यस महिनाको भेटलाई प्रस्तुत गर्नु
१ आज धेरैको विचारमा बाइबल मिथ्या कथाले भरिएको एउटा पुस्तक हो र यसमा भएका नैतिक सल्लाहहरू समयानुकूल छैनन्। यसकारण परमेश्वरका वचनप्रति मानिसहरूको विश्वास बढाउने कार्य चुनौतीपूर्ण हुन सक्छ। तर हामीसित बाइबल—परमेश्वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s? नेपालीमा उपलब्ध छैन।) पुस्तक छ र बाइबल वास्तवमा ईश्वरीय प्रेरणाद्वारा लेखिएको हो भनि मानिसहरूलाई देखाउँनलाई यो पुस्तक एउटा अनमोल सहायक सिद्ध भएको छ।
२ घरपट्टीको मनमा यो पुस्तक पढ्न चासो जगाउँन तपाईंले के भन्नु हुने छ? तथाकथित मसिहीहरू, गैर-मसिही विश्वास राख्नेहरू, तथा विश्वास नभएकाहरूको चित्त बुझ्ने किसिमका कुन कुन बुँदाहरू वा विषयहरूलाई तपाईंले विशेष गरी देखाउनु हुनेछ? “परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्” भनेर “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ” भनि हाम्रा छिमेकीहरूलाई देखाउन तयार हुन निम्नलिखित सुझावहरूले मद्दत दिने छन्। (२ तिमो० ३:१६, १७) यी सुझावहरूलाई स्थानीय परिस्थितिहरू अनुकूल बनाउन सकिन्छ।
३ भन्नु पर्ने कुरालाई हामीले किन जाँच गर्ने?: धेरैको मनमा बाइबलबारे एउटा पूर्वनिश्चित धारणा भएको हुनाले तथा यस विषयमा नियालेर हेर्ने अभिरुचि पनि नराखेको हुनाकारण, हामीले भन्न लागेका कुराहरू जाँच गर्ने मद्दत घरपट्टीलाई दिनका निम्ति हामीले आफ्नो परिचयमा काँटछाँट ल्याउनु आवश्यक पर्न सक्छ।
४ उपयुक्त अभिवादन गरे पछि, तपाईं भन्न सक्नु हुन्छ:
▪ “आफ्ना छिमेकीहरू सित कुराकानी गर्दा हामी पाउँछौं कि धेरै जनाको विचारमा बाइबल आज हाम्रा लागि व्यवहारिक छैन। तर मानिसहरूले समय निकालेर बाइबलमा भएका कुराहरूलाई जाँच गरेका भए बाइबलले वास्तवमा के भन्दछ भनि तिनीहरूले अझ राम्ररी जान्ने थिए होलान्, हैन र? [घरपट्टीलाई प्रत्युत्तर दिने समय दिनु होस्।] बाइबलको उपयोगिताबारे बाइबल स्वयंले के भन्दछ हेर्नु होस् न।” तपाईंले २ तिमोथी ३:१६, १७ पढि सकेपछि बाइबल—परमेश्वरको वचन वा मानिसको? पुस्तकको अध्याय १२ तर्फ ध्यान आकर्षित गराउनु हुँदै, अनुच्छेद ११, १५ तथा १६-बाट बाइबलका केही विशिष्ट ज्ञानवर्धक मार्गदर्शनहरू देखाउँनु होस् जुन आज हाम्रालागि व्यावहारिक छन्। यी कुराहरूले भजनसघ्र्ह ११९:१५९, १६०-मा पाइने भजनसघ्र्ह लेखकका शब्दहरूलाई सत्य साबित गर्दछन्।
५ पुस्तकलाई खोलेर घरपट्टीको विशेष अभिरुचिको विषयलाई छलफल गर्ने अध्याय औंल्याउँदा, उनको ध्यान आकर्षित गर्न सकिन्छ भन्ने कुरा धेरैले अनुभव गरेका छन्। यो कसरी गर्न सकिन्छ, अब ध्यान दिनु होस्।
६ आफ्नो परिचय दिनु भएर, तपाईं भन्न सक्नु हुन्छ:
◼ “यत्तिका धार्मिक पुस्तकहरूलाई मानिसहरूले ‘पवित्र’ भनेका हुनाले परमेश्वरबाट प्रेरणा पाएको पुस्तक कुन चाहिं होला भनेर कसरी निर्धारण गर्न सकिन्छ, यस विषयमा के तपाईंले कहिले सोच्नु भएको छ?” घरपट्टीले टिप्पणी गरेपछि बाइबल—परमेश्वरको वचन वा मानिसको? पुस्तकको पृष्ठ ३-मा उल्लेखित विषय-सूचीतर्फ उहाँको ध्यान आकर्षित गर्नु होस्। उदाहरणका लागि, तिनले विज्ञानमा चाख देखाए भने तपाईंले अध्याय ८ खोलेर अनुच्छेद १-बाट तपाईं देखाउँन सक्नु हुन्छ कि बाइबलले आफू एउटा विज्ञानको पाठ्यपुस्तक हुने दावी नगरे तापनि जुन ठाँऊमा यसले विज्ञान संबन्धी विषयहरूलाई छुन्छ, यसले भनेका कुराहरू पूर्णतया सत्य ठहरिन्छन्। समय भयो भने, अनुच्छेद २-मा उल्लेखित एउटा शास्त्रपद बाइबलबाट खोलेर देखाउँनु होस् कि कसरी धेरै शताब्दी अगावै, बाइबलले वैज्ञानिक तवर्मा सही सही विवरणहरू दिएको थियो, र यसैबाट पनि प्रमाणित हुन्छ कि यसले कुनै उच्चतम् स्रोतबाट प्रेरणा पाएकै हुनुपर्छ।
७ अन्य मद्दतकारी विशेषताहरू: यो पुस्तक गहन अनुसन्धानको फल हो भनेर देखाउन तपाईंले पुस्तकको पछाडिपट्टि क्रमशः अध्यायअनुसार उल्लेखित सन्दर्भ सामग्रीहरूको विस्तृत सूचीलाई प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं विज्ञानको विषयमाथि आधारित अध्याय ८-बारे छलफल गर्नु हुँदै थियो भने त्यहाँ उद्धृत अनेकन् विश्वकोश तथा नाउँ-चलेका वैज्ञानिकहरूले लेखेका पुस्तकहरूको सङ्ख्यालाई औंल्याउन सक्नु हुन्छ। विज्ञान तथा विज्ञानवेत्ताहरूबाट उपलब्ध सबै प्रमाणले बाइबल एउटा प्रेरित पुस्तक हो भनी सङ्केत गर्दछ भन्ने कुरा परमेश्वरमा अथवा कुनै धर्ममा विश्वास नगर्ने मानिसहरूका लागि चाखलाग्दो विषय हुन सक्तछ। बाइबलका सिद्धान्तहरूलाई अनुसरण गर्नु हाम्रालागि अत्यन्तै लाभदायक हुन सक्छ भनेर प्रदर्शित गर्दै, पृष्ठ १६७-को अनुच्छेद १४-मा सत्य बोल्ने सम्बन्धी बाइबलमा उल्लेखित सल्लाहलाई पुष्टि दिन, एक जना स्तंभ लेखक र मनोविज्ञान संबन्धी एउटा पत्रिकाबाट उद्धरण गरिएको छ।
८ प्रभावशाली ढङ्गमा क्रमानुसार कुरा बढाउँदै हामीले बाइबल—परमेश्वरको वचन वा मानिसको? पुस्तकलाई प्रस्तुत गऱ्यौं भने जुन जुन मानिसहरू सित हामी कुरा गर्ने छौं, तिनीहरूलाई बाइबलको आदर गर्न हामी मद्दत दिन सक्ने छौं र यसलाई तिनीहरूले पनि परमेश्वरकै वचनको रूपमा स्वीकार्न सक्ने छन्।—१ थिस्स० २:१३.