प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 मार्च p. २
  • मार्चका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्चका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
  • उपशीर्षकहरू
  • मार्च ७-मा प्रारम्भ हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९४
km94 मार्च p. २

मार्चका लागि सेवा सभाहरू

मार्च ७-मा प्रारम्भ हुने हप्ता

गीत २०० (१०८)

१० मि०:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट लिइएका खास घोषणाहरू।

१५ मि०:“आफ्नो आशा सबैको सामु जाहेर गर्न नछाड्‌नु होस्‌।” प्रहरीधरहरा अध्ययन सञ्चालकले प्रश्‍नोत्तरद्वारा यसलाई सञ्चालन गर्ने छन्‌। सभाहरूमा टिप्पणी गर्दा डराउन छाडिसकेकाहरूलाई टिप्पणी गर्न लाउनु होस्‌। अग्रिम तयारी गर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। प्रत्येक हप्ता मण्डलीमा हुने प्रहरीधरहरा अध्ययनमा पूर्ण रूपले भागलिनका लागि तयारी गर्न मण्डलीलाई प्रोत्साहित पार्नुहोस्‌।

२० मि०:“घरधनीलाई चाहिने किसिमको साहित्य प्रस्तुत गर्नुहोस्‌।” श्रोतासित छलफल। राम्ररी तयारी गरेर आएका प्रकाशकहरूलाई अनुच्छेद २ र ३-मा उल्लिखित प्रस्तुतिहरूलाई प्रदर्शित गर्न लाउनु होस्‌। प्रत्येक प्रदर्शनी पछि श्रोताहरूले त्यसबाट के सिके सो टिप्पणी गर्न लगाउनुहोस्‌। यो महिनामा यङ्‌ग पिपल आस्क पुस्तक प्रस्तुत गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत २२५ (१८)  र समापन प्रार्थना

मार्च १४-मा सुरु हुने हप्ता

गीत २०५ (११८)

१० मि०:स्थानीय घोषणाहरू। ईश्‍वरतान्त्रिक समाचार। यस हप्ताको क्षेत्र-सेवकाईमा प्रयोग गर्न सकिने नयाँ पत्रिकाहरूमा भएका खास बुँदाहरू तर्फ ध्यान आकृष्ट गर्नुहोस्‌। आफूसित बाइबल अध्ययन गर्नेहरू, चासो लिने र चिनजान भएका व्यक्‍तिहरू कहाँ यस हप्ता र आउँदो हप्ता पनि पुनःभेट गर्न जान र तिनीहरूलाई स्मरणार्थ समारोहमा भेला हुन आमन्त्रित गर्न प्रकाशकहरूलाई फेरि सम्झाउनु होस्‌।

१५ मि०:“अप्रिल महिनाको दौडान के तपाईं यहोवाको अझ बढी प्रशंसा गर्न सक्नुहुन्छ?” प्रश्‍नोत्तरद्वारा छलफल। पहिले सहायक अग्रगामी सेवा गरी सकेकाहरूलाई टिप्पणीहरू गर्न लाउनु होस्‌। यस विशेषाधिकारबाट लाभ उठाउन तिनीहरूले आफ्ना गतिविधिहरूमा के कस्तो छाँटकाँट गरे, सो व्याख्या गर्न भन्‍नु होस्‌। अप्रिल महिनामा सहायक अग्रगामी सेवामा भाग लिन विचार गर्ने सबैलाई नै यथासक्य चाँडो दरखास्त बुझाउने प्रोत्साहन दिनुहोस्‌।

२० मि०:“स्मरणार्थ समारोहमा आउनेहरूप्रति स्वागत भाव दर्साउनुहोस्‌।” प्रश्‍नोत्तरद्वारा छलफल। अनुच्छेद ३-पछि, स्मरणार्थ समारोहमा आएका एक जना नयाँ व्यक्‍तिलाई सहायक सेवकले स्वागत गरेको एउटा छोटो प्रदर्शनी प्रस्तुत गर्नुहोस्‌।

गीत १५० (८३) र समापन प्रार्थना।

मार्च २१-मा सुरु हुने हप्ता

गीत १४३ (७६)

१० मि०:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र प्राप्त चन्दाको सूचना। “ठीक ठीक समयमा खाना” शीर्षक भएको पेटीभित्र उल्लिखित लेखमाथि छलफल। अभिरुचि व्यक्‍त गर्ने सबै जनालाई अप्रिल १०-मा दिइने विशेष भाषणका लागि आमन्त्रित गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। स्मरणार्थ समारोहसम्बन्धी प्रबन्धहरूलाई फेरि दोहोऱ्‍याउनु होस्‌।

२० मि०“यहोवाको सेवामा आनन्दित।” इन्सर्टको १-११ सम्मका अनुच्छेदहरूमाथि श्रोताहरूसित छलफल। अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्न स्थानीय प्रकाशकहरूले आफ्ना दैनिक कार्यक्रममा छाँटकाँट गर्ने व्यावहारिक तरिकाहरू देखाउनुहोस्‌। यस काममा भाग लिन सकेसम्म धेरैलाई प्रोत्साहित गर्नुहोस्‌।

१५ मि०:“सरल तथा प्रभावकारी पुनःभेटहरू।” श्रोतासित छलफल। पुनःभेट गर्न जाँदा कुरा कसरी सुरु गर्न सकिन्छ, सो एउटा प्रदर्शनीद्वारा देखाउनुहोस्‌। घर-घर सेवकाईको एउटा राम्रो र विस्तृत रेकार्ड राख्ने आवश्‍यकताबारे श्रोतालाई सम्झाउनु होस्‌।

गीत ८७ (४७) र समापन प्रार्थना।

मार्च २८-मा सुरु हुने हप्ता

गीत ११२ (५९)

१० मि०:स्थानीय घोषणाहरू। अप्रिलमा प्रस्तुत गर्ने साहित्यलाई स्थानीय क्षेत्रमा साक्षी दिंदा प्रयोग गर्न सकिने विभिन्‍न ढङ्‌गहरूको छलफल र प्रदर्शन गर्नुहोस्‌। केही प्रकाशकहरूले अरूहरूलाई वार्षिक ग्राहक बनाउन सकेका अनुभवहरू पनि बताउन भन्‍नुहोस्‌।

१५ मि०:“यहोवाको सेवामा आनन्दित।” इन्सर्टको १२-२० अनुच्छेदहरूलाई श्रोतासित छलफल गर्नुहोस्‌। मानिसहरूलाई सत्यमा ल्याउनका लागि बाइबल अध्ययन सञ्चालन गर्न कति महत्त्वपूर्ण छ, सो बताउनुहोस्‌ र अप्रिल महिनामा प्रत्येक प्रकाशकले कमसेकम एउटा बाइबल अध्ययन पाउने प्रयास गर्ने सुझाव दिनुहोस्‌। अप्रिल १६-को दिनमा हुने विशेष पत्रिका-वितरण दिवसका लागि सबैको उत्साह बढाउनु होस्‌। त्यस दिनको क्षेत्र-सेवकाई प्रबन्धको घोषणा गर्नुहोस्‌ र त्यसमा सबैलाई भाग लिन प्रोत्साहित गर्नुहोस्‌।

२० मि०:“ईश्‍वरीय शिक्षाको जोरदार प्रभाव।” यस लेखलाई प्रश्‍नोत्तरद्वारा सञ्चालन गर्नुहोस्‌। अनुच्छेदहरू र समय भएमा उद्धृत शास्त्रपदहरू पढ्‌नुहोस्‌। सम्मेलनहरू धाउँदा र त्यहाँ विमोचन गरिएका प्रकाशनहरूबाट प्राप्त लाभहरूका लागि व्यक्‍तिगत मूल्याङ्‌कन छोटकरीमा व्यक्‍त गर्न लाउनुहोस्‌।

गीत १५ (११९) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने