प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 नोभेम्बर p. १
  • परमेश्‍वरको वचनमा शक्‍ति छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचनमा शक्‍ति छ
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तपाईँ कसरी बाइबल पढाइबाट धेरै फाइदा उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बाइबल पढाइ–लाभदायी तथा आनन्ददायी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरको वचन पढेर प्रसन्‍न हुनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 नोभेम्बर p. १

परमेश्‍वरको वचनमा शक्‍ति छ

१ लाखौं व्यक्‍तिहरूको जीवनलाई बाइबलले निकै प्रभाव पारेको छ। मानिसले बनाउन सक्ने कुनै पनि वस्तुभन्दा यसले बताउने कुराहरू बढी प्रेरणादायी छन्‌। (हिब्रू ४:१२) यसले हाम्रो लागि गरेका कुराहरू विचार गर्नुहोस्‌। साँच्चै नै बाइबल अरू कुनै पुस्तकभन्दा धेरै बहुमूल्य छ।

२ यहोवाका साक्षीहरू बाइबलका धुरन्धर विद्यार्थी तथा समर्थकहरू हुन्‌। हामीले बाइबल पढाइलाई नियमित ईश्‍वरतान्त्रिक तालिकाको अत्यावश्‍यक भागको रूपमा लिनुपर्छ। टेलिभिजन हेर्नु तथा अन्य मनोरञ्जनहरूभन्दा यसलाई प्राथमिकता दिनुपर्छ।

३ यसलाई दैनिक क्रियाकलापको भाग बनाउनुहोस्‌: नियमित बाइबल पढाइ गर्दा हुने सशक्‍त प्रभावको मूल्यांकन यहोवाका जनहरूले गरेका छन्‌। ब्रूकलिनस्थित हाम्रो छापाखानाको एउटा भवनमा बर्षौंदेखि “परमेश्‍वरको वचन पवित्र बाइबल दिनहुँ पढ्‌नुहोस्‌” भन्‍ने ठूलो सूचनाले बटुवालाई आग्रह गर्दै आएको छ। बेथेल परिवारमा आउने नयाँ सदस्यहरूले बेथेल सेवाको पहिलो वर्षभित्र सम्पूर्ण बाइबल पढाइ सिध्याएको हुनुपर्छ।

४ व्यस्त तालिकाको बावजूद के तपाईंले ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला तालिकामा दिइएको साप्ताहिक बाइबल पढाइ गरिरहनु भएको छ? यसो गर्न कठिन परिरहेको छ भने नोभेम्बर महिनाको दौडान बाइबल पढाइ गर्न आफ्नो तालिकामा छाँटकाँट गरे कसो होला? नोभेम्बर महिनाको बाइबल पढाइ भजनसंग्रह ६३ देखि ७७ सम्म हो र यसरी हप्तामा तीन/चार पृष्ठहरू पढ्‌नु पर्ने हुन्छ। कसै कसैले बिहान सखारै उठेर वा सुत्नअघि अलि अलि पढ्‌ने गर्छन्‌। जे भए पनि पढ्‌न चाहिं पढ्‌नुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले परमेश्‍वरको वचनको नियमित पढाइबाट स्वस्थ्यकर फाइदाहरू उठाउनु हुनेछ।

५ नोभेम्बरमा बाइबल प्रस्तुत गर्नुहोस्‌: धेरैले बाइबललाई आदर गर्छन्‌ र बाइबलबाट पढ्‌दा ध्यान दिएर सुन्‍न इच्छुक हुन्छन्‌। नोभेम्बर महिनाभरि मुख्यतः न्यु वर्ल्ड ट्रान्सलेशन र द बाइबल—गड्‌स वर्ड अर म्यान्स? नामक पुस्तक प्रस्तुत गर्नेछौं। यसले इमान्दार हृदय भएकाहरूलाई परमेश्‍वरको वचनको महत्त्व देखाउने शानदार अवसर प्रदान गर्छ। त्यसो गर्न उत्साहित हुनुहोस्‌।

६ न्यु वर्ल्ड ट्रान्सलेशन प्राप्त गर्नेतर्फ मानिसहरूको चासो जगाउन त्यसका विशेषताहरूमा आधारित केही विचारणीय टिप्पणीहरू तयार गर्नुहोस्‌। बाइबलको व्यवहारिक मूल्य प्रष्ट्याउनुहोस्‌ र त्यसलाई द बाइबल—गड्‌स वर्ड अर म्यान्स? नामक पुस्तकको प्रस्तुतिसित गाँस्नुहोस्‌। यसो गर्दा बाइबल शब्दहरूका ९२ पृष्ठको इन्डेक्स या “एप्पेन्डिक्स” या “टेबल अफ द बूक्स अफ द बाइबल” ले बाइबल अध्ययनमा पार्न सक्ने प्रभाव तपाईंले प्रदर्शन गर्न सक्नुहुन्छ। न्यु वर्ल्ड ट्रान्सलेशन सजिलै बुझ्न सकिने आधुनिक अङ्‌ग्रेजीमा छ भनी देखाउनुहोस्‌। न्यु वर्ल्ड ट्रान्सलेशन मा ईश्‍वरीय नाउँ, यहोवा ७,२१० पटक प्रयोग गरिएको भनेर पनि उल्लेख गर्नुहोस्‌।

७ अङ्‌ग्रेजी नजान्‍ने घरधनी छन्‌ या न्यु वर्ल्ड ट्रान्सलेशन लिन अस्वीकार गरेमा तपाईंले कुनै पुस्तिका वा १९२ पृष्ठ भएको पुस्तक प्रस्तुत गर्न सक्नुहुन्छ। तर प्रकाशनमा भएका सुसमाचार तथा निर्देशनहरू परमेश्‍वरको वचनबाट लिइएकोले ती व्यवहारिक छन्‌ भन्‍ने तथ्यलाई प्रष्ट्याउन नभुल्नुहोस्‌।

८ हो, बाइबल परमेश्‍वरको वचन हो। हामीले बाइबल पढ्यौं, त्यसलाई विश्‍वास गऱ्‍यौं र दिइएका सल्लाहहरूलाई जीवनमा प्रयोग गऱ्‍यौं भने प्रशस्त आशिष्‌हरू पाउनेछौं। हामीलाई निर्देशन र आशा दिन त्यो लेखिएको थियो। (रोमी १५:४) दिनहुँ त्यसबाट परामर्श लिन र अरूलाई सिकाउने काममा त्यसको प्रयोग गर्न तयार हुनु अत्यावश्‍यक छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने