घोषणाहरू
▪ प्रस्तुत गर्नुपर्ने प्रकाशनहरू: जनवरी: विशेष भेंट, १९२ पन्ने पुरानो पुस्तक। प्रत्येकको रु० ६-मा। मल्यालम र तामिल भाषामा: ट्रु पिस एण्ड सेक्योरिटी—फ्रम व्हाट सोर्स (पुरानो संस्करण।) गुजरातीमा: द ट्रुथ देट लिड्स टु इटरनल लाइफ र इज दिस लाइफ ॲल देर इज? हिन्दी र कन्नडामा: गुड न्युज टू मेक यु ह्यापी र “लेट योर किङ्गडम कम।” तेलुगुमा: इज दिस लाइफ अल दैर इज? मराठीमा: लिसनिङ्ग टू द ग्रेट टीचर र इज दिस लाइफ ॲल देर इज? बङ्गाली र नेपालीमा: हाम्रा समस्याहरू पुस्तिका रु० ३-मा। फेब्रुअरी: सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक रु० ४०-मा (सानोको रु० २०) मार्च: यङ्ग पीपल आस्क पुस्तक रु० २०-मा। यो पुस्तक नपाइने भाषाहरूमा सधैभरि बाँच्न सक्नुहुन्छ पुस्तक रु० ४०-मा। (सानोको रु० २०) अप्रिल र मई: वॉचटावर-का लागि वार्षिक ग्राहक। अर्ध-मासिक संस्करणका लागि वार्षिक ग्राहक मूल्य रु० ६०। ६ महिनाका लागि अर्ध-मासिक संस्करणको र मासिक संस्करणको वार्षिक ग्राहक दर रु० ३०। (मासिक संस्करणका लागि ६ महिने ग्राहक सुविधा छैन।)
सूचना:माथि उल्लिखित अभियानका लागि प्रकाशनहरू नमगाएका मण्डलीहरूले अर्को पटक साहित्य माग फारम (S-14) भरेर मगाउन सक्छन्।
▪ आइतवार, मार्च २८ तारिखका दिन विश्वभरि १९९३ स्मरणार्थ सुअवसरका लागि विशेष भाषण दिइनेछ। भाषणको विषय “‘परमेश्वरका कार्यहरू’—तपाईं त्यसलाई कसरी हेर्नुहुन्छ?” हुने छ। भाषणको मसौदाको प्रबन्ध गरिनेछ। त्यस सप्ताहन्तमा परिभ्रमण निरीक्षकको भ्रमण, क्षेत्र सम्मेलन वा विशेष सम्मेलन भइरहेका मण्डलीहरूमा चाहिं यो भाषण अर्को हप्तामा दिइनेछ। मार्च २८ भन्दा अगाडि कुनै पनि मण्डलीले यो भाषण दिनु हुँदैन।
▪ सन् १९९३ को जनवरी १ तारिख देखि लिथुएनी भाषामा द वॉचटावर को मासिक संस्करण उपलब्ध हुने छ। यसरी अब यो पत्रिका प्रकाशित हुने भाषा संख्या ११२ भएको छ। साथै यसै जनवरी देखि द वॉचटावर-को तेलुगु संस्करण अर्ध-मासिक हुने भएको छ।
▪ अभिव्यक्तिहरू र कार्यविधिहरूलाई समयानुकूल बनाउन स्कूल गाइडबुक मा परिवर्तनहरू गरिएका छन्। पृष्ठ १०० देखि १०२-मा गरिएको एकमात्र उल्लेखनीय परिवर्तनले मात्र ईश्वरतान्त्रिय सेवकाई पाठशालालाई प्रभाव पार्दछ। यसले कार्यविधिलाई ईश्वरतान्त्रिक सेवकाई पाठशाला तालिकामा छापिएका निर्देशनहरूसँग मेल खाने बनाएको छ। छाँटकाँट गरिएको यो स्कूल गाइडबुक अङ्ग्रेजीमा अहिले उपलब्ध छ र मण्डलीहरूले चाहिएको जति मगाउन सक्छन्।
▪ जनवरी १, १९९३ देखि साहित्यको मूल्यमा संशोधन गरिएको छ। मण्डलीहरूलाई मूल्यमा भएको यो वृद्धिलाई चढाइनेछ। यो परिवर्तन दिसम्बर ३१, १९९२-मा दिएको साहित्य स्टक सूचिमा आधारित हुने छ। पत्रिका र पत्रिका ग्राहक मूल्यमा कुनै परिवर्तन गरिएको छैन।