प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 सेप्टेम्बर
  • चासोलाई बढाउने परिचयहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चासोलाई बढाउने परिचयहरू
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—१९९५
  • बारम्बार प्रचार गरिसकिएको क्षेत्रमा प्रचार गर्न
    हाम्रो राज्य सेवकाई—१९९४
  • के तपाईं कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने र चर्चाका लागि बाइबल विषयहरू पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००८
  • प्रेरणादायक परिचयको विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 सेप्टेम्बर

चासोलाई बढाउने परिचयहरू

१ कुराकानीको सुरुआत प्रभावकारी ढङ्‌गमा गर्न येशू अति नै सिपालु हुनु हुन्थ्यो। ठूलो समूहसित वा एकजना मात्र व्यक्‍तिसँग कुरा गर्दा, आफूले भन्‍न लागेका कुराहरुमा तिनीहरूलाई पनि सम्मिलित गरेर येशूले आफ्ना श्रोताहरूको ध्यान आकर्षित गर्नु हुन्थ्यो। आफ्नो विषयको अभिमोल उहाँले आफ्नो श्रोतालाई देखाउनु हुन्थ्यो।—मत्ती ५:३-१२; यू० ४:७-३०.

२ अग्रिम तयारी आवश्‍यक: हाम्रो समाचारमा चासो बढाउनका लागि, हामीले आफ्नो परिचयमा नै ती व्यक्‍तिलाई सामेल गराउनु पर्छ, तिनका चासोका विषयहरूलाई बुझी दिनु पर्छ र राज्यको समाचारद्वारा तिनले व्यक्‍तिगत रूपमा मद्दत पाउने छन्‌ भनी देखाउनु पर्छ। यी सबै कुरा गर्नका लागि हामीले आफ्नो परिचयहरूमा काँटछाँट ल्याउनु पर्छ।

३ सेवकाईका लागि तयारी गर्दा, समाजका वर्तमान आवश्‍यकताहरू माथि पुनः विचार गर्नु होस्‌। के हालसालैका कुनै समाचार विषयले सबैको ध्यान आकर्षित गरेको छ? एउटा जवान मानिसको चासोको विषय के हुन सक्छ? एउटा वृद्धको चासोको विषय? श्रीमान, श्रीमती, वा आमा-बाबुको चासोको विषय के होला? प्रत्येक ढोकामा एउटै परिचय चलाउनुको सट्टा, विभिन्‍न परिचयहरू तयार पार्नु होस्‌ र घरपट्टीको प्रतिक्रियासित मिल्ने गरी ती परिचयहरूको प्रयोग गर्नु होस्‌। यो तरीका अक्सर बढी असरदायक हुन्छ। घर-घरको सेवकाईमा प्रत्येक पटक जाँदा रीʹजनइङ  (Reasoning. नेपालीमा उपलब्ध छैन।) पुस्तकबाट विभिन्‍न परिचयहरू तयारी गर्ने र चलाउने गर्दा केही प्रकाशकहरू निकै नै सफल भएका छन्‌। (rs pp. 9–15) यसले तिनीहरूको कुरा गर्ने ढङ्‌गलाई सधैं ताजा तथा चाखलाग्दो बनाउँछ।

४ सेप्टेम्बरको महिनामा, सायद तपाईंले यसप्रकारको प्रस्तुतीकरण चलाउने इच्छा गर्नु होला:

◼ “नमस्कार। अरूमाथि शासन गर्ने व्यक्‍तिमा के कस्ता गुणहरू हुनु पर्छ? यसै विषयमा हामी आफ्ना केही छिमेकीहरू सित आज कुरा गर्दै छौं। तपाईंको विचारमा अति नै महत्त्वपूर्ण एकाध गुणहरू के हुन्‌? [प्रत्युत्तर दिन समय दिनु होस्‌। तिनले भनेका कुरा स्वीकार्नु होस्‌। उपयुक्‍त छ भने सहमति जनाउनु होस्‌।] तपाईंलाई थाह छ छैन, मानवजातिका शासक हुन नियुक्‍त हुनु भएका व्यक्‍तिका गुणहरूको व्याख्या बाइबलमा दिइएको छ। यो कुरा यहाँ यशैया ९:६, ७-मा पाइन्छ। [पढी दिनु होस्‌।] यसप्रकारका शासकको अधिनमा बस्नु कस्तो होला?” प्रत्युत्तरको लागि समय दिनु होस्‌ र त्यसपछि भजनसघ्र्ह १४६:३, ४ तथा येशूको शासनको अचूक गुणस्तरबारे रीʹजनइङ पुस्तकको पृष्ठ १५३-४ को विषय सामग्रीतर्फ ध्यान आकर्षित गर्नु होस्‌। अन्यथा छलफल अरू बढाउनका लागि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ ११२ तथा ११३ पनि प्रयोग गर्न सकिन्छ। त्यसपछि तपाईंले त्यो प्रकाशन प्रस्तुत गर्न सक्नु हुन्छ।

५ घरगृहस्थीमा चासो राख्ने व्यक्‍तिहरू सित सघैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकलाई प्रयोग गर्नु हुँदा निम्नलिखित प्रस्तुतीकरण निकै नै सफल हुन सक्छ।

स्थानीय अभिवादन पछि, तपाईं भन्‍न सक्नु हुन्छ:

◼ “दैनिक तनाउ तथा समस्याहरू आजका परिवारहरूका लागि एउटा वास्तविक चुनौती बन्‍न गएको छ। के तपाईंले यस विषयबारे कहिले विचार गर्नु भएको छ? [प्रत्युत्तर दिऊन।] परिवारहरूले ठीक सरसल्लाह कहाँबाट पाउन सक्छन्‌? तपाईंलाई कस्तो लाग्छ? [प्रत्युत्तर दिऊन।] यसै विषयमा बाइबलले के भन्दछ, हामी तपाईंलाई देखाउन चाहन्छौं। हेर्नु होस्‌ न, प्रथम मानव दम्पत्तीलाई विवाहको प्रवर्तकले के भन्‍नु भएछ।” उत्पत्ति १:२८ पढी दिनु होस्‌ तथा सघैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ २३८ पल्टाउनु होस्‌ तथा अध्याय २९-बाट केही विशेष बुँदाहरू रोजेर आफ्नो छलफल कायम राख्नु होस्‌।

६ सुन्‍नेहरूलाई छलफलमा समावेश गर्ने तथा तिनीहरूमा चासो जगाउने येशूका विधिको अनुसरण गरेर, इमानदार हृदय भएकाहरूलाई आध्यात्मिक कुराहरूको महत्त्व हामी देखाउने छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने