जनवरी महिनाका लागि सेवा सभाहरु
जनवरी ४-मा सुरु हुने हप्ता
गीत २३ (११९)
१० मि०: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू।
२५ मि०: “यहोवाका साक्षीहरूको १९९३ ‘ईश्वरीय शिक्षा’ जिल्ला सम्मेलन।” बीचको अतिरिक्त पृष्ठ (Insert)-को सेक्रेटरी द्वारा प्रश्नोत्तर विचार-विमर्श। सम्मेलनका लागि अहिले देखि नै तयारीहरू गर्न सबैलाई जोशका साथ प्रोत्साहन दिनुहोस्। सम्मेलनको दौडानमा र आवास स्थलहरूमा हामीले देखाएको राम्रो आचरणले कसरी राम्रो गवाही दिन्छ भन्ने कुरालाई जोड दिनुहोस्। इमानदारी, आज्ञाकारीता, अरूहरू प्रति प्रेमपूर्ण चासो र अरू यस्तै विषयहरूमा बाइबलले दिएका सिद्धान्तहरूलाई लेखहरूद्वारा जोड दिनुहोस्। सम्मेलन धाउन गरिएको प्रयास र सोसाइटीका प्रबन्धहरूलाई सहयोग गरेका लागि सबैको प्रशंसा गर्नुहोस्।
१० मि०: “ईश्वरीय भक्तिलाई लक्ष्य बनाउदै आफूलाई प्रशिक्षण दिइरहनुहोस्।” ईश्वरीय पाठशाला निरीक्षक (School overseer) द्वारा उत्साहवर्धक भाषण। भाषण न० २ कसरी दिनुपर्छ भन्ने कुरालाई स्पष्टसँग बयान गर्नुहोस्, र भाषण न० २ का लागि छुट्टयाइएका बाइबलको भागमाथि विस्तृत टिप्पणी नदिनु भनी बाइबल विशेषताहरू (Bible Highlights) खटाइएकाहरूलाई याद गराउनुहोस्।
गीत १३९ (७४) र समापनको प्रार्थना।
जनवरी ११-मा सुरु हुने हप्ता
गीत १६२ (८९)
१० मि०: स्थानीय घोषणाहरू। जनवरी १८-मा क्षेत्र सेवकाईका लागि कुनै विशेष प्रबन्धहरूको विवरण दिनुहोस्।
२० मि०: “शान्ति र सुरक्षा ल्याउने परमेश्वरको उपायको प्रचार गर्नुहोस्।” यस लेखलाई प्रश्न उत्तरद्वारा सञ्चालन गर्नुहोस्। क्षेत्र सेवामा पर्चा चलाउन प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्। चौथो अनुच्छेद छलफल गरिसकेपछि, शान्तिमय नयाँ संसारमा जीवन नामक पर्चा चलाएर बाइबल अध्ययनको सुरुआत कसरी पहिलो भेटमा वा पुनःभेटमा गर्न सकिन्छ भन्ने कुरा राम्रोसँग तयारी गरेका प्रकाशकद्वारा प्रदर्शन गराउनुहोस्। प्रदर्शन यसरी गर्न सकिन्छ। प्रकाशक: “नमस्ते। आज हामी मानिसहरूसँग जीवनका गुणस्तरहरू बारे कुरा गर्दैछौं। आज मानिसको जीवनमा भइरहेका कुराहरू देखि के तपाईं सन्तुष्ट हुनुहुन्छ?” घरधनी: “अवश्य छैन।” प्रकाशक: “के तपाईंलाई परिस्थिति सुध्रिएला जस्तो लाग्छ?” घरधनी: “खै! थाहा छैन।” त्यसपछि प्रकाशकले पर्चा दिन्छ र भन्छ: “कसै-कसैको विचार अनुसार आज घटिरहेको घटनाहरू बाइबलमा उल्लिखित भविष्यवाणी अनुरूप भइरहेको छ र एउटा सुन्दर संसार नजिकै छ भनी तिनीहरू सोच्छन्। तपाईंलाई कस्तो लाग्छ?” घरधनी: “खै! थाह छैन। हुन पनि सक्छ।” त्यसपछि प्रकाशकले पर्चा देखाउँछ र यहोवाले चाँडै नै यस पृथ्वीमा प्रमोदवनरूपी अवस्था ल्याउनु हुने छ भनी बाइबलले प्रतिज्ञा गर्दछ भनेर बताउँछ। वर्तमान परिस्थितिको अन्त नजिक छ भनेर बाइबलले दिएका प्रमाणहरूलाई विचार गर्न प्रकाशकले अर्को भेटको प्रबन्ध मिलाउँछ।
१५ मि०: रक्त क्षेपणका समस्याहरू देखि टाढा बस्नु—नयाँ मेडिकल डाइरेक्टीभलाई नवीकरण गर्ने समय। यस कार्डको प्रयोगबारे वर्णन गर्ने अक्तुबर १५, १९९१ को चिठीलाई यो भाग सञ्चालन गर्ने प्राचीनले ध्यानपूर्वक विचार गर्दछन्। तयारी गर्दा सोसाइटीको जनवरी १, १९९०-को चिठीलाई माथि देखि तलसम्म दोहऱ्याउनुहोस्। कार्डवालाले कागजातमा हस्ताक्षर गरेको साक्षी बसिदिने व्यक्तिहरूले देखेको हुनुपर्छ। सबैलाईनै यसै सभामा नयाँ कार्ड लिन र राज्य सभा गृह छाड्नु अघि त्यसलाई भरेर लैजान प्रोत्साहित गर्नुहोस्। बप्तिस्मा प्राप्त प्रकाशकहरूले आफ्नो नयाँ मेडिकल डाइरेक्टीभ/रिलीज कार्ड नलिकन घरबाट कहिल्यै पनि निस्कनु हुँदैन। साक्षी आमा-बाबु भएका बप्तिस्मा अप्राप्त बालिग केटा-केटीहरूले सधैं आफ्नो परिचय पत्र बोक्नुपर्छ। एउटा मण्डली सभामा हालसालै लिएको जाँच-पडतालमा ५ जना प्रकाशकहरू मध्ये १ जनासँग आफ्नो कार्ड आफूसँग नभएको र कुनै पनि केटा-केटीहरूसँग तिनीहरूको परिचय पत्र नभएको भेट्टाइयो। अन्तमा हितोपदेश २२:३ पढ्नुहोस् र त्यसलाई प्रयोग गर्नुहोस्।
गीत १५१ (२५) र समापनको प्रार्थना।
जनवरी १८-मा सुरु हुने हप्ता
गीत १३० (५८)
१० मि०: स्थानीय घोषणाहरू र ईश्वरतान्त्रिक समाचार। सोसाइटीले पठाएको चन्दा प्राप्त भएको सूचना र लेखा रिपोर्ट पढ्नुहोस्। स्थानीय मण्डली र साथै सोसाइटीको विश्वव्यापी कामका लागि गरिएको वफादार आर्थिक सहयोगहरूका लागि मण्डलीको सराहना गर्नुहोस्।
२० मि०: “अत्यावश्यक साधनहरूलाई बुद्धिमानीका साथ प्रयोग गर्नु।” सभापतिको सङ्क्षिप्त परिचय पछि अनुच्छेद २ देखि ५ सम्म दिएका कुराहरूमा आधारित दुईवटा प्रदर्शनीहरू हुने छ। पहिलो प्रदर्शनीको अन्तमा घरधनीले दुईवटा पत्रिकाहरू स्वीकार्छ। परमेश्वरले किन दुःख-कष्ट रहिरहने अनुमति दिनुहुन्छ? भन्ने प्रश्नको उत्तर अर्को पटक आउँदा दिने वचन प्रकाशकले दिन्छ। दोस्रो प्रदर्शनीको अन्तमा उपयुक्त पर्चाबाट गृह बाइबल अध्ययनको सुरुआत हुन्छ। यस सप्ताहन्तमा क्षेत्र सेवकाईमा भाग लिंदा घरधनीहरूलाई शास्त्रीय छलफलमा सामेल गराउन सबैलाई नै प्रोत्साहित गर्नुहोस्।
१५ मि०: मसीहीहरू किन रगत देखि अलग बस्छन्। रिजनिङ्ग पुस्तकको पृष्ठ ७०-२-मा उल्लिखित विषय “रगत”-को परिभाषा र पहिलो तीनवटा उप-शीर्षकहरूमा आधारित भाषण प्राचीनद्वारा दिइनेछ।
गीत १७७ (१६३) र समापनको प्रार्थना।
जनवरी २५-मा सुरु हुने हप्ता
गीत १२८ (१०)
१० मि०: स्थानीय घोषणाहरू र “प्रश्न-पेटी”। आफ्ना प्रश्नहरूका उत्तरहरूका लागि आफै अनुसन्धान गर्न भाइहरूलाई प्रोत्साहित गर्नुहोस् तर शास्त्रीय उत्तरहरूका लागि तिनीहरूका मण्डलीका प्राचीनहरूसित सम्पर्क राख्न तिनीहरूलाई सधैं स्वागत छ र आवश्यक परेमा सोसाइटीसित पनि सम्पर्क राख्न सकिन्छ भन्ने कुरा उल्लेख गर्नुहोस्।
१५ मि०: “के तपाईं अग्रगामी भएर यहोवाको सेवा गर्न सक्नुहुन्छ?” श्रोतागणसँग छलफल। नियमित अग्रगामी काम गरिरहेका एकजना जवान व्यक्तिलाई वा जवान हुँदा अग्रगामी काम गरेका प्रकाशकको अन्तर्वाता लिनुहोस्। युवाहरूलाई अग्रगामी काम गर्ने तिनीहरूको लक्ष्यसम्म पुऱ्याउन आमा-बाबु र अरूहरूले कसरी प्रोत्साहित गर्नसक्छन् भन्ने कुरालाई प्रकाश पार्नुहोस्। पूर्ण-सेवकाईमा सामेल हुन सकिने सम्भावनाबारे गम्भीर विचार गर्न सबैलाई नै विनम्र अनुरोध गर्नुहोस्। अप्रिल महिनामा सहायक अग्रगामी हुन अहिले नै योजना बनाउनुहोस्।
२० मि०: “प्रभावकारी पुनःभेटहरू गरेर चासो बढाउनुहोस्।” अनुच्छेद ३-मा दिएको वार्तालापको प्रदर्शनका साथ छोटो भाषण। समय भएमा परिचय वा शास्त्रपद्यतर्फ कुरा लैजाने तरिका जस्ता प्रस्तुतिका मुख्य तत्त्वहरूलाई दोहोऱ्याउन सकिन्छ।
गीत १६० (८८) र समापनको प्रार्थना।