मानिसहरूलाई अघि सर्न र सुयोग्य हुने मद्दत दिन
१ यसै वर्षको जुलाई महिनाको ९ र १०-मा भारतमा रहेका सबै परिभ्रमण निरीक्षकहरू [Circuit Overseer]-सँग लोनावलामा एउटा सभा आयोजित गरियो। यी भाइहरू मध्ये छब्बीस जनाका साथ साथै बेथेलको सर्भिस डिपार्टमेन्टमा सेवा गर्ने चारजना भाइहरू उपस्थित भए। भारतको शाखा समितिमा कार्यरत सबै तीन भाइहरू लगायत अस्ट्रेलिया शाखाका समन्वयकर्ता, भाई भि० मोरिट्ज प्रशिक्षकहरूको रूपमा सेवा गरे। यसै वर्षको मे महिना देखि जुलाई महिनासम्म अन्तरिम शाखा समिति समन्वयकर्ताको हैसियतमा भाई भि० मोरिट्जले यहाँ सेवा गर्नु भयो।
२ छलफल गरिएका अनेकन् विषयहरू मध्ये, एउटा चाहिं भाइहरूलाई मण्डलीमा अरू ठूलो जिम्मेवारी लिन अघि सर्ने र त्यसका लागि सुयोग्य हुन मद्दत दिने आवश्यकताको विषय थियो। मानिसहरूले रोपेर पानी हालेका बिरुवालाई परमेश्वरले बढाउनु हुने विषयमा पावलले १ कोरिन्थी ३:६-मा चर्चा गरेका थिए। यो शास्त्रपद्य मुख्यतया चेला बनाउने काममा प्रयोग गरिन्छ। तथापि मण्डली भित्र पनि यही सिद्धान्त लागू हुन्छ। यहोवासँग एउटा ग्रहणयोग्य सम्बन्ध बाँध्नका लागि भेडा-जस्ता व्यक्तिहरूलाई मानव सहायताको आवश्यकता पर्छ, तथा यहोवाको पार्थिव सङ्गठनको सहायता पनि चाहिंन्छ। यसै अनुरूप, सेवामा विशेषाधिकारहरू प्राप्त गर्न सुयोग्य हुनका लागि मण्डलीका भाइहरूलाई पनि सहायताको खाँचो पर्छ।
३ मद्दत दिन सक्ने तरिकाहरू प्रति सजग बस्नु होस्: यदि कुनै व्यक्ति निरीक्षकको कार्य गर्न चाहन्छ भने, “यो एउटा प्रशंसनीय आकाङ्क्षा” हो। (१ तिमो० ३:१, फिलिप्पस्) प्राचीनको रूपमा सेवा गरी रहेका भाइहरू मण्डलीमा भएका जवान र नयाँ भाइहरूको योग्यता प्रति सचेत हुनु पऱ्यो र काबिल तुल्याउनका लागि तिनीहरूलाई मद्दत एवं प्रोत्साहन पनि दिनु पऱ्यो। केही सहायता नपाईकन भाइहरूले उन्नति गर्लान् कि भन्दै तिनीहरू पर्खेर बस्नु भएन। यस्ता भाइहरूलाई अघि सर्ने सहायता दिनका लागि तपाईंले आफ्नो मण्डलीमा अरू बढी केही गर्न सक्नु हुन्छ कि?
४ प्राचीन तथा सहायक सेवकहरूमा हुनु पर्ने गुणहरूको सूची दिए पछि, १ तिमोथी अध्याय ३-को १० पद्यले “यिनीहरू निष्कलङ्क” ठररिए मात्र रोज्नु भन्दछ। यसको अर्थ प्राचीनहरूले आफ्नो “हात बाँधेर” अरू भाइहरूको आचरण ध्यानपूर्वक जाँच गर्नु भनेको होइन। असल नाउँ चलेका सबै भाइहरूलाई काम खटाउन सकिन्छ र तिनीहरूले त्यसलाई सावधानीपूर्वक गर्छन् वा गर्दैनन् भनेर हेर्न सकिन्छ। तिनीहरूलाई एउटा बाइबल अध्ययन सञ्चालन गर्ने, सहायक वा नियमित अग्रगामी काम गर्ने, सम्पूर्ण बाइबल पढ्ने जस्ता व्यक्तिगत लक्ष्यहरू राख्ने मद्दत दिन सकिन्छ। यस पछि मात्रै तिनीहरू “निष्कलङ्क” छन् वा छैनन् भन्ने कुराको पुनःरावलोकन प्राचीनहरूले गर्न सक्ने छन्। क्षेत्र निरीक्षकसँग प्राचीनहरूको भेट् हुँदा, विशेष जिम्मेवारीहरू उठाउने कामका लागि, तिनीहरूले मण्डलीका प्रत्येक वयस्क लोग्ने मानिसलाई विचार गर्नु पर्छ। यिनीहरू योग्य छैनन् भने, सो हुन तिनीहरूलाई कसरी मद्दत दिन सकिन्छ भनेर पत्ता लगाउनु पर्छ।
५ भाइहरू जसै उन्नति गर्दै जान्छन्, तिनीहरू जन वक्ता, सहायक सेवक वा प्राचीन जस्ता विशेषाधिकारहरू बाट अनावश्यक रूपमा वञ्चित नहोऊन भनेर प्राचीनहरूले विचार पुऱ्याउनु पर्छ। भाइहरूको सुयोग्यताको पुनःरावलोकन गर्दा, प्राचीनहरूले तिनीहरूमा सिद्धताको खोजी गर्नु भएन किनकि वास्तवमा हामीमध्ये कोही पनि सिद्ध छैन। (भजन० १३०:३) बरु त्यो भाईको सम्पूर्ण जीवन शैली शास्त्रसँग मेल खान्छ कि खाँदैन तथा जुन विशेषाधिकार दिनका लागि तिनको योग्यतामाथि विचार गरिंदै छ त्यस अनुसारको क्षमता र योग्यता तथा अनुभव तिनमा छ छैन भनी तिनीहरू बुझ्न चाहन्छन्। तथापि, यसको अर्थ शास्त्रमा उल्लेखित आवश्यकताहरूको अवहेलना गर्नु पटक्कै होइन।
६ केही वर्ष देखि सहायक सेवकको रूपमा सेवा गर्दै आएका बीसतीस वर्ष पुगेका भाइहरूलाई प्राचीन हुन देखि बिनाकारण रोकेर राख्नु हुँदैन। कहिले काहीं हामी देख्छौं कि कुनै भाइ विश्वासिलो भएर कैयन् वर्षदेखि सहायक सेवक तथा सह-प्राचीनको रूपमा सेवा गर्दै आएका छन् र तिनमा कुनै गम्भीर त्रुटि पनि छैन। तरैपनि तिनलाई प्राचीन बनाउनका निम्ति कसैले पनि सिफारिस गरेका छैनन। यस्ता व्यक्तिहरूले उन्नति गरेको हामी हेर्न चाहन्छौं। उन्नति गर्ने मद्दत दिनु होस्। तिनीहरूलाई बढ्दो जिम्मेवारी दिनु होस् र यदि तिनीहरूले त्यसलाई ठीक सित पूरा गरे भने, अझ अरू विशेषाधिकारहरूका लागि तिनीहरूको सिफारिस् गर्न सकिन्छ। मण्डलीको सेवा गर्नका लागि अझ अरू सुयोग्य भाइहरू भएमा लाभ एवं बढोत्तरी नै हुने छ। यसले यहोवाको नाउँको महिमा गर्ने छ।—भजन० १०७:३२.