प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 डिसेम्बर
  • वार्षिक पुस्तक —प्रोत्साहनको खजाना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वार्षिक पुस्तक —प्रोत्साहनको खजाना
  • हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९३
km93 डिसेम्बर

वार्षिक पुस्तक —प्रोत्साहनको खजाना

१ यहोवाका अद्‌भुत कार्यहरूको रिपोर्ट र अनुभवहरू परमेश्‍वरका जनहरूका लागि सधैं नै आराम र स्फूर्तिदायक हुन्छन्‌। (अय्यूब ३८:४, ७; हितो० २५:२५; लूका ७:२२; प्रेरित १५:३१) यसैकारण त यहोवाका साक्षीहरूको वार्षिक पुस्तक प्रोत्साहनको एउटा खजाना हो।

२ यहोवाका साक्षीहरूका गतिविधि र प्राप्तिहरू बारे विश्‍वभरिबाट ढाडसपूर्ण रिपोर्टहरू प्रत्येक वार्षिक पुस्तक-मा प्रस्तुत गरिन्छ। आफ्ना जनहरूका लागि यहोवाको निर्देशन, सुरक्षा र आशिष प्रोत्साहनयुक्‍त अनुभवहरूद्वारा प्रदर्शित हुन्छ। साथै, वार्षिक पुस्तक-मा ती निष्ठावान लोग्नेमानिस र स्वास्नीमानिसहरूको विषयमा पढन पाइन्छ जसले सबै महाद्वीपहरू र समुद्रका धेरै जसो टापुहरूका मानिसहरूलाई बाइबलको सच्चाइ सुनाउन आफ्नो परिवार, इष्ट-मित्र र घरबार छाडे।

३ यस वार्षिक पुस्तक-ले धेरै जनालाई परमेश्‍वरको सेवा अझ बढी मात्रामा गर्ने प्रेरणा दिएको छ। एउटी पाठिकाले यसप्रकार लेखी पठाइन्‌: “जति पढ्‌छु उति पढौं पढौं लाग्छ। यसमा अझसम्म पढेको कुरा मलाई अति नै प्रोत्साहनदायक लाग्यो। अरूहरूले थिचोमिचोको बावजूद गरेको कामबारे पढेपछि मैले पनि सुसमाचार प्रचार गर्ने सम्बन्धमा अझ बढी केही गर्न सक्छु जस्तो लाग्यो।”

४ सन्‌ १९२७ देखिन्‌ यहोवाका साक्षीहरूको वार्षिक पुस्तक प्रत्येक वर्ष साँच्चै नै प्रेरणादायक रिर्पोट र अनुभवहरूको खजाना रहेको छ। प्रोत्साहनको यो अनुपम स्रोतबाट के तपाईंले पनि पूर्ण लाभ उठाउनु हुँदैछ? लाभ उठाउने हो भने तपाईंले वार्षिक पुस्तक पाउनासाथै त्यसलाई पढ्‌नु होस्‌। यसपछि, आफूलाई र आफ्नो परिवारलाई चाहिने प्रोत्साहनका लागि यसका केही भागहरूको पुनरावलोकन सालभरि गरिरहनु होस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने