʹजनइङ पुस्तकबाट लिइएका हुन्? कुनकुन परिचयहरुलाई तिनीहरुले स्थानीय इलाकामा सबैभन्दा असरदायक पाएका छन्? प्रकाशकहरुले क्षेत्र सेवाका लागि परिचयहरुको तयारी तथा अभ्यास कहिले गर्ने गर्छन्? स्थानीय रुपमा असरदायक रहेका परिचयहरुबारे दुइ वा तीन संक्षिप्त प्रदर्शनहरु देखाउँनु होस्।
गीत ३२ (१०) अनि समाप्ति प्रार्थना।
जून १५ प्रारम्भ हुने सप्ताह
गीत ९ (८२)
५ मि.: स्थानीय घोषणाहरु।
२० मि.: “असरदायक पुनःभेटहरु बनाउँनु होस्।” लेखमा भएका मुख्य बुँदाहरु माथि श्रोतागणसँग छलफल गर्नु होस्, र हुन सक्छ भने पुनःभेट फलस्वरुप उठेको चासोलाई अझ अरु बढाउँन पुगेको अनुभवबारे संक्षिप्त अनुभवलाई समावेश गर्नु होस्। अन्तिम छः देखिन् आठ मिनेटलाई एउटा प्रदर्शन देखाउँनको निमित्त उपयोग गर्नु होला जसमा एकजना मण्डलीको पुस्तक अध्ययन सञ्चालकले दुइ वा तीन प्रकाशकहरुलाई स्थानीय इलाकामा भेट्टाएका चासो देखाउँने मानिसहरु कहाँ फर्केर जानको लागि तयारी गर्न मद्दत दिन्छन्। यदि संभव भइ हाल्यो भने, प्रकाशकहरुले पछि गर्ने वास्तविक पुनःभेटलाई प्रयोग गर्नु होला।
२० मि.: “लॅयल्टि—अयाट् ह्वट् प्राइस्?”—द वॅचटावर्, अगस्त १५, १९९०, पृष्ठहरु १०-१५. (जातीय: प्रहरीधरहरा, जूलाई २, १९९१।) स्थानीय रुपमा प्रयोगनिय हुने व्यवहारिक भाषण।
गीत ६५ (३६) अनि समाप्ति प्रार्थना।
जून २२ प्रारम्भ हुने सप्ताह
गीत २०२ (१८)
१० मि.: स्थानीय घोषणाहरु, लेखा रिपोर्ट अनि अनुदान पाएको स्वीकारोक्तीलाई समावेश गर्नु होला। स्थानीय मण्डली लगायत सोसाइटीको विश्वव्यापी कार्यको लागि आर्थिक सहयोग दिएकोमा मण्डलीलाई सऱ्हानी गर्नु होला।
२० मि.: “आध्यात्मिक लक्ष्यहरुलाई पिछा गर्ने प्रोत्साहन दिनु होस्।” श्रोतागण सँगको छलफललाई प्राचीनले सम्हाल्ने छन्। अनुच्छेद ६-माथि छलफल गरिसके पछि, एउटा उदाहरणीय प्रकाशकको अन्तरवार्ता लिनु होस् जस्ले तरुण छँदा आध्यात्मिक लक्ष्यहरु तर्फ लाग्ने प्रोत्साहन पाउँदा त्यसको प्रत्युत्तर दिए। त्यो वा उनले कसरी प्रोत्साहन पाए? अनुच्छेद ७-माथि विचार गर्दा, यङ्ग पीʹपल् आस्क् पुस्तकको अध्याय २२, ३८ तथा ३९-को पुनःरावलोकन गरेवापत बा-आमा तथा युवाहरुको खातामा जम्मा हुने बढ्दो व्यवहारिक लाभहरुलाई औंल्याउँनु होस्।
१५ मि.: “प्रश्न पेटी”-माथि प्राचीनको भाषण।
गीत २१३ (८५) अनि समाप्ति प्रार्थना।
जून २९ प्रारम्भ हुने सप्ताह
गीत २२० (१९)
१० मि.: स्थानीय घोषणाहरु तथा ईश्वरशासित समाचार। ग्राहक बनाउने अभियानबाट प्राप्त अनुभवहरु (मण्डलीको अनुदान सम्हाल्ने भाइको मद्दत लिएर पहिल्ये नै यिनलाई पक्तिबद्ध गर्नु पर्छ)।
१५ मि.: धर्मत्यागबाट आफ्नो रक्षा गर्नु होस्। टेबलमा बसेका एकजना प्राचीन अनि प्रकाशकवीच छलफल। प्रकाशकले विवरण दिन्छन् कि सेवामा जाँदा तिनले धर्मत्यागी साहित्य पढ्ने आदि भएका कुनै एक जनालाई भेटे। प्रकाशकले भन्दछन कि त्यो घरपट्टीले उठाएका प्रश्नहरुबाट तिनको निष्कपटता थाहा लाग्छ। घरपट्टीले धर्मत्यागी प्रकाशनहरु टक्रयाउँदा प्रकाशकले अस्विकार त गरे तर घरपट्टीले उठाएका प्रश्नहरुको जवाफ दिन तिनी प्रयत्न गर्न चाहन्छन्। प्राचीनले त्यो प्रकाशकको राम्रो मनोप्रवृत्ति र कार्यको स्रहनी गर्छन्। धर्मत्यागीहरुले के लेखे वा भने त्यसवारे छलफल नगरेर, बरु कुनै विषयवस्तुबारे रीʹजनइङ पुस्तकमा राखिएका शास्त्रीय दृष्टिकोणमाथि ध्यान केन्द्रीभूत गर्नु बुद्धिमानी हुनेछ। प्राचीनले प्रकाशकलाई तिनको रीʹजनइङ पुस्तक खोल्न निम्त्याउँछन्, र दुवै मिलेर ३४-७ पृष्ठहरुको पुनःरावलोकन गर्छन्। त्यो छलफल न्यानो तथा प्रोत्साहजनक हुनुपर्छ जसै तिनीहरु धर्मत्यागको परिभाषा, मोटो हरफमा लेखिएका प्रत्येक उपशीर्षक, र समयले दिए अनुसार रोजिएका मुख्य पदहरुमाथि छलफल गर्छन्। अध्ययनको निमित्त हाम्रो लागि उपलब्ध सबै निर्माणकारी र प्रोत्साहजनक विषयसामग्रीबारे सकारात्मक टिप्पणी दिएर त्यो छलफललाई समाप्त गर्नु होला। घरपट्टीसँग निर्माणकारी समाचार बाँड्नु होस्। यदि तिनी निष्कपट छन् भने, तिनले सत्यको सकारात्मक भनाई र धर्मत्यागीहरुको नकारात्मक, आलोचनायुक्त भनाई वीच अन्तर देख्नेछन्। धर्मत्यागी विचार अनि विषयसामग्रीलाई नस्वीकारेर, हामीले यहोवा तथा उहाँका दृष्य सङ्गठनप्रति वफादारी प्रदर्शन गर्नेछौं।
२० मि०: “दैनिक आध्यात्मिक आहारा—कुनै पनि मसीही परिवारको लागि अत्यावश्यक।” विषयसामग्री माथि प्रश्न-तथा-उत्तर गरेर छलफल।
गीत १०८ (९५) अनि समाप्ति प्रार्थना।