सृष्टिको परमेश्वरलाई प्रशंसा गर्नु होस्
१ रमणीय प्राकृतिक दृश्यहरू, रङ्गविरङ्गी सुर्यास्त, राती तारै ताराले जडेको आकाश, चराहरूको सुमधुर गान अथवा मन रिझाउने यी सबै थोकहरूका लागि तपाईंले श्रेय कसलाई दिनु हुन्छ? हो, हामी सृष्टिको परमेश्वरलाई प्रशंसा गर्न उत्प्रेरित हुन्छौं। प्रकाशको पुस्तक ४:११-को उद्घोषणासित हामी सम्पूर्ण हृदयले सहमत छौं। सबै थोक नै सृष्टि गर्नु भएको हुनाले, यहोवा परमेश्वर हाम्रा प्रशंसाको योग्य हुनु हुन्छ।
२ परमेश्वरका सृजनात्मक कार्यहरूको प्रमाण हुँदा हुँदै, जीवन संयोगवश वा अन्धा विकासद्वारा शुरु भएको हो भन्ने धारणालाई मानिसहरूले समर्थन गर्छन्। यो ठूलो झूटले मानिसहरूलाई पतित र भ्रष्ट पारेको छ, तथा हाम्रो महान सृष्टिकर्तामाथि ईश्वरनिन्दापूर्ण कलङ्क ल्याएको छ।—उप० १२:१; रो० १:२०, २५.
३ यहोवाका वफादार दासहरूको रूपमा, आफ्नो सृष्टिकर्ता तथा उहाँका अचम्मका कामहरूको सत्यतालाई प्रस्तुत गर्ने सुअवसर हामी अक्टोबर् महिनामा पाउने छौं। जीवन—यहाँ कसरी आयो? विकास अथवा सृष्टिद्वारा? [Life—How Did It Get Here? By Evolution or by Creation? नेपालीमा उपलब्ध छैन।] पुस्तकलाई जीवनको उत्पत्ति तथा उद्धेश्य सम्बन्धी तथ्यहरू सिक्ने वास्तविक चासो प्रकट गर्ने ती सबैकहाँ प्रस्तुत गरिने छ। जीवनको उत्पत्ति सम्बन्धी सत्यतालाई साहसपूर्वक प्रतिरक्षा गर्न यो प्रकाशनले हामीलाई सुसज्जित पार्दछ।
४ विशेष इलाकाहरू: घर-घर गएर साक्षी दिने कार्य बाहेक, विकास वा सृष्टिको विषयमा खास चासो देखाउने व्यक्तिहरूसित तिनीहरूको कार्य क्षेत्र वा स्कूलमा सर्म्पक राखेर तिनीहरूसित कुराकानी गर्न हामी विशेष प्रयत्न गर्ने छौं। उदाहरणका लागि, आफ्ना शिक्षकहरूलाई सृष्ट [Creation] पुस्तक देखाएर तरुण साक्षीहरूले सफलतापूर्वक यसलाई वितरण गर्न सकेका छन्। एउटी जवान साक्षीले पनि आफ्नो शिक्षकलाई सृष्ट पुस्तक दिइन्। तिनको शिक्षकले त्यो पुस्तक पढे पछि, कक्षालाई सिकाउँदा पनि त्यसैलाई एउटा आधारको रूपमा प्रयोग गरेको देख्दा, साक्षी छक्क परीन्। (w90 9/1 p. 32; w86 10/1 p. 32) यो असल प्रकाशन पढेर अवश्य आनन्द उठाउन सक्ने तपाईंका सबै शिक्षकहरू र सहपाठीहरू सित यसबारे तपाईं पनि किन कुरा नगर्ने?
५ तपाईंको इलाकामा बस्ने वा काम गर्ने कलेजका विद्यार्थीहरू तथा शिक्षकहरूलाई भेट्ने विशेष प्रयत्न गर्न सकिन्छ। वकिलहरू तथा चिकित्सकहरू जस्ता व्यवसायी मानिसहरूले यो सृष्ट पुस्तकमा पाइने गहिरो अनुसन्धान तथा प्रमाणको प्रस्तुतीकरणका लागि मूल्याङ्कन व्यक्त गरेका छन्। (yb87 p. 54) तपाईंले भेट गर्नु हुने व्यक्तिहरू पनि यो सुन्दर र चित्रमय प्रकाशनलाई एउटा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न इच्छुक हुन सक्छन्।
६ यस विषयमा साधारणतया धेरै मानिसहरूलाई चासो हुँदैन। यसैकारण हामीले भेटेका सबैलाई नै यो सृष्ट पुस्तक प्रस्तुत गर्नु बुद्धिमानीको कुरा हुने छैन। बरु तिनीहरूलाई मन पर्ने कुनै पत्रिका अथवा अन्य अरू साहित्य दिन सकिन्छ। तर तपाईं यो पुस्तकबाट शैक्षिक र सृष्टिकर्तामाथि विश्वास बढाउने एक दुईवटा विशेष बुँदाहरूको छलफल गर्नु हुँदा, अझ सिक्न इच्छुक हुने सही मनोवृत्ति भएका मानिसहरू तपाईं भेट्न सक्नु हुनेछ। यस्ताहरूलाई नै हामी यो सृष्ट पुस्तक प्रस्तुत गर्न चाहन्छौं।
७ यो असल सामग्रीले विकासको सिद्धान्त कत्तिको वाहियात हो भनी थाहा पाउँने मद्दत अरू धेरैलाई दिन सकोस्। साथै यसबाट तिनीहरूले जीवनको वरदानको निम्ति आफ्नो मूल्याङ्कन पनि बढाउन सकून्। यो पुस्तकले तिनीहरूलाई जीवनदाता र “स्वर्ग र पृथ्वी सृजनु” हुनेको महिमाको निम्ति सधैंभरि बाँच्ने प्रेरणा पनि दिने छ।—भजन० १४६:६.