घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू दिसम्बर: अझसम्म बाँचेका सबैभन्दा महान पुरुष पुस्तक चन्दा स्परूप रु. ४०.०० लिएर दिन सकिन्छ। त्यो उपलब्ध नहुने ठाउँमा माइ बुक अफ बाइबल स्टोरिज अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक चन्दा स्परूप रु. ४०.०० लिएर दिन सक्नुहुन्छ। (सधैंभरि बाँच्न पुस्तक, सानोको दर रु. २०.००)। जनवरी: डज् गड रियली केर अबाउट अस्? पुस्तिकाको चन्दा रु. ४.००-। यो उपलब्ध नहुने ठाउँमा विशेष मोल रु. ६.०० चन्दा लिएर १९२ पाना भएका पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। यस प्रकारका निम्नलिखित पुस्तकहरू हामीसित उपलब्ध छन्: अंग्रेजी: डिड म्यान गेट हियर बाई एभोल्युशन अर बाई क्रियेशन? र इज दिस लाइफ अल देर इज? गुजराती: गुड न्युज—टु मेक यु ह्यापी, “लेट योर किङ्गडम कम” र द ट्रुथ द्याट लिड्स टु इटरनल लाइफ; हिन्दी: गुड न्युज—टु मेक यु ह्यापी र “लेट योर किङ्गडम कम;” कन्नड: गुड न्युज—टु मेक यु ह्यापी, “लेट योर किङ्गडम कम” र “थिंङ्गस् इन विच इट इज इम्पोसिबल फर गड टु लाइ;” मराठी: लेट योर किङ्गडम कम,” लिस्निङ्ग टु द ग्रेट टिचर; तामिल: इज दिस लाइफ अल देर इज? र “लेट योर किङ्गडम कम;” तेलगु: इज दिस लाइफ अल देर इज? र बङ्गाली र नेपाली जान्ने व्यक्तिहरूलाई हाम्रा समस्याहरू पुस्तिका प्रस्तुत गरे हुन्छ र पञ्जाबी जान्नेलाई “लुक!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालममा योर युथ—गेटिङ्ग द बेस्ट आउट अफ इट पुस्तक रु. १२.०० चन्दा स्परूप लिएर दिन सकिन्छ। यो पुस्तक विशेष मोलमा दिन सकिंदैन, सो नबिर्सिनु होस्। फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ। ठूलो साइजको चन्दा रु. ४०.०० र सानोको चाहिं चन्दा रु. २०.०० मार्च: चन्दा स्वरूप रु. २० लिएर क्वेस्चन् यङ्ग पिपल आस्क—आन्सर्स द्याट वर्क (अंग्रेजी, मलायलम, र तामीलमा उपलब्ध छ) पुस्तक दिन सकिन्छ। जहाँ यो उपलब्ध छैन, चन्दा स्वरूप रु. ४० लिएर पार्थिव प्रमोदवनमा तपाईं सधैं बाँच्न सक्नुहुन्छ पुस्तक दिन सक्नुहुन्छ (सानो साइजको रु. २०)। साथै, एउटाको रु. ६ लिएर १९२-पाना भएका पुस्तकहरू विशेष मोलमा दिन सक्नुहुन्छ।
◼ सूचना: माथि दिएका कुनै पनि सामग्रीका लागि मण्डलीहरूले आडर अझसम्म पठाएका छैनन् भने सो अर्को पटक लिटरेचर आडर फारम (S-14) पठाउने बेलामा गर्नुहोस्।
◼ अध्यक्ष वा तिनले खटाएका व्यक्तिले दिसम्बर १ वा त्यसपछि जतिसके चाँडो मण्डलीको लेखा-परिक्षण गर्नुपर्छ। यसो गरी सकेपछि मण्डलीलाई सूचना दिनुहोस्।
◼ स्मरणा र्थको समारोह शुक्रबार, अप्रिल १४, १९९५-का दिन सूर्यास्तपछि मनाइनेछ। भाइहरूलाई सभा-गृहको आवश्यकता परेमा समयमै उनीहरूले आवश्यक व्यवस्था मिलाउन सकून भनेर १९९५-मा हुने स्मरणार्थको यो अग्रिम सूचना दिइएको हो।
◼ हामीलाई पठाइने सबै नै रकमहरू लोनावलामा निकाल्न सकिने गरी एकाउन्ट पेई डिमाण्ड ड्राफ्टबाट पठाउनु पर्छ। यसप्रकारको ड्राफ्टको सुबिधा दिने बैंकहरू: द स्टेट बैंक आफ इण्डिया, सिण्डिकेट बैंक, कनारा बैंक, बैंक आफ बरोदा, बैंक आफ महाराष्ट्र अथवा सेन्ट्रल बैंक आफ इण्डियाको खण्डाला शाखा।
◼ हामीसित लेखापढी गर्दा क्वार्टो कागत (८ १/२” x ११”) अथवा ए ४ साइजको कागत (८ १/४” x ११ १/२”) प्रयोग गर्नु भएमा बेस हुनेथियो। अर्को शब्दमा भन्ने हो भने वाच टावर सोसाइटीले पत्रव्यवहार गर्दा प्रयोग गर्ने वा त्यससित मिल्न सक्ने कागत प्रयोग गर्नुहोस् भनी अनुरोध गरिएको हो। विभिन्न साइजमा पठाइएका पत्रहरूलाई फाइलमा मिलाएर राख्ने समस्याबाट हामी बाँच्ने थियौं।
◼ साथै सोसाइटीलाई पत्र पठाउँदा कृपया बलियो खालका खामहरू प्रयोग गर्नुहोस्। मण्डलीहरूले अक्सर पातलो खालका खामहरूमा चिठ्ठीहरू र डिमाण्ड ड्राफ्टहरू पठाउने गर्छन्। त्यसो गर्दा ती बडो दुरावस्थामा लोनावला आइ पुग्छन्। कहिलेकाहीं डाकखानाले दया गर्दै डाकहरूलाई बाँधबुँध गरेर हामीलाई ल्याइ दिन्छन्।
◼ अन्तमा, आवश्यक डाक-टिकट टाँस्न नबिर्सिनु होस्। आवश्यक डाक-टिकट नटाँस्दा अथवा टाँस्दै नटाँस्दा हामीले अक्सर दोब्बर पैसा तिर्नु पर्दछ।
◼ द वाचटावर र अवेक! पत्रिकाहरूका १९९२-को सजिल्द खण्डहरू अब उपलब्ध छन् र यसका लागि हामीलाई आडर पठाउन सक्नुहुन्छ। यस्ता खण्डहरूका लागि मण्डलीहरूले ‘स्थायी आडर’ दिन चाहन्छन् भने पनि तिनीहरूले सो गर्न सक्छन्। यसो गर्दा प्रत्येक वर्ष आडर नदिइकनै पनि यी सजिल्द खण्डहरू प्राप्त गर्न सक्नेछन्।
◼ फेरि प्राप्त गर्न सकिने साहित्यहरू:
अंग्रेजी: यहोवाज् विट्नेसेज् इन ट्वेन्टियथ सेन्चुरी; हिन्दी: दियर इज मच मोर टु लाइफ।
◼ प्राप्त गर्न सकिने नयाँ प्रकाशनहरू:
कोङ्कनी र नेपाली: डज् गाड रियली केयर अबाउट अस्?