प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 सेप्टेम्बर
  • पुनःभेट गर्ने चुनौती

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुनःभेट गर्ने चुनौती
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • पुण: भेट गर्ने जिम्मेवारीलाई स्वीकार्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • अझ धेरै बाइबल अध्ययन चाहियो
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 सेप्टेम्बर

पुनःभेट गर्ने चुनौती

१ हामीहरू सुसमाचारका प्रचारकहरू हौं। यसैकारण हामीले चेला बनाउने आदेश पाएका छौं। (मत्ती २८:१९, २०) यसमा पुनःभेट गर्ने कार्य पनि समावेश छ। हाम्रा मसीही सेवकाईको यो महत्त्वपूर्ण भागबारे के तपाईंको दृष्टिकोण सकारात्मक छ? पुनःभेट गर्ने काममा सिपालु हुन पनि एउटा प्रेरणादायक चुनौती हुन सक्छ।—हितो० २२:२९.

२ यो चेला-बनाउने काममा भाग लिने जिम्मेवारी प्रत्येक मसीहीले महसुस गर्नु पर्छ। यसको अर्थ राज्यको आशालाई अरू सित बाँड्‌नका लागि हामीले व्यक्‍तिगत सुविधालाई केही हदसम्म पन्छ्याउनु पर्ने हुनः सक्छ। पुनःभेटहरू द्वारा हामीले इमान्दार मानिसहरूको आध्यात्मिक आवश्‍यकतालाई पूरा गर्ने सुअवसर पाउन सक्‍तछौं।

३ चासो फेला परेको सबै ठाउँमा फर्केर जानु होस्‌: हाम्रा प्रकाशनहरूलाई अस्वीकार गरे तापनि, राज्यको समाचारमा चासो व्यक्‍त गर्ने सबैलाई नै पुनःभेट गर्न जानु पर्छ। यस्ता कैयन्‌ मानिसहरू पनि छन्‌ जसले आफ्नो चासो, बाइबल विषयहरू बारे हामीसित छलफल गर्न इच्छुक भएर व्यक्‍त गर्छन। मानिसहरू सित शास्त्रबाट कुनै खास विषयबारे छलफल गरेर राज्य समाचारमा चासोको विकास कसरी गर्न सकिन्छ भन्‍ने कुरा येशू तथा उहाँका चेलाहरूले देखाउनु भयो।—म० १०:२१; प्रे० २:२७-४१.

४ बाइबल अध्ययन थाल्ने उद्देश्‍य लिएर नै हामी त्यहाँ फर्केर जान्छौं। एउटा गृह बाइबल अध्ययन कसरी सञ्चालन गरिन्छ सो को प्रदर्शन हामीले घरपट्टीलाई देखाउन सक्छौं। तपाईं सुनिश्‍चित हुन सक्नु हुन्छ कि सिकाउनका लागि इमानदार हृदय भएका मानिसलाई भेट्टाउन सकौं भनी तपाईंले गर्नु भएको प्रार्थनाको प्रत्युत्तर यहोवाले अवश्‍य नै दिनु हुने छ। यहोवाको सेवामा तपाईंले गर्नु भएको उत्साहपूर्ण प्रयत्नलाई उहाँले आशिष दिनु हुने छ। यहोवाको मद्दत मागेर बाइबल अध्ययन थाल्ने लक्ष्य राख्नु भए कसो होला?

५ पर्चाहरूको सदुपयोग गर्नु होस्‌: बाइबल अध्ययन थाल्नका लागि पर्चाहरूलाई प्रभावकारी ढङ्‌गमा प्रयोग गर्न सकिन्छ। धेरै जनाले त मुख्य पृष्ठको तस्वीरबारे छलफल गरेर पनि वार्तालाप थाल्न सकेका छन्‌। घरपट्टीसित एक एकवटा अनुच्छेद पढ्‌नु होस्‌। कुनै प्रश्‍न सोधिएको छ भने, एकछिन रोक्नु होस्‌ र घरपट्टीलाई आफ्नो विचार व्यक्‍त गर्न दिनु होस्‌। शास्त्रपद्यहरू खोलेर पढनु होस्‌ तथा तिनीहरू कसरी लागू हुन्छन्‌ देखाउनु होस्‌। त्यस पछि अध्ययन गर्ने प्रकाशन तर्फ कुरा लैजानु होस्‌।

६ रीʹजनइङ पुस्तक चलाउनु होस्‌: रीʹजनइङ  पुस्तक चलाएर पुनःभेटलाई प्रभावकारी बनाउन सकिन्छ। पछिल्लो पटक गरिएको कुराकानीलाई अघि सार्नु हुँदा, छलफल गर्नका लागि उपयुक्‍त सामग्री रोज्ने मद्दत तपाईंले यस पुस्तकको मूख्य विषयहरू वा सूची अनुक्रममा पाउनु हुने छ। “अक्सर गलत ढङ्‌गमा प्रयोग गरिएका शास्त्रपद्यहरू” (Scriptures Often Misaplied) शीर्षक अन्तर्गत पाइने सूचनाले तपाईंलाई विभिन्‍न आपत्तिहरूको जवाफ दिन मद्दत दिने छ। “यहोवाका साक्षीहरूले बाइबल सम्बन्धी आफ्नो विश्‍वासको स्पष्टीकरण कसरी दिन्छन्‌?” (How do Jehovah’s Witnesses arrive at their explanation of the Bible?) भन्‍ने एउटा शीर्षक रीʹजनइङ  पुस्तकमा पाइन्छ। यस पुस्तकको पृष्ठ २०४ अन्तर्गत भएको सूचना चलाउँदै धेरै बाइबल अध्ययनहरू सफलतापूर्वक सुरु गर्न सकेको कुरा अग्रगामीहरूले पठाएको रिपोर्टबाट थाहा लागेको छ। बाइबलको स्पष्टीकरण कसरी बाइबलले स्वयं दिन्छ भनेर तिनीहरूले चासो देखाउने व्यक्‍तिलाई देखाउँछन्‌। यो तरिका कामयाब भएको छ तथा यसको फलःस्वरूप कैयन्‌ बाइबल अध्ययनहरू सुरु भएको छ।

७ येशू र प्रेरितहरू झैं, हामीले पनि यहोवाका भेडाहरूमा निष्कपट चासो व्यक्‍त गर्नु पर्छ। (लू० ९:११) मानिसहरूका लागि हामीमा प्रेम छ भने, हामी तिनीहरूकहाँ राज्यका सत्य कुराहरू लिएर जाने मद्दत पाउँने छौं। (२ कोरि० २:१७) अरूहरूको आध्यात्मिक भलाइको निम्ति जब हामी विशेष परिश्रम गर्छौं, तब पुनःभेट गर्ने चुनौतीको हामीले सामना गर्न सक्ने छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने