जनवरी महिनाका लागि सेवा सभाहरू
जनवरी २मा सुरु हुने हप्ता
गीत ८३ (८६)
१० मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य वकाईबाट उपयुक्त घोषणाहरू।
१७ मि:“सधैं प्रशस्त काम हुनु।” प्रश्नोत्तर। प्राचीन, गृहिणी अथवा अग्रगामीजस्ता व्यस्त प्रकाशकहरूसित एक दुई वटा अन्तर्वार्ताको प्रबन्ध मिलाउनुहोस्; व्यस्त तालिका हुँदाहुँदै पनि कसरी आनन्दित हुन सकिन्छ भनी तिनीहरूलाई बताउन लगाउनुहोस्।
१८ मि:“पुराना पुस्तकहरूको सदुपयोग गर्ने।” श्रोतागणसित छलफल। कुन कुन पुराना पुस्तकहरू उपलब्ध छन् भनी मण्डलीलाई सूचित गर्नुहोस्; सेवकाईमा चलाउन ती पुस्तकका प्रतिहरू लिन श्रोतागणलाई प्रोत्साहन दिनुहोस्। सुझावित प्रस्तुतिहरू चलाएर एक दुई वटा सङ्क्षिप्त प्रदर्शनीहरू प्रबन्ध गर्नुहोस्।
गीत १८८ (८१) र समापन प्रार्थना।
जनवरी ९मा सुरु हुने हप्ता
गीत १८३ (७३)
१५ मि:स्थानीय घोषणाहरू। “नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम।” भाषण। सप्ताहन्तमा क्षेत्र सेवकाईको प्रबन्धबारे घोषणा गर्नुहोस्। ताजा पत्रिकाहरू लैजान र उपयुक्त भएमा ती प्रस्तुत गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि:“उत्थानदायी गोठालो गर्ने।” द वाचटा- वर, सेप्टेम्बर १५, १९९३, पृष्ठ २१-३को जानकारीमा आधारित विषयवस्तुमा प्राचीनद्वारा भाषण। समस्याहरू सामना गर्न शास्त्रीय सल्लाहलाई प्रकाश पार्नुहोस्।
१५ मि:विश्वासलाई चुनौती दिने चिकित्सा समस्या सामना गर्न के तपाईं तयार हुनुहुन्छ? अग्रिम चिकित्सा निर्देशक/पूर्जी र चिनारी पत्रको सुरक्षात्मक महत्त्व मूल्याङ्कन गर्न दक्ष प्राचीनद्वारा गम्भीर तर प्रेरणादायी भाषण। यसको लाभ उठाउन योग्य र त्यो सुरक्षा चाहने व्यक्तिहरूले पूर्जी भर्न सक्छन् भनी आश्वासन दिन गत जनवरीको कार्यक्रम दोहोऱ्याउनुहोस्। हाम्रो राज्य सेवकाई जनवरी १९९४, पृष्ठ २मा “जनवरी १०मा सुरु हुने हप्ता” मुनिका विवरणहरू हेर्नुहोस्।
गीत १९८ (५०) र समापन प्रार्थना।
जनवरी १६मा सुरु हुने हप्ता
गीत १८२ (९७)
१० मि:स्थानीय घोषणाहरू। ताजा पत्रिकाहरूबाट वार्तालापीय बुँदाहरू छलफल गर्नुहोस्। यो सप्ताहन्त क्षेत्र सेवकाईमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
१८ मि:“अरूको ख्याल राख्नुहोस्—भाग १।” प्रश्नोत्तर। राज्य भवनको छाना, धाराका पाइपहरू, विद्युत प्रणालीहरू र सुरक्षा प्रबन्धहरू ठीक अवस्थामा छन् कि छैनन् भनी प्राचीनहरूले जाँच गर्न याद गर्नुपर्ने सम्झौटाहरू पनि समावेश गर्नुहोस्।—हाम्रो राज्य सेवकाई, डिसेम्बर १९८४, पृष्ठ ४ हेर्नुहोस्।
१७ मि:“पुनःभेट गरेर मानिसहरूप्रति तपाईंको चासो देखाउनुहोस्।” पुनःभेट गर्नाको उद्देश्य र महत्त्वबारे तीन या चार जना प्रकाशकहरू छलफल गर्छन्। अध्ययनहरू सुरु गर्ने लक्ष्यलाई जोड दिनुहोस्। सुझावित प्रस्तुतिहरू पुनरावृत्ति गर्नुहोस्। तीन या चार प्रकाशकहरूको समूहद्वारा एक दुई वटा प्रस्तुति देखाउनुहोस् र उन्नति गर्न सराहना तथा सुझाव दिनुहोस्।
गीत १९६ (६४) र समापन प्रार्थना।
जनवरी २३मा सुरु हुने हप्ता
गीत १६१ (११०)
१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१० मि:हाम्रो इलाकामा पूर्णतया प्रचार गर्ने। सेवा निरीक्षकद्वारा भाषण। जुलाई १५, १९८८ वाचटावरको अध्ययन लेखका मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस्। स्थानीय उपयोग बताउनुहोस्। मण्डलीको इलाका नियमित तवरमा प्रचार गरिएको छैन भने त्यो कसरी गर्न सकिन्छ भनी सुझाव दिनुहोस्।
१० मि:स्थानीय आवश्यकताहरू। अथवा नोभेम्बर १, १९९४, वाचटावर पृष्ठ ८-१३मा (अर्ध-मासिक संस्करण) आधारित “ईश्वरतान्त्रिक पुस्तकालय कसरी व्यवस्थित गर्ने” विषयमा भाषण दिनुहोस्।
१५ मि:“व्यक्तिगत अध्ययन—चिन्ताको विषय।” प्रश्नोत्तर। जून १५, १९८५ वाचटावरको पृष्ठ ८-१३मा आधारित खास टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत ११६ (३७) र समापन प्रार्थना।
जनवरी ३०मा सुरु हुने हप्ता
गीत १४१ (६४)
१० मि:स्थानीय घोषणाहरू।
२० मि:प्राचीनद्वारा वाचटावर, सेप्टेम्बर १, १९९४ पृष्ठ २७-८ अर्ध-मासिक संस्करणहरूमा “के बन्देजहरूले तपाईंलाई निरूत्साहित पार्छ?” लेखमा आधारित भाषण।
१५ मि:फेब्रुअरीमा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्नुहोस्। यस पुस्तकका जानकारी मानिसहरूले थाहा पाउनु पर्ने आवश्यकता बुझाउनुहोस्। (अप्रिल १, १९८८, वाचटावर, पृष्ठ २५-६, अनुच्छेद १७, १८ हेर्नुहोस्।) त्यो पुस्तक पढ्ने गम्भीर व्यक्तिहरूले मूल्याङ्कन व्यक्त गरेका अनुभवहरू छोटकरीमा बताउनुहोस्। (सेप्टेम्बर १, १९८९, वाचटावर, पृष्ठ ३२ र डिसेम्बर १, १९९१, वाचटावर, पृष्ठ ३२ हेर्नुहोस्।) हामीले सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक छाडेका जिज्ञासुहरूसित बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ भनेर देखाउन केही सुझावहरू दिनुहोस्। रीजनिङ्ग पुस्तक पृष्ठ १३मा “जीवन/खुशी” शीर्षक अन्तर्गत विषयवस्तुलाई बुझाउँदै दक्ष प्रकाशकद्वारा छोटो प्रस्तुति देखाउनुहोस्। अथवा स्थानीय इलाकामा उपयुक्त हुने अर्को प्रस्तुति छान्नुहोस्। यो हप्ता क्षेत्र सेवकाईमा प्रयोगका लागि प्रतिहरू लैजान श्रोतागणलाई सम्झाउनुहोस्।
गीत १९९ (१०५) र समापन प्रार्थना।